Sithi Cha: Hre | सिथि चःह्रे | २०८२ जेठ ११ | Hamro Patro

आउँदा दिनहरु

An error occurred

राशीफल

साहित्य / ब्लग

May/Jun 2025
२०८२ जेठ
११
आइतवार
May 25, 2025
जेठ कृष्ण त्रयोदशी
सिथि चःह्रे ( Sithi Cha: Hre )
MY NOTE
तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

सिथि चःह्रे

सिथि चःह्रे

विशेष अडियो सामग्री

"सिथि नख: थ्वः थ्वः,

कुलं गु थन न्ह्यः न्ह्यः।

ना ल्हः थ्वन वं थं,

थन म्वं वः थिं थं।"


“सिथि नखः आयो आयो,

कुलाको पानी बग्यो बग्यो।

नगर सफा गरौं,

पानीका मुहान जोगाऔं।"


नेपाल प्राचिन कालदेखि नै चाडपर्वहरुमा धनी देश हो । विश्वमै जात्रा, संस्कृति अनि चाडपर्वको धनी देश नेपाल संस्कारमा अत्यन्त समृद्ध देशका रुपमा चिनिन्छ। विशेषगरी काठमाडौ आसपासमा वसोवास गर्ने नेवा: समुदाय प्राचिन कालदेखि नै आफ्नो संस्कृति अनि परम्पराका लागि प्रसिद्ध छन् र यिनै संस्कार र सभ्यताहरु मध्य आज एउटा महत्वपूर्ण संस्कृति लिएर प्रस्तुत छौं, सिथि चःह्रे ।

तपाईंको विचारमा सिथि चःह्रे पर्व स्कूल र कलेजको पाठ्यक्रममा पढाइनु पर्छ?

चःह्रे अर्थात चतुर्दशी

सिथि चःह्रे अर्थात चतुर्दशी जेष्ठ चर्तुदशी पर्दछ । यस दिन नेवा: समुदायले सिथि चःह्रेको पूजा अर्चना गर्ने चलन छ । नेपाल संवत अनुसार आजको मिति नेपाल संवत ११४५ बछलाथ्व महिनाको चर्तुदशीमा पर्दछ, चर्तुदशीलाई नै नेपालभाषामा चःह्रे भनिन्छ अनि आज सिथि चःह्रे हो । आजको दिन घरघरमा पूजा गर्ने चलन हुन्छ, यस दिन सिथि अर्थात शिवका छोरा कुमार कार्तिके को पुजा गर्ने गरिन्छ । कुमारलाई मात्र पुजा नगरी अन्य देवताहरुको पनि पुजा र अर्चना गरिन्छ ।



सिथि चःह्रे को घोतक

आजको दिन आँउदै गरेको सिथि चःह्रे को घोतक पनि हो भने क्रमश बैशाखबाट शुरु भएको नयाँ वर्ष, जात्रा, उत्साह, उत्सर्ग अनि चाडहरुको शृंखलालाई सिथि चःह्रे ले शंखनाद गरेको मान्न सकिन्छ ।


यस वर्ष नेपाल सवंत ११४५ को सिथि चःह्रेको शुभकामना ।


-हाम्रो पात्रोका लागि सुयोग ढकाल

आउँदा दिनहरु

An error occurred

राशीफल

साहित्य / ब्लग

Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.