प्रज्वल पौडेल - Mar 25 2025 समयको पाना पल्टिँदै गयो,
साथीहरू सङको हाँसो टाढिँदै गयो।
हिजोको मिलन आज बिछोड भइ,
मुटु भित्र कतै शून्यता छाइ।
कक्षा कोठा ति रमाइलो क्षण,
चिया सङका गफ र हास्ने ठट्टा गर्ने बहाना।
गुरुका बचन प्रेरणाका बाटा,
सपना बुन्ने ती सन्देशका गाथा।
क्यानटीनको चिया ती स्वादिला पफ,
याद आउछन् साथीहरूसँग बिताएको समय सब।
हिजो जस्तो लाग्छ हामी सँगै हिँडेको,
आज बिदाइमा आँसु छैन थामिएको।
हाम्रो भोलिको यात्रा फरक हुनेछ,
नयाँ गन्तव्य तय गरिनेछ।
तर सम्झनामा तिमीहरू रहिरहने छौ,
सम्बन्धहरू कहिल्यै नमेटिने बिछोडको घाउ।
नयाँ उडान, नयाँ संसार,
तिमी अघि बड्नु नमान्नु हार।
सपना पुरा गर्न कलेज छोड्नु पर्ने परिस्थिति ,
सधैं याद आउने छन त्यि रमाइला पल अनि अमिशीत स्मृति।
Liked by: