आउँदा दिनहरु
-
१९कार्तिक
-
२२कार्तिकविश्व रेडियोग्राफी दिवस ४ दिन पछि
-
२३कार्तिकविश्व स्वतन्त्रता दिवस ५ दिन पछि
-
२४कार्तिकशान्ति र विकासको लागि विश्व विज्ञान दिवस ६ दिन पछि
-
२५कार्तिक
-
२६कार्तिक
-
२८कार्तिक
-
२९कार्तिकउत्पतिका एकादशी व्रत ११ दिन पछि
-
३०कार्तिकअन्तर्राष्ट्रिय सहनशीलता दिवस १२ दिन पछि
-
१मंसिर
-
३मंसिर
-
४मंसिरविश्व बाल दिवस/विश्व दर्शनशास्त्र दिवस १६ दिन पछि
-
५मंसिरविश्व टेलिभिजन दिवस १७ दिन पछि
-
९मंसिर
-
१२मंसिरगोरखकाली पूजा २४ दिन पछि
-
१५मंसिरमोक्षदा एकादशी/गीता जयन्ती/विश्व एड्स दिवस २७ दिन पछि
-
१६मंसिर
-
१७मंसिर
-
१८मंसिर
-
१९मंसिर
-
२१मंसिरअन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस ३३ दिन पछि
-
२२मंसिरअन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस ३४ दिन पछि
-
२३मंसिरअन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस ३५ दिन पछि
-
२४मंसिरअन्तर्राष्ट्रिय मानव अधिकार दिवस ३६ दिन पछि
-
२५मंसिरअन्तर्राष्ट्रिय पर्वत दिवस ३७ दिन पछि
-
२६मंसिरगोरखकाली पूजा/अन्तर्राष्ट्रिय तटस्थ दिवस ३८ दिन पछि
-
२९मंसिरसफला एकादशी व्रत ४१ दिन पछि
-
१पुषधनु संक्रान्ति ४२ दिन पछि
-
२पुषप्रदोष व्रत ४३ दिन पछि
-
३पुषअन्तर्राष्ट्रिय आप्रवासी दिवस ४४ दिन पछि
-
५पुषतोल ल्होसार ४६ दिन पछि
-
६पुषविश्व ध्यान दिवस ४७ दिन पछि
-
१०पुषक्रिसमस-डे ५१ दिन पछि
-
१३पुषगोरखकाली पूजा ५४ दिन पछि
-
१५पुष
-
१७पुष
-
१९पुष
-
२१पुषगुरु गोबिन्द सिंह जयन्ती ६२ दिन पछि
-
२३पुषअरनिको स्मृति दिवस ६४ दिन पछि
-
२४पुषनेपाल ज्योतिष परिषद स्थापना दिवस ६५ दिन पछि
ज्योतिषहरू
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Hamro Patro Jyotish IVI am certified jyotish of Hamro Patro
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
HamroPatroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Hamro Patro Jyotish III am certified jyotish of Hamro Patro
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Hamro Patro Jyotish IIII am certified jyotish of Hamro Patro
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
वैशाख शुक्ल पूर्णिमा
बुद्ध जयन्ती/उभौली पर्व/चण्डेश्वरी जात्रा/बैसाख स्नान समाप्ति
विशेष अडियो सामग्री
बुद्ध शब्दको अर्थ
बुद्ध शब्दको अर्थ संस्कृत शब्द बुध अर्थात् जाग्नु भन्ने हुन्छ । पूर्ण रूपमा सांसारिक मोहको पीडाबाट जागेका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथ–प्रदर्शक अनि प्रवर्तक हुन्, बुद्ध । यस्ता महान् गुरु जसले आफ्ना प्रवचनमा भगवानले संसार सिर्जना गरेको भन्ने कुरा भन्दा पनि संसारमा धर्म र नियमको पहिचान गर्दै मानिसलाई सांसारिक मोह र तनावबाट ब्युँझाउन सहयोग गरे गरेका छन् तिनैलाई बुद्ध भनिन्छ ।
हृदयको खेतमा सत्यता अनि शान्तिको बिऊ बीजारोपण गर्न सिकाउने बुद्धको जन्म ईशापूर्व ५४३ मा हालको नेपालको रुपन्देही जिल्लामा सालको रुखहरू भएको बगैँचाको बिचमा भएको थियो ।
आज विश्व बुद्धको आदर्शलाई शिरोधार्य गरेर हिँडेको छ । शान्ति, सत्यता, अहिंसा अनि सरलताका लागि बुद्ध संसारका गुरु हुन् । २५०० वर्ष भन्दा अघिको उनको ज्ञानको अविरल कुञ्जले मानव समुदायलाई एउटा नयाँ शान्त आयाम दिएको छ । गौतम बुद्धका जीवनमा यो वैशाख शुक्ल पूर्णिमाले ठुलो महत्त्व छ । उहाँको जन्म, ज्ञान प्राप्ति अनि समाधि यही वैशाख पूर्णिमाकै दिन भएको हो ।
शाक्यमुनिको जन्म विषयमा दुई तर्कहरू
शाक्यमुनिको जन्म विषयमा र मितिको हिसाबका लागि सिंहली र केन्टोनिज गरी दुई थरी मत छन् । एउटा मत लेखन अर्थात् साहित्यिक कृतमा आधारित छ भने दोस्रो मत चाहिँ शिलालेखमा आधारित छ । नेपालमा भने सिंहली मत अनुरूपको मिति चलेको छ, यो साहित्यिक श्रोतमा आधारित छ । सिंहलद्वीप श्रीलङ्कामा सिंहली मतको विकास भएको हो । नेपालमा थेरवादी बौद्ध धर्मको प्रचार–प्रसार श्रीलङ्काबाट भएको छ ।
त्यस कारण नेपालमा सिंहली मत अनुसारको भगवान् बुद्धको जन्म मिति प्रचलित छ । केन्टोनिज मतको विकास पूर्वी चीनको केन्टन सहर वाट भएको हो । भगवान् बुद्धले महापरिनिर्वाण प्राप्त गरेपछि प्रत्येक वर्ष केन्टनको एउटा ढुङ्गाको गुफाको पहरोमा एउटा थोप्लो अङ्कित गरेर बुद्धको महापरिनिर्वाण वर्षको अभिलेख राख्न थालियो । यसलाई डटेट रेकर्ड भनिन्छ । सन् ४८९ सम्म यस्तो थोप्लोको सङ्ख्या ९७५ पुगेको थियो ।
शाक्यमुनि बुद्धको जन्म
भगवान् शाक्यमुनि बुद्धको जन्म ई.पू .५६६ मा भएको मानिएको छ । यदि सिंहली मतलाई मान्ने हो भने भगवान् बुद्धको जन्म ई. पू. ५६६ भन्दा पहिले भएको देखिन आउँछ । भगवान् बुद्ध महावीर जैन भन्दा अघिको देखिन आउँछ । तर केन्टोनिज मतलाई मान्दा ई.पू. ५६६ मा बुद्धको जन्म भएको थिति–मिति मिल्न आउँछ ।
यिनै शाक्यमुनिको जन्म, समाधि अनि ज्ञान प्राप्तिको दिनका रूपमा आज विश्वको उत्तरीदेखि दक्षिणी ध्रुवसम्म, मृत सागरदेखि प्रशान्त महासागरको मारियानाज ट्रेन्चसम्म अनि बनारसदेखि बेइजिङसम्म आ–आफ्नै तरिकाले बुद्ध जयन्ती मनाइन्छ । भौतिक शरीर नाश भए पनि आफ्ना ज्ञान, वचन अनि आध्यात्मिक सीपमार्फत बुद्ध हामी सबैको चित्तमा विराजमान नै छन् ।
बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो । उनी जन्मन साथ उत्तरतर्फ ७ कदम हिँडेर औलालाई हावातर्फ देखाएका भन्ने किंवदन्तीहरू सुनिन्छ । यसका अनुसार, उनी महाआत्मा रहेका र भगवानको धर्तीमा भएको अन्तिम अवतार रहेको जानकारी र जनाऊँ भएको मानिन्छ । जन्मन साथ पोखरीमा स्नान गराइएका यिनी सिद्धार्थ गौतमले नुहाएका यो पोखरीलाई सिद्धार्थ कुण्ड भनिन्छ । यसरी अलौकिक जन्म भएका राजकुमार सिद्धार्थ गौतम कि आमा मायादेवीको भने उनी जन्मेको ७ दिनमै दुःखद मृत्यु भएको थियो ।
शाक्यमुनि बुद्धको जीवकथा
यद्यपि अत्यन्त अनुशासित र मर्यादित राजकुमार सिद्धार्थ गौतमले १६ वर्षको उमेरमा यशोधरासँग विवाह गरेका थिए । सम्पूर्ण जीव–जगत् र प्राणीलाई अगाध स्नेह जनाउने बानी भएका यिनी सिद्धार्थ गौतम २९ वर्षको उमेरमा सम्पूर्ण सुख सयल छाडेर ज्ञानको खोजीमा निस्केका हुन् । त्यसपश्चात् आफू पनि भिक्षु हुने निर्णय गरेका सिद्धार्थ गौतम नै आज संसारका महान् गौतम बुद्ध हुन् । यसरी सांसारिक दुःखको कारण खोज्दै उनी २९ वर्षको उमेरमा गृह त्याग गरी बोध गया भन्ने ठाउँमा एक वृक्ष मुनि अधिष्ठानपूर्वक तपस्यामा लिन भए । तपस्याका क्रममा बुद्धलाई सम्यक् सम्वोधी अर्थात् महाज्ञान प्राप्त भयो । त्यसपछिका वर्षहरूमा उनले त्यही महाज्ञानलाई बाँडे । संसारभर भगवान् बुद्ध भनी कहलिए । बुद्ध धर्म एक अनीश्वर वादी धर्म मात्र नभई कन एउटा अहिंसा, अधर्म अनि असत्यबाट मानवलाई जोगाउने एउटा दर्शन हो, सर्वव्यापी दर्शन ।
यो धर्म शाक्यमुनि गौतम बुद्ध र उनका अनुयायीहरूका शिक्षामा आधारित रहेर तयार भएको हो । गौतम बुद्धलाई वर्तमान कल्पको चौथौँ सम्यक् सम्बुद्ध मानिन्छ ।
विश्वमा ३५ करोड बढी मानिसले बुद्ध धर्म मान्छन् । यो विश्वको चौथौँ ठुलो धर्म हो । बुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरू नेपालसहित चीन, भारत, श्रीलङ्का, बर्मा, थाइल्यान्ड, लाओस्, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मङ्गोलिया, कोरिया लगायतका देशमा फैलिएका छन् ।
त्रिपिटकमा बुद्धका ३२ भौतिक गुणहरू
बुद्धका सबै शिक्षा र उपदेशहरूको सङ्ग्रहलाई त्रिपिटक भनिन्छ ।
त्रिपिटकमा बुद्धका ३२ भौतिक गुणहरूको स–विस्तार वर्णन गरिएको छ । त्यहाँ बुद्धका ८२ हजार र उनका प्रमुख शिष्यहरूका २ हजार गरी ८४ हजार ज्ञान–सूत्रहरू सङ्गृहीत छन् । बुद्धको मुख्य दार्शनिक सिद्धान्त प्रतितय–समुत्पाद हो । आधारभूत गुणहरू अनित्य, दुःख र अनात्मलाई बुद्धका आधारभूत सिद्धान्त मानिन्छ । गौतम बुद्धलाई हिन्दु धर्मावलम्बीहरूले भगवान् विष्णुका दश अवतारहरूमध्ये एक अवतार मान्छन् । गौतम बुद्धलाई एसियाको तारा पनि भनिन्छ । बुद्ध नेपाल भूमिमा जन्मिएको हुँदा बुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले बर्सेनि सार्वजनिक बिदा दिँदै आएको छ ।
बुद्ध भन्नाले बोधी प्राप्त वा अन्तिम सत्यको पहिचान गरेको महामानवलाई बुझिन्छ । उत्तर कोरियाले अशान्त भएर संसारतर्फ क्षेप्यास्त्र तेरस्याईरहँदा, रङ्ग, सम्पत्ति, भाषा र भूगोलका आधारमा विभेद भइरहँदा बुद्धको दर्शनले शान्तिको शान्तिपूर्ण वकालत गरिरहेको छ । बुद्धका ज्ञानलाई आत्मसात् गरे मात्र पनि पृथ्वी गज्जबको ग्रह हुनेछ । संसारलाई अर्को बुद्ध चाहिएको छ, फर्की आऊ शाक्यमुनि, शान्तिको सन्देश लिएर आऊ है । बुद्ध जयन्तीको शुभकामना ।
उभौली पर्व
Ubhauli Parwa
विशेष अडियो सामग्री
अनि यसपालाको उभौलीमा साकेला चण्डी नाच्न कतिको तैयार हुनुहुन्छ त ?
किरात समुदायमा अत्यन्त लोकप्रिय चण्डी नाच सबै जनाको सुस्वास्थ्य, दिर्घायू र समृद्धिको कामना गर्दै नाचिन्छ । आउनुहोस्, प्रकृतिका सन्तति, विश्व प्रसिद्ध किरात समुदायले मनाउने वसन्त क्रृतुको उभौली पर्वको कुरा गरौँ ।
उभौली पर्व किन मनाइन्छ ?
प्रकृतिका पुजारी यस समुदायले वैशाख पूर्णिमाका दिन अन्न बाली सप्रियोस्, राम्रो बाली लागोस्, पृथ्वीमा कहीँ कतै खाद्यान्नको कमी नहोस् भन्दै यस उभौली पर्व मनाउँछन् । चण्डी नाच गरिने भएकाले आज चण्डी पूर्णिमा पनि भनिन्छ । चण्डी पूर्णिमा भन्नाले सुमनिमा अर्थात् पार्वतीको सृष्टि भएको दिन हो । त्यही भएर उभौलीका अवसरमा सांस्कृतिक महोत्सवका रूपमा यो पर्व मनाउने गरिन्छ ।
कृषि उन्मुख यी दुई यस्ता पर्वहरू छन्, जसले सम्पूर्णतया कृषि र बालीको जनाऊ दिने गर्छन् । यी दुई वटा पर्वहरूमा किरात समुदायले मनाउने उभौली र उधौली पर्व हुन् । वैशाख पूर्णिमामा उभौली र मङ्सिर पूर्णिमामा उधौली मनाइन्छ । उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने अवसरका रूपमा मनाइन्छ । उभौलीमा सुमनिमा र पारुहाङले सम्पूर्ण सृष्टि जगतको रक्षा गर्ने विश्वास गरिन्छ । वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ ।
कसरी मनाइन्छ उभौली ?
बालीनालीका रक्षक तत्त्वहरू जस्तै कि प्रकृति, आवहवा, देवी–देवता र पृथ्वीको आज पूजा गरिन्छ । पारम्परिक भेष–भूषामा सजिएका किराँती समुदायको गोलबन्द हुँदै पुरुष–महिला सँगै नाचेको अत्यन्त रसिक माहौल यसपालि कमै देख्न पाइनेछ ।
अनि पुरुषहरू लेकाली कोट, दौरा-सुरुवाल लगाउने, बुकी–फूल सिउरिने र नेपाली टोपी लगाएर खुकुरी भिरेर नाच्छन् भने महिलाहरूले कम्मरमा पटुकी बाँधेर चौबन्दी चोली र छिटको फरिया लगाउने र पहेँला गरगहनासहित सजिएर नाच्ने चलन छ । हातमा चौँरीको पुच्छर, चमर, सिल्लिमो, पोमी र सिम्कौली सेउली हल्लाउँदै सोई ढोले सोई अर्को ढोले खोई भन्दै नाच्दा त माहौल नै अर्को हुन्छ ।
यसरी नाच्दा स्याउला, ढोल, झ्याम्टा, बिनायो तथा हारी जस्ता बाजाहरू बजाउँदै अनि विभिन्न कृषि कार्य गरेझैँ जस्तै धान काटेको, दाउनी गरेको जस्तो मुद्रामा नाचिन्छ ।
संसारभरिका किरात समुदायलाई उभौली पर्वको शुभकामना ।
चण्डेश्वरी जात्रा र चण्डी पूर्णिमा -वैशाख शुक्ल पूर्णिमा व्रत
वैशाख शुक्ल पूर्णिमालाई चण्डी पूर्णिमा पनि भनिन्छ । वैशाख शुक्ल पूर्णिमाका दिन चण्डिका भगवती प्रकट भएर भगवतीले चण्डनाम दैत्यलाई वध गरेको कथन छ ।यसै कारण उक्त भगवतीको नामकरण नै चण्डी राखिएको हुनुपर्छ । अनि एवं रितले वैशाख शुक्ल पूर्णिमा चण्डी पूर्णिमाको नामबाट प्रसिद्ध भयो ।
चण्डेश्वरी पूर्णिमामा व्रत लिने चलन छ । यो पूर्णिमालाई पावन र अत्यन्त फलदायी तिथिका रूपमा लिइन्छ । देवी भगवतीको चण्डी स्वरूपको महिमालाई विशेष अर्चना गर्दै, शक्ति र समानताको अनुग्रहका साथ यस पूर्णिमाको व्रत लिइन्छ । उभौली पर्वमा आजका दिन यसै चण्डी स्वरूपको देवीको अनुग्रहका लागि चण्डी नाच नाच्ने चलन छ । परम्परागत नेपाली संस्कृति तन्त्रमय छ ।
यसै कारण पनि यो दिन क्षेत्री समुदायका धेरै थरहरूको कुल–देवता पूजा र देवाली पनि पर्छ ।
यस दिन चण्डी पूर्णिमाको व्रत लिने चलन छ । यसरी चोखो भएर व्रत लिने र भगवान् विष्णुको आराधना गर्नाले अनि चण्डी भगवतीको स्मरण गर्नाले वर्षभरि सामर्थ्य र शक्तिको सञ्चार हुने विश्वास छ । वैशाख शुक्ल पूर्णिमाको दुई दिनदेखि भव्य रूपमा चण्डेश्वरी जात्रा मनाइने गरिन्छ । आजबाट चण्डेश्वरी जात्राको औपचारिक सुरुवात भएको छ ।
विशेषतः काठमाडौँ नजिकैको बनेपा सहर, पलान्चोक भगवती, आसपासका क्षेत्रमा जात्राको रौनक रहने गर्छ । बनेपामा बाजागाजासहित रथलाई चण्डेश्वरीसम्म लगेर भोलिपल्ट देवीको मूर्तिलाई रथमा राखेर लिएर फर्कने चलन छ ।
यो जात्राको अर्को रौनक भनेको कलन दान हो । जात्रामा भक्तजनको भीडमा प्रसादका रूपमा मासु फाल्ने चलन छ । यसरी मासुरूपी प्रसाद फलिनुलाई नै कलन दान मानिन्छ । भीडमा फालिएको मासुका टुक्रा पाउनेलाई भाग्यमानी मानिन्छ । यो जात्रा प्राचीनकादेखि चल्दै आएको छ । जसमा भाग लिन दोलखा, ललितपुर, भक्तपुर, काठमाडौँ, रामेछाप लगायतका ठाउँबाट समेत मानिसहरू आउने चलन छ ।
चण्डी पूर्णिमाको व्रतकथा
चण्डेश्वरी देवीको उत्पत्तिको विषय चण्डासुर नामक राक्षससँग जोडिन्छ ।चण्ड सुरले महादेवको वरदान पाए । वरदानबाट शक्तिशाली भएसँगै उत्पात मच्चाउन थाले । त्यसपछि देवी स्वरूपमा चण्डेश्वरीले चण्ड सुरको वध गरेको कथन छ । चण्ड सुरको मृत्युको खुसीयाली यो जात्रा मनाइँदै आएको विश्वास गरिन्छ । बनेपा लगायतका आसपासका नेवा समुदायले आराध्य देवकै रूपमा चण्डेश्वरीलाई लिन्छन् । चण्ड सुरको वधपछि चण्डेश्वरीलाई देवलोकमा बाजागाजासहितले स्वागत गरिएको र यसै खुसीयालीमा सत्ययुगबाटै जात्रा गरिआएको मान्यता छ ।
कसरी मनाइन्छ चण्डी पूर्णिमा ?
जात्राको पहिलो दिन बनेपाको तीन धारामा रथको निर्माण गरिन्छ । अनि रातिमा देवी चण्डेश्वरीको मूर्ति प्रतिस्थापित गरेर दोस्रो दिन बनेपा बजार घुमाएर चण्डेश्वरीको स्वागत गरिन्छ ।
जात्रामा कङ्पुग बाजा, शाही बाजा विधि बाजाका रूपमा र सनही बाजा र धिमे बाजासमेत बजाइन्छ । यो जात्रा सनातन संस्कार अनि प्राचीनतम सभ्यताको एउटा अलौकिक उदाहरण हो ।
जात्रामा कम्तीमा १४ वटा बली पूजासमेत गरिन्छ । नेवारी समुदायले जात्रा सम्पन्न गरेपछि आफन्तजनलाई आमन्त्रण गरेर भोज खुवाउने चलन रहेको छ ।
वैशाख शुक्ल पूर्णिमा र भोलिपल्ट दुई दिनसम्म मनाइने जात्राको अघिल्लो दिन उहिलेका राजा महाराजले प्रयोगमा ल्याएका गरगहना र सिक्काको पूजा–आजा समेत गर्ने प्रचलन छ ।
चण्डेश्वरी जात्राका अतिरिक्त काभ्रे जिल्लामा उग्रचण्डी नालामा भगवती महालक्ष्मीको, साँगामा नासिका भगवतीको, चौकोटमा श्वेतगणेशको, पलान्चोक भगवती, श्रीखण्डपुरमा श्वेत भैरवको र पनौतीमा इन्द्रेश्वरको जात्रा बर्सेनि हुने गरेको छ ।चण्ड सुरहरूको वध गर्न हरेक युगमा चण्डेश्वरीको आगमन होस् । धर्मको जय होस्, अधर्मको नाश होस् ।
गोरखनाथ जयन्ती
वैशाख शुक्ल पूर्णिमाको दिन धेरै महापुरुषहरूको यस धर्तीमा पर्दापन भएको छ । यिनै महान् पुरुष र सिद्ध योगीहरूमा गुरु गोरखनाथको पनि नाम आउँछ ।नाथ सम्प्रदायका सुरुवात गर्ने यी महान् सिद्ध योगीको जन्म भएको यस पावन दिनका धेरै महत्त्वपूर्ण आयामहरू छन् ।
गोरखनाथको जन्म
गुरु मत्स्येन्द्रनाथ नेपालको बुङमतीमा जन्म भएका काठमाण्डौ बासीका इष्ट गुरु, सहकालका देवता अनि सिद्ध गुरु हुन् । यिनै सिद्ध गुरुका पुत्र अनि शिष्यका रूपमा गुरु गोरखनाथको धर्तीमा आगमन भएको हो ।
गोरखनाथ मठका अनुयायीहरूले गुरु गोरखनाथ जयन्ती या गुरु गोरखनाथको जन्म अनि मृत्युमा विश्वास गर्दैनन् । उनीहरूका अनुसार, गोरखनाथ गुरु अनन्तकालदेखि विद्यमान सिद्ध गुरु जो जीवन मृत्युको चक्रबाट बिलकुलै अलग हुनुहुन्छ ।
गोरखनाथ र नेपालको राजपरिवार
नेपालको राजपरिवार पनि गुरु गोरखनाथको कृपाले पुलकित भएका कथनहरू छन् । गोरखा राज्यको नाम पनि गोरखनाथसँग मेल खान्छ । यद्यपि गोरखाको नाम र गोरखनाथबिचको आधिकारिक सम्बन्ध भने पाइएको छैन । पृथ्वीनारायण शाहलाई पनि गुरु गोरखनाथले एकीकरण पूर्व दर्शन दिएका कथनहरू आजसम्म पनि दुरुस्तै सुनिन्छ । नाथ सम्प्रदायका अनुसार विष्णुले आफू कमलको फूलमा बिराजमान हुँदा सृष्टि गर्ने इच्छा राखे । तर आफू वरिपरि पानी मात्रै पाए । अनि पातालमा गुरु गोरखनाथलाई भेट गरेर गोरखनाथले दिएका खरानी पानीमा छरेपछि त्यस खरानीको प्रतापले भुईँ बनेको कथन छ । हुन पनि हो, गोरखबाटै धर्तीको रक्षा भन्ने बुझिन्छ ।
आदिनाथ महादेवका शिक्षाहरूलाई सरलीकृत गर्दै सनातन संस्कारको रक्षा अनि जागरणलाई अघि बढाउन गुरु गोरखनाथको उल्लेखनीय योगदान छ ।
गर्गसहिंताको अनुसार महादेवले स्वयम् नै यसो भन्नुभएको थियो
अहमेवास्मि गोरक्षो मद्रूपं तन्निबोधत।
योग मार्ग प्रचाराय मयारूपमिदं धृतम्
अर्थात् म नै गोरक्ष हुँ, गोरक्षलाई मेरो नै रूप जान्नु, योग मार्गको प्रचारका लागि मैले यो रूप धारण गरेको हुँ ।
शिवका सच्चा स्वरूप अनि प्रकृतिको उपर पूर्ण स्वामित्व र सिद्ध प्राप्त गर्नुभएका महान् गुरु गोरखनाथको जयन्तीको अवसरमा सबैलाई अनेक शुभकामना ।
कुर्म जयन्ती
कुर्म भनेको के हो?
विष्णुको कछुवा स्वरूपलाई कुर्म भनिन्छ । कुर्म जयन्ती वैशाख शुक्ल पूर्णिमामा पर्छ । क्षीर सागर मन्थनका दौरान यसै कुर्म अवतारले मद्राञ्चल पर्वतलाई आफ्नो ढाडमा उठाएर हिँडेको कथन छ । विष्णुको प्रथम अवतार मत्स्य हो भने दोस्रो चाहिँ कुर्म अवतार हो । माछाबाट क्रमशः जल अनि थल दुवैमा यथोचित रहन सक्ने कुर्म अवतारमा विष्णु भगवान् पर्दापन भएको मानिन्छ ।
कुर्म जयन्तीमा के गरिन्छ ?
यो दिन व्रत बस्ने चलन छ । एक दिन अगावै जाग्राम बस्ने, विष्णु सहस्त्रानाम पढ्ने र अन्य वैदिक मन्त्रहरू पढ्ने चलन रहन्छ । यस दिन दान पुण्य गर्नाले धेरै फाइदा हुने विश्वास पनि गरिन्छ ।
कुर्म अवतारमा योगमायाको उपस्थिति रहने विश्वासका कारण आजको दिन निर्माणका कार्यहरू । कला अनि शिल्पका कार्यहरूको थालनी गरिनु विशेष फलदायी मानिन्छ । यस जयन्तीको सबैमा शुभकामना ।
वैशाख स्नान समाप्ति
न माधवसमो मासों न कृतेन युगं समम्।
न च वेदसमं शास्त्रं न तीर्थं गंगया समम्।।
स्कंदपुराण, वै वै मा. द्द–ज्ञ
अर्थात् वैशाख समान कुनै महिना छैन । सत्ययुग समान कुनै युग छैन । वेद समान कुनै शास्त्र छैन । र, गंगाजी समान कुनै तीर्थ छैन । चैत्र पूर्णिमाबाट वैशाखे स्नान सुरुवात भएको छ । तीर्थमा जाने, जल कुण्डमा जाने, पवित्र स्नान गर्ने र भगवानको स्मृति गर्ने यस स्नानको आजबाट औपचारिक समापन गरिँदै छ ।
विश्व नर्स दिवस
विश्व नर्स दिवसको पृष्ठभूमि
आधुनिक चिकित्सा पद्धतिमा अभूतपूर्व योगदान गर्ने नर्स अर्थात् नेपालीमा स्वास्थ्य परिचारिका पेसाको सुरुवात गर्ने अनि नयाँ उचाइ थप्ने महान् फ्लोरेन्स नाईटएगंलको जन्म दिनका अवसरमा आज विश्वले अन्तर्राष्ट्रिय नर्स दिवस मनाँउदैछ ।
विश्व नर्स दिवस सन् २०२५ को नारा
"Our Nurses. Our Future. Caring for nurses strengthens economies"
अन्तर्राष्ट्रिय नर्स परिषद् (ICN) ले २०२५ को अन्तर्राष्ट्रिय नर्स दिवसको लागि "हाम्रा नर्सहरू। हाम्रा भविष्य। नर्सहरूको हेरचाहले अर्थतन्त्रलाई सुदृढ बनाउँछ" भन्ने नारालाई चयन गरेको छ। यो नाराले नर्सहरूको भलाइमा लगानी गर्न आवश्यक छ भन्ने कुरालाई जोड दिएको छ, साथै स्वास्थ्य सेवा र अर्थतन्त्रमा उनीहरूको महत्वपूर्ण योगदानलाई मान्यता दिन्छ।
ए लेडी विथ ए ल्याम्प किन र कसलाई भनिएको हो ?
फ्लोरेन्स लाई ए लेडी विथ ए ल्याम्पका नामले पनि चिनिन्छ, अर्थात् टुकी या भनौँ लालटिन बोकेकी महिला । उति बेला युरोपमा क्रिमेन युद्ध चलिरहँदा घाइते सैनिकहरूको उपचारार्थ अहोरात्र खटिएका सैनिकहरूले उन् लाई सम्मानका साथ लेडी विथ ए ल्याम्प भनेका हुन् ।
रातीको समयमा टुकी बालेर पनि सम्पूर्ण बिरामीहरू भएका ठाउँमा पुग्ने यिनी संसारकै पहिलो नर्स फ्लोरेन्स नाईटएगंलले बेलायतको लडंन स्थित थोमस हस्पिटलमा संसारकै पहिलो निजी नर्सिङ स्कूल स्थापना पनि गरेकी छिन जुन गैरनाफामुलक ढङ्गमा अझै सम्म सञ्चालनमा छ ।
त्यती बेला स्वास्थ्य सेवाको कुरा गर्ने हो भनेँ अस्पतालमा सर सफाइका कुराहरूमा उत्ति ध्यान दिईदैन थियो भनेँ स्वास्थ्य सेवीहरू पनि बिरामीको भावना अनि आत्मसम्मानलाई ध्यानमा राख्ने कुरामा अनभिज्ञ नै थिए । तसर्थ फ्लोरेन्सले अस्पताललाई सफा राख्नमा अनि बिरामीको सम्मान र भावनालाई कदर गर्दै एउटा गहिरो सेवाको अवधारणाका रूपमा आधुनिक नर्सिगं पेसालाई ल्याएकी हुन् ।
फ्लोरेन्सको यिनै योगदानको चर्चा गर्दै हरेक वर्षको मे १२ मा विश्वले नर्स दिवस मनाउँदछ । नर्स पेसालाई गएको शताब्दीबाट संसारभरिका मान्छेहरूले अत्यन्त महत्त्व दिएर आदरणीय रूपमा हेरेको छन् ।
नेपालमा नर्सिङको संक्षिप्त इतिहास
नर्स विनाको अस्पतालको परिकल्पना हामी गर्न सक्दैनौ । सन् १९४७ मा वीर अस्पतालको स्थापना पछि स्वास्थ्य सहायकका रूपमा केही कम्पाउन्डर र भारतमा तालिम लिएका केही औलामा गन् सक्ने ब्यत्तिहरु मात्रै थिए, वीर अस्पतालको इतिहास पल्टाउँदा उति वेला ड्रेसिङ लगायत अन्य उपचारहरू कम्पाउन्डर या डाक्टर स्वयंले गर्ने गर्दथे । नर्सिङ को नेपाली इतिहास विसं २०१३ वाट सुरु भएको देखिन्छ जब केही गृहणीहरु लगायतका नेपाली चेलीहरूले औपचारिक रूपमा नर्सिङ को तालिम लिएका थिए, राणा शासनका क्रममा सभ्रान्त परिवारमा स्वास्थ्य उपचार अनि नर्सिङ को महत्त्व चाल पाएर नेपालमा नर्सिङको सुरुवात भएको विश्वास गरिन्छ, राणा कालको क्रममा चार जना नेपाली चेलीहरू विधावती कंसकार, राधा देवी मालाकार, धर्मदेवी कंसकार र विष्णुदेवी राईले भारतको अलाहवादवाट स्वास्थ्य सहायकको तालिम लिएको इतिहास छ । त्यसपछि क्रमशः नेपाली महिलाहरू भारतमा ४ वर्ष ९ महिने लामो नर्सिङ कोर्स गरेर आउने चलन बढेको पाइन्छ । आज गल्ली पिच्छेका अस्पताल अनि क्लिनिकहरूमा नर्सहरूको उपस्थिति बाक्लै देख्न सकिन्छ, सहर सहरमा नर्सिङ कलेजहरू खुलेका छन् अनि अझ विदेश जान सहज हुने भएकाले नर्सिङ प्रतिको आकर्षण बढ्दै गइरहेको छ । नर्सिङको अचम्मको कुरा के छ भनेँ यो व्यवसायमा पुरुषहरू नगण्य मात्रामा छन्, केही समय अघि केही नर्सिङ कलेजहरूले पुरुषहरूलाई पनि नर्सिङ तालिम दिएकोमा पछि गएर पुरुषहरू यस व्यवसायमा उत्ति आकर्षित नभएको पाइन्छ । शायद माया, स्नेह अनि ममतामयी यो व्यवसायमा महिलाको मधुर उपस्थितनै अत्यूक्तम लागेको हुनसक्छ ।
नर्सिङ पेसाको सबैभन्दा ठुलो पदवी चाहिँ फ्लोरेन्स नाईटएगंल मेडल लाई मानिन्छ, यसअर्थमा फ्लोरेन्स नाईटएगंल हरेक नर्सको प्रेरणाकी श्रोत पनि हुन् ।
नेपालमा पनि नर्स अध्ययन गर्ने अनि कार्य गर्ने पेसाकर्मी दिदिवहिनी हरुको सङ्ख्या बढ्दो छ, बिरामीको सेवा अनि उपचारमा फ्लोरेन्सका पथहरूलाई हामीले कत्तिको आत्मसाथ गर्न सकेका छौ त ? विचार गर्न जरुरी छ ।
नाईट एंगलको बारेमा कविता
क्रिमीया युद्धमा एक जना घाइते सैनिकले नाईट एंगलको बारेमा कविता लेखेका थिए, आजको यस दिन विशेष सामग्रीको विट मार्न अघि त्यो कविता अनि त्यसको सरल नेपाली रूपान्तरण, केवल यहाँका लागि:
Lo! in that house of misery
A lady with a lamp I see
Pass through the glimmering gloom,
And flit from room to room
त्यस दर्दनाक र पिडा भरिएका घरभित्र
टुकी समातेकी एक जना महिला म देख्दथेँ
चित्कार भित्रका वेदना सुन्दै र माया बाँढदै-
हरेक कोठा कोठा उनी सहृदय पुग्दथिन्
-हाम्रो पात्रोकालागी सुयोग ढकाल
आउँदा दिनहरु
-
१९कार्तिक
-
२२कार्तिकविश्व रेडियोग्राफी दिवस ४ दिन पछि
-
२३कार्तिकविश्व स्वतन्त्रता दिवस ५ दिन पछि
-
२४कार्तिकशान्ति र विकासको लागि विश्व विज्ञान दिवस ६ दिन पछि
-
२५कार्तिक
-
२६कार्तिक
-
२८कार्तिक
-
२९कार्तिकउत्पतिका एकादशी व्रत ११ दिन पछि
-
३०कार्तिकअन्तर्राष्ट्रिय सहनशीलता दिवस १२ दिन पछि
-
१मंसिर
-
३मंसिर
-
४मंसिरविश्व बाल दिवस/विश्व दर्शनशास्त्र दिवस १६ दिन पछि
-
५मंसिरविश्व टेलिभिजन दिवस १७ दिन पछि
-
९मंसिर
-
१२मंसिरगोरखकाली पूजा २४ दिन पछि
-
१५मंसिरमोक्षदा एकादशी/गीता जयन्ती/विश्व एड्स दिवस २७ दिन पछि
-
१६मंसिर
-
१७मंसिर
-
१८मंसिर
-
१९मंसिर
-
२१मंसिरअन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस ३३ दिन पछि
-
२२मंसिरअन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस ३४ दिन पछि
-
२३मंसिरअन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस ३५ दिन पछि
-
२४मंसिरअन्तर्राष्ट्रिय मानव अधिकार दिवस ३६ दिन पछि
-
२५मंसिरअन्तर्राष्ट्रिय पर्वत दिवस ३७ दिन पछि
-
२६मंसिरगोरखकाली पूजा/अन्तर्राष्ट्रिय तटस्थ दिवस ३८ दिन पछि
-
२९मंसिरसफला एकादशी व्रत ४१ दिन पछि
-
१पुषधनु संक्रान्ति ४२ दिन पछि
-
२पुषप्रदोष व्रत ४३ दिन पछि
-
३पुषअन्तर्राष्ट्रिय आप्रवासी दिवस ४४ दिन पछि
-
५पुषतोल ल्होसार ४६ दिन पछि
-
६पुषविश्व ध्यान दिवस ४७ दिन पछि
-
१०पुषक्रिसमस-डे ५१ दिन पछि
-
१३पुषगोरखकाली पूजा ५४ दिन पछि
-
१५पुष
-
१७पुष
-
१९पुष
-
२१पुषगुरु गोबिन्द सिंह जयन्ती ६२ दिन पछि
-
२३पुषअरनिको स्मृति दिवस ६४ दिन पछि
-
२४पुषनेपाल ज्योतिष परिषद स्थापना दिवस ६५ दिन पछि
ज्योतिषहरू
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Hamro Patro Jyotish IVI am certified jyotish of Hamro Patro
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
HamroPatroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Hamro Patro Jyotish III am certified jyotish of Hamro Patro
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Hamro Patro Jyotish IIII am certified jyotish of Hamro Patro
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन