भारतमा सबै कामकाजी महिलालाई महिनावारी बिदा दिने कर्नाटक बन्यो पहिलो राज्य

भारतमा सबै कामकाजी महिलालाई महिनावारी बिदा दिने कर्नाटक बन्यो पहिलो राज्य

bbc.com . २ घण्टा अघि

भारतको दक्षिणी राज्य कर्नाटक सबै औपचारिक क्षेत्रका काममा संलग्न महिलाहरूलाई महिनावारी हुँदा तलबी बिदा दिने पहिलो राज्य बनेको छ। कर्नाटक संसारको सबभन्दा ठूलो आईटी कम्पनीहरूको कार्यालय भएको स्थान पनि हो।

नयाँ नीति अनुसार सरकारी र निजी कम्पनीमा काम गर्ने १८ देखि ५२ वर्षका महिलाहरूलाई हरेक महिनाको एक दिन छुट्टी दिइने छ। यो छुट्टीलाई अर्को महिना सार्न पाइने छैन। र त्यस्तो बिदा पाउन कुनै मेडिकल सर्टिफिकेट पनि आवश्यक पर्ने छैन।

यसले औपचारिक क्षेत्रमा काम गर्ने ३ लाख ५० हजारदेखि ४ लाख महिलालाई समेट्ने छ तर यसले अनौपचारिक क्षेत्रमा कार्यरत अनुमानत: ६० लाख महिलालाई समेट्दैन। त्यसमा घरेलु सहायक, दैनिक श्रमिक लगायत पर्छन्।

विज्ञहरू उक्त नीति अनौपचारिक क्षेत्रमा पनि लागु हुनुपर्ने बताउँछन्।

देउतालाई 'चढाइएका' किशोरीहरू जो यौन शोषणमा पर्छन्

बिहार: 'बोक्सी'को आरोपमा जिउँदै जलाइएकाहरूका आफन्तले सुनाए दर्दनाक घटना विवरण

तर राज्यको महिनावारीका बेला बिदा दिने नीतिले कामको प्रकार या करार पत्र जस्तो भए पनि बिदा दिनुपर्ने गरी निजी क्षेत्रलाई समेटेकोले महत्त्वपूर्ण ठानिएको छ।

'पिरिअड ट्र्याकर'ले तपाईँको व्यक्तिगत विवरण 'बेच्न' सक्छ, जोगिने तरिका यहाँ छन्

छ वर्षको उमेरकै आसपास बालिकाहरूमा महिनावारी सुरु हुनुका कारण

महिनावारीका बेला महिलालाई बिदा दिनुपर्ने अवधारणा नयाँ होइन।

स्पेन, जापान, दक्षिण कोरिया र इन्डोनेशियामा यस अघि नै महिनावारीका बेला महिलाहरूलाई बिदा दिइन्छ।

केही भारतीय राज्यले पनि सीमित मात्रामा त्यस्तो बिदा दिँदै आएका छन्।

बिहार र ओडिसामा सरकारी कर्मचारीका लागि महिनामा दुई दिन महिनावारी बिदा दिने गर्छन्।

केरलामा विश्वविद्यालय र इन्डस्ट्रिअल ट्रेनिङ इन्स्टिट्यूटका कर्मचारीलाई त्यस्तो बिदा दिने गरिएको छ।

तर भारतमा महिलालाई महिनामा एक दिन थप छुट्टी दिने कुराले 'जेन्डर बायस' र समानताबारे बहस निम्त्याइदिएको छ।

केहीले त्यसलाई आवश्यक अधिकार भनेका छन् र बिदाको व्यवस्थाले महिलालाई तलब कम हुने वा महिनावारीका बेला हुने दुखाइ सहँदै काम गर्नु पर्ने अवस्था नरहने भनेका छन्।

कर्नाटकका श्रममन्त्री सन्तोष ल्याडले बीबीसीलाई भने, "यो महिलाका लागि सरकारले कार्यान्वयन गर्न लागेको एक अत्यन्त प्रगतिशील नीति हो। "

'मनभित्रका गोठहरू नभत्किएसम्म छाउपडी प्रथा रोकिँदैन'

नवजात छोरीहरूको हत्या गर्ने काम छोडेर बचाउन थालेका सुँडेनीहरूको कथा

आईटी र बीपीओ उद्योगहरूको गैर नाफामुखी सङ्गठन नासकमका एक अधिकारीले बीबीसीलाई भने अनुसार कर्नाटकका कैयौँ कम्पनीले पहिलेदेखि नै महिनावारीका बेला बिदा दिने गरेका छन् त्यसैले सरकारी आदेश कार्यान्वयन गर्न कुनै समस्या हुने छैन।

स्थानीय गार्मेन्ट एन्ड टेक्सटायल वर्कर्स युनियनकी अध्यक्ष प्रतिभा आरले सरकारी निर्णयलाई स्वागत गर्दै भनिन् गार्मेन्टमा काम गर्ने कति महिलाले त वर्षमा जम्मा ११ दिन बिदा पाउने गर्छन्।

तर कतिपय महिला त्यो नीति कार्यान्वयन गर्न मुस्किल पर्ने ठान्छन्।

भारतको कैयौँ स्थानमा अहिले पनि महिनावारीबारे कुरा गर्न वर्जित छ र महिनावारीका बेला महिलालाई मन्दिर प्रवेशमा रोक लगाइन्छ तथा घरमा "फोहोर" भएको भनेर छुट्ट्याएर राखिन्छ।

"हामीले त्यसबारे बोल्नै नपाउने स्थितिमा कसरी एक महिलाले आफूलाई महिनावारी भएको छ भनेर गएर बिदा माग्न सक्लान् र । हाम्रो समाज त्यो तहमा पुगिसकेकै छैन," एउटा सफ्टवेयर कम्पनीकी म्यानेजरअनुनिता कुन्दुले बीबीसीलाई भनिन्।

अर्की आईटी कामदार अरुणा पापिरेडीले भनिन्, "मलाई सोध्नुहुन्छ भने त्यो बिदा आवश्यक छैन। महिनावारीको एम पनि उच्चारण नगरीकन महिलाहरू उच्च तहमा पुगेकै छन्।"

समाज वैज्ञानिक पुष्पेन्द्रका अनुसार महिनावारीबारे रहेको जरो गाडेर रहेको गलत धारणासँग लड्नु वास्तविक चुनौती हो।

"बिहारमा यदि महिलाले दुई दिनको बिदा मागिन् भने त्यो महिनावारीका कारण हो भनेर बुझ्ने गरिन्छ। त्यसले महिलालाई सहयोग त गर्‍यो होला तर त्यसले उनीहरूलाई बलियो बनाएको छैन।"

उनको अनुभव छ बिहार लगायत दशकौँदेखि महिनावारी बिदाको सुविधा दिँदै आएको छ त्यस्ता स्थानमा पसलेहरूले अहिले पनि स्यानिटरी प्याडलाई पुरानो अखबारमा पोको पारेर दिने गर्छन्।

‘महिनावारी हुनुअघि छोरीले आमा भन्दा पनि भावुक भएर भक्कानिएकी छु’

के परिवार नियोजनका चक्की सेवनले महिलालाई मोटो बनाउँछ

महिनावारीलाई सहज बनाउन गरिएका प्रयत्नहरूमा केरलामा पुरुषका लागि समानुभूति अभ्यास एक हो। सन् २०१८ मा सबरिमाला मन्दिरमा महिनावारी भएका महिलाहरूलाई प्रवेश गर्न दिने निर्णय हुँदा विरोध उठेको थियो।

कर्नाटकका केही महिला भने सरकारको महिनावारी सम्बन्धी नीतिले महिनावारीबारे छलफल गर्न मानिसहरूलाई सहज हुन सक्ने अवस्था आउने ठान्छन्।

बेङगलुरु सहरमा शिक्षिका श्रेया श्री भन्छिन्, "महिनावारी बिदा भन्ने भएपछि त्यसप्रति भएको नराम्रो धारणाविरुद्ध लड्न पनि सहयोग पुग्न सक्छ। "

क्राइस्ट विश्वविद्यालयमा सहायक डीन तथा कर्नाटकको महिनावारी बिदा समितिकी सदस्य सपना एसले यो नीतिको फाइदा लिन आग्रह गरिन्।

"यो सामाजिक रूढिवादी धारणाप्रति आक्रमण गर्न आवश्यक छ। महिलाहरू महिनावारी बिदा माग्न सङ्कोच नमानून् या क्षमा नमागून्," उनले भनिन्।

नेपाली महिलालाई खाडीमा बन्धक बनाएर 'बलात्कार र जबरजस्ती गर्भपतन'

'मेसिनले महिला पुरुष हेर्दैन': भारतकी पहिलो महिला रेल चालक

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.