आउँदा दिनहरु
-
१९माघ
-
२१माघविश्व क्यान्सर दिवस २ दिन पछि
-
२५माघरविसप्तमी व्रत ६ दिन पछि
-
२६माघगोरखकाली पूजा ७ दिन पछि
-
२७माघसुरक्षित इन्टरनेट दिवस ८ दिन पछि
-
२८माघ
-
१फागुन
-
२फागुनशनि प्रदोष व्रत/प्रणय दिवस १२ दिन पछि
-
३फागुन
-
६फागुनग्याल्पो ल्होसार १६ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस १७ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस १८ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस १९ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा २२ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस २७ दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत २८ दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन ३० दिन पछि
-
२४फागुननारी दिवस ३४ दिन पछि
-
२७फागुनगोरखकाली पूजा ३७ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत ४२ दिन पछि
-
३चैतपाहाँचःह्रे ४३ दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) ४४ दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन ४५ दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस ४८ दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस ४९ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस ५० दिन पछि
-
१२चैत
-
१३चैतश्री राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस ५३ दिन पछि
-
१५चैतकामदा एकादशी व्रत ५५ दिन पछि
-
१६चैतसोम प्रदोष व्रत ५६ दिन पछि
-
१७चैतमहावीर जयन्ती ५७ दिन पछि
-
१८चैतपूर्णिमा व्रत/विश्व मूर्ख दिवस ५८ दिन पछि
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली ६० दिन पछि
-
२२चैत
ज्योतिषहरू
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
साउन शुक्ल पूर्णिमा
जनै पूर्णिमा । रक्षा बन्धन । क्वाति खाने दिन | ऋषितर्पणी | पूर्णिमा व्रत | संस्कृत दिवस | विश्व फोटोग्राफी दिवस
रक्षा बन्धन | जनै पूर्णिमा
ॐ यज्ञोपवीतं परमं पवित्रं, प्रजापतेयर्त्सहजं पुरस्तात्। आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं, यज्ञोपवीतं बलमस्तु तेजः॥
मन्त्र गरिएको धागोको एउटा पवित्र अंशलाई शरीरमा लगाउनुलाई जनै लगाउनु भनिन्छ । जनैका विभिन्न नाम छन्, उपवीत, यज्ञ सूत्र, ब्रह्म सूत्र आदि नामले पनि जनैलाई नै जनाउँछ ।
उपनयन संस्कार भएकाहरूले जनै लगाउने गर्दछन् । सनातन दर्शनमा मानिसको जीवनलाई १६ वटा संस्कारले बाँधेको हुन्छ र उपनयन संस्कार त्यस मध्य एक हो । उपनयनको शाब्दिक अर्थ चाहिँ नजिक जाने प्रक्रिया या चाहना हो र जीवनमा भगवानतत्वसंग नजिक जाने यस संस्कारको महत्त्व असाध्यै धेरै छ ।
जनै वा यज्ञोपवीत को महत्त्व
ब्राह्मण र क्षत्रिय पुरुषहरूले हिन्दु परम्परा अनुसार यज्ञोपवीत अर्थात जनै लगाउने चलन रही आएको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरु-पुरोहितद्वारा अरूले नसुन्ने गरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ सङ्कल्प लिएर देब्रे काँधमाथि पर्ने गरी दाहिने हातको मुन्तिर पारेर गुरु पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।
जनै लगाउनुको अर्थ
यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो) लाई दुई बेग्लै बेग्लै गाँठो पारिसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रूपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुई वटा शिखाका छ वटा घागो डोरा मध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।
आजको दिनको मन्त्र:
"येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।"
अर्थात्:
"जुन रक्षा (काँचो धागो)ले दानवहरूको महान् राजा बलिलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ ।
नेवा संस्कृतिमा जनै पूर्णिमा
" आजको दिनलाई नेपाल भाषामा गुंपुन्हि पनि भनिन्छ। नेवार समुदायले आजको दिनलाई "गुंला महिनाको पुन्हि" अर्थात् "गुंपुन्हि" भनेर मनाउँछन् । यसै अवसरमा उपत्यकाका भित्री सहरका बहाल विहारमा ‘बहिद्यः ब्वयेगु’ भनेर दीपङ्कर बुद्धका मूर्ति एवं यससँग सम्बन्धित अरू मूर्ति, सामान प्रदर्शनका लागि राखिन्छ ।
रक्षा बन्धन बाँधिएको धागो निकालेर गाई तिहारका दिन गाइलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरी दिने चलन पनि छ । हिन्दु परम्परा अनुसार यसो गर्दा पुण्य प्राप्त हुने विश्वास रही आएको हो । कतिपयले आफै गुरु पुरोहित कहाँ गई या मठ मन्दिरमा गएर रक्षा बन्धन बाँध्ने गर्दछन् ।
राखी लगाउने चलन
यसै दिन दिदीवहिनीहरुले आफ्ना दाजु-भाइका दाहिने हातका नाडीमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । नेपालको तराई क्षेत्र लगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखी को चलन र यस चाडको महत्त्व एकदमै बढी रहेको छ ।
रक्षा बन्धन दुई शब्दहरू मिलेर बनेको छ, "रक्षा" र "बन्धन"। संस्कृत शब्दावलीको अनुसार यसको अर्थ "सुरक्षाको गाँठो" हुन्छ। यो चाड दाजुभाइ-दिदिबहिनी सम्बन्धको अनन्त प्रेमको प्रतीक हो। यो केवल रगतको सम्बन्ध मात्र नभई आफूले दिदीबहिनी या दाजुभाइ मानेका यस्ता अन्य सम्बन्धमा पनि मनाइन्छ। यस दिन, दिदीबहिनीले आफ्नो सफलता, स्वास्थ्य र खुसीको प्रार्थना गर्न आफ्ना दाजुभाइको हातमा रक्षा बन्धनको धागो बाँधिदिने चलन छ। त्यसै गरि दाजुभाइले पनि दिदीबहिनीलाई उपहार दिन्छन् र आफ्ना दिदीबहिनीलाई हरेक परिस्थितिमा जोगाउने बचन दिन्छन्।
जनै पूर्णिमा को बिशेष मेलाहरू
आजको दिन ज्वाइँ ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि प्रचलित छ । आज काठमाण्डौको पशुपतिनाथ, भक्तपुरको कुम्भेश्वर महादेव, रसुवाको गोसाईंकुण्ड, जनकपुरको गङ्गा सागर, धनुष सागर, सोलुखुम्बुको दूध कुण्ड, खोटाङको हलेसी, जुम्लाको दान साधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधामहरुमा मेला पनि लाग्दै आएको छ ।
डोराका शिखाहरूको महत्त्व
विशेषतः ब्राह्मण, क्षेत्रीय या अन्य कुनै वैदिक धर्म पालन गर्ने समुदायमा ब्राह्मण पुरोहितसँग हातमा मन्त्रेको डोरा लगाएर यो पूर्णिमा मनाइने गरिएको छ । सनातन हिन्दु वैदिक ग्रन्थ अनुसार काँचो धागोबाट बनेको जनैलाई ब्रह्म सूत्र अर्थात् वेदोक्त्तकर्म सम्पादनार्थ तथा वेद अध्ययन निमित्त योग्यता हासिल गर्न कालागि ग्रहण गर्न मन्त्रिएर तयार पारिएको ६ सूते धागोको समूह हो जसलाई तयार पार्दा ३-३ वटा डोराको दुर्इवटा बन्धन तयार पारिन्छ जसलाई शिखा भनिन्छ । शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतीकहरूको योग मानिन्छ ।
जनैको धारण र गायत्री मन्त्रको उच्चारण
परिवर्तित परिप्रेक्ष्य चूँडाकर्म या उपनयन सकेका ब्राह्मण या क्षत्रीयमात्र भन्दा पनि चित्त शुद्ध गरेर आस्थावान् जोकोही सनातन धर्मका अनुयायीले पनि यज्ञोपवीत अर्थात् जनै अरूलाई लगाइदिन र आफूले पनि लगाउन सक्दछन् । स्मरण रहोस् मन्त्रिएका यज्ञोपवीतको धारण गर्नाले सभिथा अर्थात् सूर्य भगवानको प्रत्यक्ष ऊर्जा प्राप्त गर्ने र त्यसमा गायत्री मन्त्रको उच्चारणले शारीरिक, मानसिक र आध्यात्मिक सामर्थ्यको वृद्धि हुने विश्वास छ ।
साथै यज्ञोपवीत धारण गरेपछि समस्त सनातन कर्महरूको कर्ता र अभियन्ता बन्न योग्य पनि ठहराउँदछ । आजभोलि वैदिक सनातन धर्मलाई केवल जातीय आधार र छुवाछुतका रूपमा लिइने चलन छ, जुन अत्यन्त सकुंचीत कुण्ठा मात्र हो ।
ब्राह्मण पथ र यज्ञोपवीतको सम्बन्ध
यज्ञोपवीतले ब्राह्मण पथमा लाग्ने राहदानीको कार्य गर्दछ तथापि ब्राह्मण पथ भन्नाले जन्म हैन कर्मले प्राप्त हुने पथ हो । आत्मिक शुद्धता, सकल जगको भलो अनि अध्यनशिलताको पथ नै ब्राह्मण पथ हो । ब्राह्मणलाई केवल जात, भाषा र खलकका रूपमा मात्र हेर्न हुँदैन । जुनसुकै धर्म या जातीय पृष्ठभूमिको भए पनि अध्ययनशीलता र आत्मिक शुद्धताको ब्राह्मण पथमा आलीन हुन सक्दछन् ।
क्वाति खाने दिन 
यो चाडमा छुटाउनै नहुने विशेष परिकार भनेको भिजाएर अङ्कुरित भएका गेंडागूडीबाट बनेको "क्वाति" हो । नेपाल भाषामा क्वातिको शाब्दिक अर्थ 'क्वाः' भनेको तातो परिकार 'ति' भनेको झोल त्यसैले "क्वाति" भनेको झोलिलो परिकार हो । आजको दिनलाई क्वाति खाने दिन पनि भनिन्छ । दुई दिन अघिदेखि पानीमा भिजाई राखिएको विभिन्न ९ प्रकारका गेंडागूडिहरु (मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो) गरी नौ थरिका गेडागुडी मिसाइएको हुन्छ । मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलाई क्वाति भनिन्छ । हरियो टुसा पलाएको गेंडागूडीलाई विशेष गरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ र यो दिन विशेषको महत्त्वपूर्ण स्वाद पनि हो ।
ऋषितर्पणी
यस दिन स्नान गरी सप्त ऋषिसहित ब्रह्मा विष्णु महेश्वरको पूजा गरी जनै मन्तर्ने त्यसलाई धारण गर्ने प्रचलन छ । तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्त ऋषिलाई तर्पण दिने भएकाले जनै पूर्णिमालाई ऋषितर्पणी पनि भन्ने गरिएको छ ।
सनातन धर्मका अनुयायीहरू सबैका पुर्खाहरू ऋषिहरु भएको र यही अनुरूप सबैको गोत्र पनि तिनै ऋषि हरुको नाम अनुरूप तय गरिएको छ । यस अर्थमा आजका दिन दिइएको तर्पण हाम्रा अनन्य पुर्खाहरूको सम्झना र आफ्नो कुल परम्परा अनि संस्कारको समानार्थक दिइएको हो ।
सबैको रक्षा होस्, शुभकामना ।
पूर्णिमा व्रत
पूर्णिमाको महत्व
शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथीमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रुपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असिम कृपा प्राप्त हुने र स्वास्थ, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेषगरि भगवान शिव र विष्णुको आराधना गरिन्छ । भगवान विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजाको स्वरुपमा गरिन्छ । सामान्यतया सत्य नारायण पुजा जहिले गरे पनि हुने कार्य हो यद्धपि पूर्णिमाको दिनमा गरिने यस पुजाको फल निकै धेरै पाइन्छ ।
पूर्णिमा व्रतको महत्व
वैज्ञानीक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्ववलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम सुमरण गर्दा आत्मशुद्धि हुने बताइन्छ । यस दिन व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्याष्ट्रिक समस्याहरु हल भएर जाने र शरीरमा सकारात्मक उर्जा बढ्ने हुन्छ । यस दिनको व्रत बिहान सूर्योदयको समयवाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ । कसै कसै ले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भने कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसंगै व्रत समापन हुन्छ ।
संस्कृत दिवस
संस्कृत दिवसको पृष्ठभूमि
जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा विसं २०७५ सालदेखि स्वदेश तथा विदेशका विभिन्न स्थानहरूमा विश्व संस्कृत दिवस मनाउन थालिएको हो । प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमा (ऋषि तर्पणी) अर्थात जनैपूर्णिमाको दिन जरो किलो प्रतिष्ठान नेपाल लगायत विभिन्न संघ संस्थाहरूको आयोजनामा विश्व संस्कृत दिवस आयोजना गर्ने गरिन्छ। यस वर्ष छैठौँ विश्व संस्कृत दिवस मिति २०८० भदौ १४ गते तदनुसार अगस्ट ३१ तारिख ऋषि तर्पणी, बिहिबारको दिन मनाइदैछ । विद्यालय, विश्वविद्यालय, गुरुकुल, विहार, मठ, मन्दिर, गुम्बा लगायत सम्पूर्ण शैक्षिक, धार्मिक, सामाजिक तथा भाषिक क्षेत्रमा काम गर्न स्थापित संघ संस्थाहरूलाई छैठौँ विश्व संस्कृत दिवस भव्यताका साथ मनाउन आह्वान गरिएको छ ।
संस्कृत भाषाको वस्तुगत महत्त्वलाई जन समक्ष पुर्याउन र संस्कृत साहित्यमा रहेको विशाल ज्ञानको अनुसन्धान गर्न, बौद्धिक समुदायलाई यसप्रति उत्प्रेरित गर्न, विद्यार्थीलाई संस्कृत भाषाको अध्ययन गर्ने प्रेरणा दिन हरेक वर्षको जनै पूर्णिमाका दिन ‘विश्व संस्कृत दिवस’ मनाउने गरिएको हो । ५००० वर्षभन्दा पुरानो इतिहास रहेको संस्कृत भाषाको दिन नै श्रावण पूर्णिमाको दिन मै वेद पाठनको सुरुवात हुने भएकाले आजको दिन नै संस्कृत दिवस भनेर मनाइन थालेको हो।
अहिलेको युवा समुदायमा संस्कृत भाषाप्रतिको मोह त्यति नरहेको हुदापनि आजको दिनले संस्कृत भाषाको मोह युवा पुस्तामाझ स्थापित गराउने सोचमा आजको यस दिन मनाउन थालिएको हो। आजको दिन देशभर संस्कृत जागरणका विभिन्न कार्यक्रमको आयोजना गरिने गरिन्छ।
विश्व फोटोग्राफी दिवस
अगस्ट १९ तारिख
हरेक वर्षको अगस्ट १९ तारिखको दिनमा मानिसहरुलाई फोटोग्राफीको इतिहास बुझाउन, यसमा रुचि राख्ने मानिसहरुलाई प्रोत्साहन गर्न र व्यवसायिक रुपमा फोटोग्राफी गरेर बसिरहेका मानिसहरुको सम्मान गर्न "विश्व फोटोग्राफी दिवस" मनाइन्छ। आजको दिन विश्वभरका फोटोग्राफरहरुले आफुले खिचेका केहि उत्कृष्ट फोटोहरु दुनिया सामु प्रस्तुत गर्ने गर्दछन्। आफ्नो तस्वीर प्रस्तुत गर्नुको साथसाथै अरुले प्रस्तुत गरेको तस्वीर हेरेर त्यसको मर्म र भाव बुझ्न खोज्छन्।
फोटोग्राफर भन्नाले दिनभर हातमा क्यामेरा बोकेर, विभिन्न ठाउँ घुम्दै उत्कृष्ट तस्वीर निकाल्ने या फोटोग्राफीलाई नै आफ्नो व्यवसाय बनाउने मानिस भने पक्कै हैनन्। अहिले सबैको हातमा भएको मोबाइलले खिचेको फोटोले पनि थुप्रै भाव बोक्न सक्छन। तस्वीरलाई स्तरीय उच्च पिक्सेल भएको क्यामराले मात्र बनाउछ भन्ने बुझाइ राख्नु गलत हो। यदि तपाईहरुसँग पनि आफुले खिचेको कुनै प्रिय तस्वीर छ र तपाई त्यसलाई विश्वसामु देखाउन चाहनुहुन्छ भने आजको दिन तपाईको लागि महत्वपूर्ण हुन सक्छ।
संसारमा सबैभन्दा पहिलो तस्वीर
संसारमा सबैभन्दा पहिलो तस्वीर सन् १८२६ मा फ्रान्समा खिचिएको थियो। त्यसबेला जोसेफ नाइस्फ़ोर नाइप्सीले हेलियोग्राफीको सहायताबाट पहिलो तस्वीर खिचेका थिए। हेलियोग्राफी भनेको पनि फोटोग्राफीकै एक प्रक्रिया हो। त्यतिबेला एउटा तस्वीर खिच्न निक्कै समय लाग्थ्यो। सबै भन्दा रोचक कुरा त के हो भने सायद कसैले पुरानो फोटोमा हासेका मान्छे कहिले भेट्दैन थिए। किनकि धेरै समय लाग्ने कारण सबैले आफ्नो हासो थामिराख्न सक्दैन थिए। त्यसबेला देखि अहिले सम्म फोटोग्राफीको तरिका र स्तरमा राम्रो परिवर्तन भएको छ।
सन् २०२४ को नारा
An entire day अर्थात् एक दिन पुरै फोटोग्राफीका लागि र फोटोग्राफरका लागि समर्पण गरौं भन्ने अर्थ लाग्दछ ।
तपाई हामीले नै फोटोग्राफीको विकासलाई नियाल्दै आएका छौ, रिल वाला क्यामरामा रिल (नेगेटिभ) बचाई बचाई फोटो खिचेका हामीले पछि डिजिटल क्यामरामा कमसेकम रिल जोगाउन संघर्ष गर्न परेन। त्यसपछि हात हातमा फोन अनि फोनको क्यामरा झन पछि झन स्तरीय हुदै आएपछि आफुलाई मन लागेको बेला तस्वीर खिच्नु कहिले गाह्रो भएन। तस्वीर पनि एक किसिमको अभिव्यक्ति हो। फोटोग्राफीको यो विकासले थुप्रै इच्छुक मानिसहरुलाई अभिव्यक्त हुन मदद पुर्याएको छ। सामाजीक सञ्जालले पनि यसमा ठुलो भूमिका खेलेको छ। अहिले सामाजीक सञ्जालको अवस्था यस्तो भएको छ कि विश्वभर एक मिनेट मै पनि लाखौ फोटोहरु कुनै न कुनै माध्यमबाट अपलोड भैरहेका हुन्छन्।
-हाम्रो पात्रो कालागि सुयोग ढकाल
आउँदा दिनहरु
-
१९माघ
-
२१माघविश्व क्यान्सर दिवस २ दिन पछि
-
२५माघरविसप्तमी व्रत ६ दिन पछि
-
२६माघगोरखकाली पूजा ७ दिन पछि
-
२७माघसुरक्षित इन्टरनेट दिवस ८ दिन पछि
-
२८माघ
-
१फागुन
-
२फागुनशनि प्रदोष व्रत/प्रणय दिवस १२ दिन पछि
-
३फागुन
-
६फागुनग्याल्पो ल्होसार १६ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस १७ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस १८ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस १९ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा २२ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस २७ दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत २८ दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन ३० दिन पछि
-
२४फागुननारी दिवस ३४ दिन पछि
-
२७फागुनगोरखकाली पूजा ३७ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत ४२ दिन पछि
-
३चैतपाहाँचःह्रे ४३ दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) ४४ दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन ४५ दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस ४८ दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस ४९ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस ५० दिन पछि
-
१२चैत
-
१३चैतश्री राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस ५३ दिन पछि
-
१५चैतकामदा एकादशी व्रत ५५ दिन पछि
-
१६चैतसोम प्रदोष व्रत ५६ दिन पछि
-
१७चैतमहावीर जयन्ती ५७ दिन पछि
-
१८चैतपूर्णिमा व्रत/विश्व मूर्ख दिवस ५८ दिन पछि
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली ६० दिन पछि
-
२२चैत
ज्योतिषहरू
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन