३८ देशका उत्कृष्ट ७८ चलचित्र "एकादेशमा" प्रदर्शन हुदै | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

३८ देशका उत्कृष्ट ७८ चलचित्र "एकादेशमा" प्रदर्शन हुदै




   मन्दिप गाैतम - Nov 10 2016

चलचित्र छनौट भएका ५ विधाहरु


३८ देशका उत्कृष्ट ७८ चलचित्र "एकादेशमा" मनोरञ्जन

यहि शुक्रवारदेखि आइतवारसम्म राजधानीको QFX कुमारी सिनेमा हलमा आयोजना हुन लागेको "एकादेशमा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव" मा चलचित्र हेर्न रुचाउने दर्शकले विभिन्न ३८ देशका ७८ वटा लघु चलचित्र हेर्न पाउने छन् । यस्तोमा उक्त महोत्सवमा सहभागिता जनाउन इछ्याएका दर्शकहरुमा प्रदर्शन हुन लागेका ७८ चलचित्रहरु मध्य कुन कुन चलचित्र हेर्ने त भन्ने कुरामा आन्योल अवश्य होला । या अझै कति चलचित्र प्रेमीहरुमा त लघुचलचित्र खासमा के हो भनेर चेतना नहुँदा यो चलचित्र महोत्सवमा सहभागिता जनाउने कि नजनाउने भन्ने कुरामा दोधार पनि होला ।

यदी त्यस्तो हो भने चलचित्रप्रेमीहरुले "एकादेशमा" मा सहभागिता जनाउन कुनै हिच्किचाहट मान्नु पर्दैन किनभने एकादेशमा चलचित्र महोत्सवमा कथानक चलचित्रमा हुनेजस्तै काल्पनिक कथामा बनेका चलचित्र हरु प्रदर्शन हुँदैछन । दर्शकले यसमा सहभागिता जनाउँदा उनीहरुले भरपुर मनोरञ्जन पाउने पक्का छ । त्यसैले ढिला नगरी कुल ५ वटा विधामा छनौट भएका यी ७८ चलचित्रमध्य आफ्नो रोजाइका विधा छान्नुहोस । तपार्इंहरुले आफ्नो विधा छानेर एउटै टिकटबाट तीनदेखि पाचँवटासम्म लघुचलचित्रको स्वाद चाख्न पाउनुहुनेछ ।

चलचित्र छनौट भएका ५ विधाहरु यसप्रकारका छन ।

१. Changing Perspectives
Out of Servitude into Freedom

यो अंशमा अप्रचलित अभिव्यक्ति बोकेका, गहन् काल्पनिकता बोकेका, तथा केन्द्रित कथन-शैलीलाई आत्मसाथ गरेका लघुचलचित्रहरूलाई अनुष्ठीत गरिएको छ। यस् अंशमा, १ नव-प्रतिभाशाली चलचित्रकर्मीका छानिएका चलचित्रलाई नगद तथा पुरस्कारले सम्मानित पनि गरिनेछ।

२. Future of Cinema
Make way for the future

एकादेशमाले उदायमान चलचित्रकर्मी र सिनेमा-विध्यार्थीलाई आफ्नो सिर्जना र प्राविधिक कलालाई सिनेमाको माध्यमबाट अभिव्यक्ति गर्ने अवसर पनि प्रदान गर्ने गरिएको छ। यस् अंशमा, ५ वटा नेपाली तथा ६ वटा विदेशी चलचित्र विध्यार्थीहरूले बनाएका लघु चलचित्रहरूको प्रदर्शन गरिनेछ। यस् अंशमा, पाठ्यक्रममा ‘चलचित्र’ विषय भएका विद्यालयका विद्यार्थीका १ चलचित्रलाई नगद तथा पुरस्कारले सम्मानित पनि गरिनेछ।


३. Enter the Dragon
The Dragon Roars Louder

यस् अंशमा नव तथा शीघ्र उदायमान भूटानी सिनेमा उद्धोगलाई वैशिष्यता दिईएको छ। विराट भारतीय सिने उद्योगको अधिनता हुँदाहुँदै पनि भूटानी स्वतन्त्र सिनेकर्मीले आफ्ना कलाद्वारा अन्तराष्ट्रिय तहमा पनि आफ्नो पहिचान छाड्न सकेका छन्। नेपाली सिनेमाले पनि यस् प्रतिध्वनिलाई आत्मसाथ गर्ने भएकोले यस् वर्ष एकादेशमा-ले भुटानी प्रयासलाई सम्मान गरेर कुल छ वटा सिनेमाको प्रदर्शनी गर्ने भएको छ।

४. Love Letters
Nothing Queer About This

एकादेशमा-ले विगतका तीन संस्करणमा बिभिन्न सामाजिक प्रसङ्गलाई आत्मसाथ गर्ने गरेको छ। यस् वर्ष हामी Lesbian, Gay, Bisexual, Transgender, Intersex and Queer (LGBTIQ) का विषयमा विश्वभरीका छानिएका लघु चलचित्रहरू पनि प्रदर्शन गर्दै छौँ। यी विषयमा आधारित सिनेमाहरू अद्वितीय द्श्टीविन्दु बोकेका हुन्छन्। यी चलचित्रले फरक कोण र प्रस्तुतीलाई आत्मसाथ गरेका हुन्छन्। यस् लगायत, यी चलचित्रहरू परम्परागत पात्र-चयनबाट पनि बेग्लै भएकाले यस् अंशलाई एकादेशमाले प्राथमिकता दिएको हो।

५. AND LIFE GOES ON…
We Fall to Rise Againयस् अंशका केही चलचित्रहरू सिनेमा हल भित्र तथा केही चलचित्रहरू समुदाय-माझ देखाईनेछ। ‘And life goes on’- महाभुकम्प पश्चात नेपाली मनोबल तथा साहसलाई सम्मान हो। यो प्रसङ्ग बरिष्ट चलचित्र निर्देशक अब्बास् काईरोस्थामीको चलचित्रको नाम पनि हो। काईरोस्थामीको मृत्यु यही वर्ष भएको हुनाले एकादेशमाले यस् वर्ष उनलाई श्रध्दाञ्जली दिएको हो। महाभुकम्प पश्चात नेपाली मनोबल फेरी उदय हुने आशयलाई साथ लिएर, यी प्रदर्शनीहरू साँझ ६ बजे देखि ८ बजे भित्र खुला-आकाश-मुनी हुनेछन्। २७ गते, किर्तिपुरको दरबार क्षेत्र नजिक बागभैरव (लैकु) तथा, २८ गते, बौध्द स्तुपा क्षेत्रमा हुनेछन्। 

महोत्सवमा प्रदर्शन हुने सम्पूर्ण चलचित्रको समय सहितकाे विवरण हेर्न यहाँ क्लिक गर्नुहाेस् :http://www.hamropatro.com/posts/articles_Film_Review/articles_Film_Review_Ekadeshma_Pradarshan_Hune_Sampoorna_Chalachitrako_Bibaran

यस चलचित्र महोत्सवमा बिभिन्न ख्यातिप्राप्त अन्तराष्ट्रीय चलचित्र महोत्सवहरुमा प्रतिष्प्रधा गरेका थुप्रै चलचित्रहरु पनि सहभागी भएका छन । ति चलचित्रहरु हुन :
१  एभ मारिया (अाेस्कर २०१६)
२  एभ्रिथिङ विल बि अाेके (अाेस्कर २०१६)
३  रेट मि (कान्स २०१५)
४  पिकनीक (कान्स २०१५)
५  अनाेदर सिटि (बर्लिन २०१६)
दद्या (भेनिस्र/ वुसान / टाेरन्टाे २०१६)
७ हाउस अरेष्ट (लाेकार्नो २०१६)
८ द रेड डाेर (राेट्टरड्याम २०१६)
९ माद्रे (कान्स २०१६)
१० ४:१५ पिएम द एन्ड अफ द वर्ल्ड (कान्स २०१६)
११ हाेल (सन्डान्स/ टाेरन्टाे २०१६)
१२ एटर्निट (कान्स २०१६)
१३ ल अफ द ल्याम्ब (कान्स २०१६)



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.