चलचित्र 'म त तिम्रै हुँ' | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

चलचित्र 'म त तिम्रै हुँ'




   Suyog Dhakal - Jul 25 2016

सन्दर्भहिन गीतको भिजुअलका लागी पाल्पा, कृष्ण गण्डकी पुगेको चलचित्रले अरुभन्दा पनि आन्तरिक पर्यटनको लागी केही टेवा पक्कै पूर्याएको भान हुन्छ । नचाहिएको र अवास्तविक तिहारको परिपेक्ष्य जोडेर चलचित्रले के कुराको जानकारी दिनखोजेको हो निर्देशनमा हाम्रो एउटै प्रश्न !



सुयोग ढकाल/हाम्रो पात्रो | चलचित्र शायद बिषयनै यस्तो हो जहाँ नवप्रवेसीहरु संगसंगै पुराना चलचित्रकर्मी घरानाहरु सक्रिय देख्नसकिन्छ । कलिउड र बलिउडमा परिवार र थरको बर्चस्व छ जस्तै कपुर घराना, खान घराना आदि अनि नेपालमा पनि पुराना पुस्ताका चलचित्रकर्मी र कलाकारहरुको नयाँ पुस्ताले इन्ट्रीमार्दै घरानाको क्लबमा नाम दर्ता गराइरहेका छन् अनि पुराना कलाकारहरु आफूलाई नयाँ रुपमा प्रस्तुत गर्दैआएका छन् चाहे ती भुवन केसि एकजना निर्माताको रुपमा छोरा अनमोलको साथ हुन् या शोभित बस्नेत का छोरा सलोन या एक समयकी चर्चित चरित्र अभिनेत्री एवं ब्युटिसियन राधा लम्सालकि छोरी अरुणीमा नै किन नहुन ?

कुरा गरौं चलचित्र 'म त तिम्रै हुँ' को, भुवन केसिसँग छोडपत्र पश्चात पूर्व नायिका शुस्मिता केसीले अभिनय एवं निर्माण गरेकाे चलचित्र अनमोल केसी ब्यानरमा निर्माण गरिएको हो  'म त तिम्रै हुँ' र कलाकारहरुमा आकाश श्रेष्ठ, ज्योतसना योगी, शुस्मिता केसी, जिवन भट्टराई, शुसन खड्का, अनुपम श्रेष्ठ, शुशील काफ्ले आदि रहेका छन् । जसमा संगीतको जिम्मेवारी सम्हालेका छन् हरकुलिस बस्नेतले ।

यहाँ छ चलचित्रको अाधिकारीक ट्रेलर


निर्देशन
चलचित्र बनाउन लागेको खर्च, लगानी, समय र सन्दर्भ आदि मूल्यहरुको तुलनामा चलचित्रको गुणस्तर सम्झनयोग्य छैन भन्दा फरक नपर्ला । चलचित्रको सबैभन्दा कमजोर पक्ष यस्को कथा अनि पटकथा हो अनि पटकथा लेख्दा वास्तविक यूवावर्गको परिवेश, सुहाउँदो परिघटना अनि शब्द र प्रतिक्रियासंग मेल नखाएर नै होला यो एउटा पुरानो धारको तर नयाँ अनि रंगीन चम्कीलो नेपाली चलचित्र हो । अवास्तविक प्लट अनि सम्पूर्ण रुपमा उपन्यासमा प्रयोग हुने डाइलगहरु नै चलचित्रको ठूलो कमजोरी हो । पहिलो हाफमा नकुनै चरित्र स्थापित भएको छ न त घटना नै, समग्रमा मोबाइल र वास्केटबल अनि फोटो काण्डमै सक्किने फर्सट्हाफले चलचित्रको मूलभूत बिषय नै उठाउन नसक्नु फितलो मात्र हैन लज्जास्पद कुरा हो ।

निर्देशकले आफ्नो दायरामा चल्ने प्रयास त नगरेका हैनन तर कथाको कमजोर जरोले मनमोहक चलचित्रको फल दिन कहाँ सक्थ्यो र ?

एउटा संवोधनको त्यान्द्रोले जेलिएको यो चलचित्रलाई जबरजस्ती सस्पेन्स बनाउन खोजिएको छ । अहिलेको परिपेक्ष्यमा कलेजमा पढ्ने बिधार्थीको जीवन, उनिहरुको भाषा, परिवार र कलेजको जीवनबिचको सम्बन्ध वास्तवमै निर्देशन पक्षले अझै बुझ्न जरुरी छ, अर्को चलचित्रमा काम लाग्नसक्ला ।

सन्दर्भहिन गीतको भिजुअलका लागी पाल्पा, कृष्ण गण्डकी पुगेको चलचित्रले अरुभन्दा पनि आन्तरिक पर्यटनको लागी केही टेवा पक्कै पूर्याएको भान हुन्छ । नचाहिएको र अवास्तविक तिहारको परिपेक्ष्य जोडेर चलचित्रले के कुराको जानकारी दिनखोजेको हो निर्देशनमा हाम्रो एउटै प्रश्न !

श्रीराम महतको निर्देशनमा बनेको यो चलचित्रको निर्देशन पक्ष वास्तवममै सुदृढ छैन ।

अभिनय
शुस्मिता केसीको अभिनय तारिफयोग्य छ र नायक आकाश श्रेष्ठले पनि न्याय नगरेका हैनन तथापि नायिकाको अभिनयमा भने कोशिस र न्याय दुवै देखिदैन । मुख्यतः उनको संवाद एकदमै असहज, अस्पष्ट र अग्रेजीमीश्रित उन्मुख छ । अन्य कलाकारहरुको अभिनयमा खासै बिशेष कमजोरी या उल्लेखनिय तत्व केही छैन तथापि तेश्रो लिङ्गीको अभिनय गर्ने अभिनेताको अभिनय तारिफ योग्य छ, धन्न 'उनको र उसको' अभिनयले भएपनि हँसाउने प्रयत्न गर्दछ नत्र चलचित्र कमेडिविहिन बनेको छ । नृत्यको सवालमा भने चलचित्र शून्य नै छ र हरकुलिस बस्नेतले समेत चलचित्र 'जेरी'मा पोखेको संगीत संयोजन तथा संगीतको मिठास पस्किन सकेका छैनन । अवास्तविक घटना परिघटनामा जबरजस्ति बुनिएको कथा भएर पनि कलाकारहरुले आफूलार्इ अत्यन्तै एउटा सिमित क्षमता मात्र देखाउन पाएका छन् ।

प्राबिधिक पक्ष
छायाकंन, सम्पादन अनि ब्याकग्राउन्ड स्कोरिगं लगायतका प्राबिधिक पक्ष ठिक छन्, वलिउड हलिउडमा पनि आजभोली चलेको झरनाको पानी उल्टो बगेको देखाउने चलन कलिउडमा झन सुहाएको छ र कलर टोन मिठो छ ।

चलचित्र सबैकुरा भएतापनि केही छैन्, शुस्मिता केसीको यो जमर्को त्यति हट हुन नपाउँदै सेलाउन सक्ने प्रबल संभावना छ । एकफेर पक्कै हेर्न जानुहोला भन्नेखालका १-२ वटा कारण पनि चलचित्र अवधिभर पर्दैन । निर्माण पक्षले अाउँदा दिनहरूमा लागू गर्नुपर्ने कुराहरु धेरै छन् र मुख्य रिसर्चको पाटोमा चलचित्र नमज्जाले चिप्लिदाँ नयाँ बिषयबस्तु भएता पनि पुराना डाइलग र घटनाले चलचित्रलाई नितान्त डब्बा बनाएको छ, एउटा बिर्सिनैपर्ने सम्झनाको डब्बा ।

हेर्न जाने नजाने हजुरको जिम्मा, हामी प्रत्यक्षदर्शिको हैसियतमा कूल ५ अकंमा २ अकं प्रदान गर्दछौं ।




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.