चलचित्र ‘शत्रु गते’ को ट्रेलर युट्युब ट्रेन्डिङको नम्बर एकमा (ट्रेलर सहित) | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

चलचित्र ‘शत्रु गते’ को ट्रेलर युट्युब ट्रेन्डिङको नम्बर एकमा (ट्रेलर सहित)





भिक्टर पाैडेल, काठमाडौं, फागुन १९ | महसञ्चारको प्रस्तुति तथा प्रदीप भट्टराईको निर्देशन रहेको नेपाली कथानक चलचित्र ‘शत्रु गते’को ट्रेलर युट्युब ट्रेन्डिङको नम्बरमा एकमा आईपुगेको छ । सार्वजनिक भएको १७ घण्टामै युट्यूब ट्रेन्डिङमा नम्बर एकमा आउन सफल भएको हो । कतारमा भने युट्युब ट्रेन्डिङको २१ नम्बरमा आईपुगेको छ । यो समाचार तयार पर्दा ट्रेलर ३ लाख ६० हजार भन्दा धेरैले हेरिसकेका छन् ।

नेपालको युट्यूब ट्रेन्डिङमा यस अघि चलचित्र लप्पन छप्पन रहेको थियो । चलचित्र निर्माण टीमले शुक्रवार राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरेको थियो । २ मिनेट ५२ सेकेन्डको ट्रेलरमा सबैभन्दा बढि हरिबंश आचार्यको अभिनय र संवाद रोचक रहेको छ । यो चलचित्र आगामी चैत्र ९ गते रिलिज हुँदैछ ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुषाल, राजाराम पौडेल, शिवहरि पौडेले, किरण केसी, सुष्मा कार्की, मोहित बंश आचार्य, राजु भुजु लगायतका कलाकारको अभिनय छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.