यूरोपमा घन्किदै 'नेपाली शास्त्रिय सङ्गीत' | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

यूरोपमा घन्किदै 'नेपाली शास्त्रिय सङ्गीत'




नेपाली संगीतको प्रस्तुतीले नेपालको छवी उच्च राख्न अनि पर्यटन प्रर्वधनका लागि यस्ता कार्यक्रमहरु पक्कै जरुरी छन् । कलाकारहरुले भीसा नपाउनुको बिडम्बना पनि एकातर्फ धेरै छ । यस बिषयमा पर्यटन बोर्ड लगायत नेपाली कुटनैतिक नियोगहरु सजग हुन जरुरी छ ।


रकसिद्धिका अध्यक्ष अमित उपाध्यायसंग विशेष कुराकानी 

हरेक वर्ष फेब्रुअरी महिनाको १ देखि ४ तारिखसम्म बेल्जियमको ब्रसेल्समा ब्रसेल्स एक्सपो हुने गर्दछ । गतवर्ष सहभागी नेपाली टोली पुनः नेपाली दुतावास पहलमा यस वर्षपनि नेपाली विशेषता बोकेको स्टल सहित आफ्नो उपस्थिती जनाएको छ । नेपालबाट गएको 'रकसिद्धि' साङ्गीतिक समूहले आफ्नो सितार र तबलाको जुगलबन्दीले ब्रसेल्सलाई झुमाइदिएको छ ।
लक्जम्बर्गका प्रधानमन्त्रि जेभियर बार्तेलकालार्इ नेपाली ढाका टोपी लगार्इदिंदै लक्जेम्बर्गका NRNA प्रमुख नारायण गुरुङ ।

लक्जेम्बर्गका NRNA प्रमुख नारायण गुरुङले कार्यक्रमका प्रमुख अतिथि लक्जम्बर्गका प्रधानमन्त्रि जेभियर बार्तेलका प्रधानमन्त्रीलार्इ नेपाली ढाका टोपी पहिर्‍याएर कार्यक्रममा स्वागत गर्नुभएको उक्त कार्यक्रममा बेल्जियमकालागि नेपाली राजदूत महामहिम लोक बहादुर थापाको पनि सक्रिय सहभागीता थियो ।
लक्जम्बर्गका प्रधानमन्त्रि  जेभियर बार्तेलका साथ बेल्जियमकालागि नेपाली राजदूत लोक ब. थापा र रकसिद्धिका अध्यक्ष अमित उपाध्याय ।

यसका अलावा यस समुहले यूरोपका अन्य बिभिन्न स्थानहरुमा पनि आफ्नो प्रस्तुती तय गरेको र अब यसै बर्ष मार्च महिनामा अष्ट्रेलीयामा पनि नेपाली संगीतको प्रस्तुती दिने कुरा 'रकसिद्धि'का अध्यक्ष अमित उपाध्यायले हाम्रो पात्रोलाई बताउनुभयो ।

वहाँका अनुसार यस पटकको ब्रसेल्स एक्सपोमा नेपालको स्टल आकर्षणको केन्द्रबिन्दु भएको थियो । नेपाली दुतावास अनि नेपाल पर्यटन बोर्ड र बेल्जियम नेपाल फ्रेण्डशीप एसोसिएशनसंग समन्वय लगायत अन्य बिभिन्न संघसस्थाको सहयोगमा उक्त कार्यक्रम प्रस्तुती भएको वहाँले बताउनुभयो ।

तबला बादक बिराज पोखरेल 'रकसिद्धि'का सदस्य हुन भने अन्य सदस्यहरुलाई जर्मन दुतावासले भीसा नदिएको दुखेसो पनि यिनले पोखेका छन् । बास्तवमा साङ्गीतिक समुहको प्रस्तुतीमा समुहका सदस्यलाई नै भीसा नदिइनुको बिडम्बना आफ्नै छ । तथापी यहाँ प्रस्तुत जुगलबन्दीमा सितार बाधक भने सतेन्द्र तुलाधर हुन्, तुलाधर यूरोपमा फ्रिल्यान्स सितार बाधक हुन र प्रस्तुतीका लागि उनीसंग यूरोपमा नै समन्वय गरेको संयोजक अमीत उपाध्यायले बताए ।

लक्जेम्बर्गका प्रधानमन्त्री स्वंयमले आफू नेपाली संगीतको प्रशंसक रहेको भन्दै "रकसिद्धि"को शास्त्रिय सङ्गीतको सीडी एल्बम बिमोचन गरेका थिए । फेब्रुअरी २ मा लक्जेम्बर्गको एउटा विश्वबिद्यालयमा अन्य ४ देशहरुसंगै नेपालले पनि आफ्नो प्रस्तुती दिएको थियो ।

फेब्रुअरीको १७ तारिखको ल्होसार र आउँदै गरेको भ्यालेन्टाईन डे का लागि पनि समुहले बिभिन्न कार्यक्रम र प्रस्तुती राखेको संयोजक अमितले बताउनुभयो ।

नेपाली संगीतको प्रस्तुतीले नेपालको छवी उच्च राख्न अनि पर्यटन प्रर्वधनका लागि यस्ता कार्यक्रमहरु पक्कै जरुरी छन् । कलाकारहरुले भीसा नपाउनुको बिडम्बना पनि एकातर्फ धेरै छ । यस बिषयमा पर्यटन बोर्ड लगायत नेपाली कुटनैतिक नियोगहरु सजग हुन जरुरी छ । सङ्गीत र संस्कृतिको कुनै सीमाना हुँदैन, कलाका संवाहकहरुलार्इ भौगोलिक सीमामा बन्देज लगाउने काम राम्रो हैन् । नेपाली सङ्गीत गुञ्जिरहोस् ।

---
हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.