केकी "साशा" अधिकारीसँगको कुराकानी | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

केकी "साशा" अधिकारीसँगको कुराकानी




केकी "साशा" अधिकारीसँगको कुराकानी मनोरञ्जन

नायिका केकी अधिकारी नेपालको निक्कै लोकप्रिय नायिका मध्य एक हुन् । यसै साता रिलिज हुन लागेको उनको चलचित्र “लभ साशा” अहिले रिलिज अगाडी आएका आकर्षक प्रोमो र गीतहरुको कारणले निक्कै चर्चामा छ  । यहि चलचित्रको प्रोमोसन मा ब्यस्त भएकी केकी "साशा" अधिकारी चलचित्रको रिलिजको लागि निकै उत्साहित देखिन । प्रचण्ड मान श्रेष्ठ निर्देशित यो चलचित्रमा टाइटल रोलमा देखिने हुँदा आफूमाथि जिम्मेवारी बढेको महशुस भएको कुरा साशा अर्थात केकीले हाम्रो पात्रोसँग को टेलिफोन कुराकानीमा बताइन ।

केकीसँग को कुराकानी


लभ साशा जस्तै चलचित्र गर्न चाहान्छु

चलचित्र लभ साशा एउटा भिन्न किसिमको लभ स्टोरी हो । यो चलचित्रमा धेरै कुरा समावेश नगरिकन लभ स्टोरीमा हुने सुक्ष्म सुक्ष्म कुराहरुमा बढी प्राथमिकता निर्देशक ले दिएका छन्, यो मलाई मन पर्ने किसिमको चलचित्र हो । पछी कुनै बेला चलचित्र बनाउन परेमा  यस्तै चलचित्र बनाउन चाहान्छु ।



कर्मसँग पहिलो पटक काम गर्दा

सानो संसार हेरेपछी नै मलाई कर्मसँग काम गर्ने इच्छा थियो । लभ साशामा पहिलो पटक यो मौका पाए । कर्म काम गर्दा निकै सजिलो छन्, एउटा कलाकारले चाहने को स्टार कर्म जस्तै नै हो । मलाई लाग्छ हाम्रो केमिस्ट्री पर्दामा राम्रो देखिनेछ ।

लभ एन्थम
मेरो लागि अहिले चलचित्र लभ साशा कै गीत "कथा तिम्रो " लभ एन्थम बनेको छ , अहिलेको लागी ।त्यसबाहेक "गाजलु ति ठुला ठुला आँखा" लभ एन्थम जस्तो लाग्छ ।


करियरको महत्वपुर्ण फिल्म
लभ साशा महत्वपूर्ण चलचित्र हो , टाइटल रोल मै भएर पनि जिम्मेवारी बढेको छ ।


चलचित्र लभ साशा यहि साता बिहिबार बाट देशव्यापी रूपमा प्रदर्शनमा आउदैछ । चलचित्रमा केकी लगायत कर्म , आसिफ शाहको अभिनय रहेको छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.