रइस् र काबिलको भिडन्त | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

रइस् र काबिलको भिडन्त




   मन्दिप गाैतम - Jan 24 2017

यो साता दुर्इ ठुला बलिउड चलचित्रहरु प्रदर्शनमा आउदैछन् । पहिलो सुपरस्टार शाहरुख खान को रइस् र दोस्रो अर्को सुपरस्टार ऋतिक रोशन को काबिल । दुइटा ठुला चलचित्रहरु एकै मितिमा प्रदर्शन भएको यो पहिलो पटक भने हैन । यी दुर्इ नायककै यसअघी रिलिज भएका चलचित्रहरु अर्को स्टारको चलचित्रसँग जुधेका थिए । एकातिर शाहरुखको "दिलवाले" रणबिर सिंह को चलचित्र "बाजिराओ मस्तानी" सँग जुधेको थियो भने अर्कोतिर ऋतिकको "मोहेन्जो दरो" अक्षय कुमारको "रुस्तम" सँग ।

त्यो प्रतिस्पर्धामा दुवै नायक बीच समानता के रह्यो भने दुवै नायकको चलचित्रले अर्को ठुलो चलचित्रसँग जुध्दा बक्स अफिसमा मात खानु परेको थियो ।

 
दुर्इटा चलचित्र एकै मितिमा रिलिज हुँदा व्यापारिक मामिलामा दुवै चलचित्रलार्इ घाटा हुने त पक्का हो । यस्तोमा शाहरुख खानको चलचित्र २०१६ मा ईद को मौका पारेर सलमान खानको "सुल्तान"सँग जुध्ने पक्का भएको थियो तर पछि शाहरुखले त्यसबेला चलचित्रको मिति सारेर त्यसलाई २०१७ मा ऋतिक रोशनको चलचित्र काबिलको रिलिज डेटमै आफुहरुले रइस् लार्इ रिलिज गर्ने घोषणा गरे । काबिल का निर्माता, ऋतिकका पिता राकेश रोशनले शाहरुख खानको चलचित्रलार्इ आफ्नो चलचित्रसँग नाजुधाउन शाहरुखलार्इ अनुरोध गर्दै आए तर यो क्लाय्स टर्न सकेन र दुवै चलचित्र २६ जनवरीमा भारतमा हुने सार्वजनिक बिदालार्इ लक्षित गरेर २५ जनवरी बिहिबार नै रिलिज हुने पक्का भयो । भर्खर मात्रै दुवै नायक ले एउटा असफल चलचित्र दिएका छन् , शाहरुखको "फ्यान" र ऋतिकको "मोहेन्जो दरो" लार्इ दर्शकले सीधै अस्विकार गरेका थिए । यस्तोमा यो साता रिलिज हुने यी नायकका चलचित्रहरुलाई दर्शकले रुचाउन दुवै नायकका लागि कति आवश्यक छ अनुमान गर्न सकिन्छ।

रइस् मा शाहरुख खानलार्इ पाकिस्तानी नायिका महिरा खान र नवाजुद्दीन सिद्दिकी ले साथ् दिदैछन् भने उक्त चलचित्रमा सनि लिओनीको आइटम डान्स समेत रहेको छ ।


काबिलमा ऋतिक रोशनसँग यामी गौतम र रोनित रोए देखा पर्नेछन् भने यो चलचित्रमा उर्वशी राउटेला को आइटम डान्स रहेको छ ।


समय आएपछि थाहा भै नै हाल्छ कुन चलचित्रले दर्शक को साथ पाउछन् र कुनलाई दर्शक ले नकार्छन । 
तपाईहरु चाँही कुन चलचित्र हेर्ने सोच मा हुनुहुन्छ ?



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.