राज्जा रानी सिनेमाको मैथिली भर्सनको लागि पोष्टर सार्वजनीक | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

राज्जा रानी सिनेमाको मैथिली भर्सनको लागि पोष्टर सार्वजनीक





रमेश एमके पौडेल र राज कुमार महतोको निर्माण तथा प्रस्तुती रहेको सिनेमा राज्जा रानीको मैथिली भर्सनको लागि २ वटा थप पोष्टरहरु सार्वजनीक गरिएको छ । नेपाली र मैथिली गरी दुई भाषा गरी एकै दिन देशै भरी राज्जा रानी पुस २१ गते रिलिज हुदैछ । वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा र बाल विवाह एवम् दाइजो उन्मुलन राष्ट्रिय अभियान, नेपालको संयोजक राज कुमार महतोले संयुक्त रुपमा उक्त पोष्टरहरु वीरंगजमा यसै हप्तामा एक पत्रकार सम्मेलन मार्फत सार्वजनीक गरेका छन् । 

यस अघि सार्वजनिक भएको फिल्मको नेपाली भर्सनको पोष्टर सहित मिथिला सहित प्रदेश नम्बर १ र २ क्षेत्रका दर्शकहरुलाई थप आकर्षित गर्न मैथिली तथा भोजपुरी माटोको महक आउने गरी २ वटा थप पोष्टरहरु तयार गरी सार्वजनिक गरिएको छ । यो फिल्म पुस २१ गते एकै मितीमा नेपाली र मैथिली भाषामा रिलिज हुदैछ । ट्रेलरमा बाल विवाह र अभिभावक बीचमा दाइजोमा कुरा नमिल्दा उत्पन्न भएको समस्यलाई देखाइएको छ । 

फिल्ममा नायक नाजीर हुसेन राज्जा र नायिका केकी अधिकारी रानीको भुमिकामा प्रस्तुत भएका छन् । आर्यन फिल्म प्रोडक्सन र भोर कम्पनी प्रा. लि. को ब्यानरमा निर्मित तथा यम थापा निर्देशित यो फिल्मको सम्पुर्ण छायांकन बांके जिल्लामा गरिएको हो । प्रेमकथामा आधारित राज्जा रानी लाई रमेश एमके पौडेल र राज कुमार महतोले निर्माण गरेका हुन । 


फिल्ममा केकी र नाजीरका अलावा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको पनि अभिनय छ । 

फिल्मले पश्चिम तराई स्थित कथित सानो जनजाति समुदायको संवेदना र प्रेमकथा चित्रण गर्छ । फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छांयाकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । चन्दन दत्तको एडिटिड. र कलरिड. तथा अनुपम साहको भिएफएक्स रहेको फिल्म राज्जा रानीको मैथिली भर्सनको पोष्टर अनुपम साहले डिजाइन गरेका छन भने शान्न थापाले यसमा थप सहयोग गरेका छन् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.