के द विनरले दर्शकको मन जीत्छ त ? -समिक्षा | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

के द विनरले दर्शकको मन जीत्छ त ? -समिक्षा




   मन्दिप गाैतम - Nov 05 2016

द विनरको समिक्षा


द विनर समिक्षा

यो साता दुई नेपाली चलचित्र 'द विनर' र 'द फेमस' रिलिज भएका छन । द विनरको ट्रेलर रिलिज हुदा धेरैले यो फिल्मको ट्रेलरको प्रसंसा गरेका थिए , आज फिल्म रिलिज हुदा के द विनरले दर्शकको मन जीत्न सफल हुन्छ त, आउनुहोस जानौ चलचित्र द विनरको समिक्षामा ।

प्लट
महेश मान श्रेष्ठ अर्थात रायन अष्ट्रेलियामा बसिरहेका एकजना च्याम्पीयन बाइक राइडर हुन । तर उनको काम बाइक कुदाउनमा मात्र सिमित छैन । उनि रोयल अर्थात रोयल मास्केको लागी अष्ट्रेलियामा ड्रगडिलिङको काम गर्छन । एकदिन रायनको भेट रोयलको बहिनीसंग हुन्छ र त्यसपछी दुवैजना प्रेममा पर्छन । तर जब रोयललाई आफ्नो बहिनी रायनसंग रिलेसनमा भएको कुरा थाहा हुन्छ , उ आक्रोशित हुन्छ र उसलाइ जुनसुकै हालतमा दुवैलाइ छुटाउनु छ । त्यसपछी रायन अष्ट्रेलियामा ड्रुग्सको स्मग्लिङ केसमा फस्छ र उ त्यहाँबाट भागेर दुवही जान्छन । रोयलको मान्छेहरु उसको पीछा गर्दै दुवहिनै पुग्छन । त्यहाबाट उम्केर फेरी रायन नेपाल आउन्छन र नेपालमा रायनलाई उसको पुरानो दुश्मन मन्चिन अर्थात मन्चिन शक्य पर्खेर बसेको छ ।द विनरको कथा रायन र उसको दुश्मनहरुको बीचको मुसा बिरालोको खेलमा आधारित छ ।यस्तोमा कसले जीत्छ त यो खेल, त्यसको लागी यहाँहरुले चलचित्र द विनर हेर्नुपर्ने हुन्छ ।

कथा पटकथा र संवाद
चलचित्रको कथा महेश श्रेष्ठकै हो । उअन्को कथामा पृथकता छ ।पृथकता कहाँ छ भने उनले नेपाली चलचित्रमा हुनेगरेको हिरो भिलेनको भिडन्तलाइ आफ्नो चलचित्रमा अष्ट्रेलिया, दुवही र नेपलमा खिचेका छन । हो यही नै यो कथा को पृथकता हो ।चलचित्रको पटकथा यो चलचित्र को मुख्य कमजोरी हो ।पटकथा निकै लजिक बिना र अनुमान गर्न योगय रुपमा लेखिएको छ । चलचित्रको २० मिनेट नपुग्दै दर्शकले पूरै फिल्म अनुमान गर्नेछन र जहाँसम्म सहिनै अनुमान गर्नेछन ।किनभने चलचित्रमा कुनै पनि ट्विस्ट आउदैन ।अन्तिममा एउटा ट्विस्ट त आउछ तर त्यतिखेरसम्म निक्कै ढिलो भैसक्छ,किनभने दर्शकले चलचित्रप्रती नराम्रो छाप राखिसक्छन त्यस ढिला भैसक्छ ।चलचित्र को अर्को कमजोर पक्ष यसको संवाद हो कुनै पनि संवाद सम्झनयोगय छैनन ।एउटा दृश्यमा रोयल र उसको बहिनी खाना खान बस्छन र त्यो दृश्य भरिको संवादमा रोयलले आफ्नो बहिनिलाइ बारम्बार बहिनी भनेर चिनाईराखेको कुराले दिक्क बनाउछ ।चलचित्रको स्क्रीप्ट निक्कै कमजोर छ ।

अभिनय
चलचित्रमा खासै पुराना कलाकारहरु देखिदैनन र चलचित्रमा सबै कलाकारले अभिनयमा राम्रो कोशिश गरेका छन ।तर सबैको अभिनयमा निखार देखिदैन ।त्यसैले कुनै पनि कलाकारले छप छोड्दैनन ।तर मलिना जोशी लाइ भने यो कुरा लागु हुदैन किनभने उनले रम्रो काम गरेकी छिन ।उनको अभिनय मा निखारता भेटिन्छ ।चलचित्र झुम्कीमा थारुको भुमिकामा देखापरेकी मलिनाले यो चलचित्रबाट पनि खुब तारिफ बटुल्नेछिन ।

प्राविधीक पक्ष
चलचित्रमा नेपलको दृश्यहरु खिचेका हुन ,पुरुशोत्तम प्रधानले र उनको काम उत्कृष्ट छ ।बाकी बिदेशमा खिचिएका दृश्यहरु ठिकठाक छन ।बोमिश शाह र मिलन श्रेष्ठको सम्पादनपनी परफेक्ट छैन ।कबिराज गहतराजको नृत्य पनि मलिनामाथी खिचिएको क्लब गीतमा बाहेक खासै चित्तबुझ्दो छैन र सङीतपनी चलचित्रको त्यस्तै छ,क्लब गीत बाहेक कुनै अरु गीतहरु सुन्नमा मज्जा आउदैन ।ब्याकग्राउन्ड म्युजिक भने चलचित्रको जती तारिफ गर्दा पनि कम हुने खाल्को छ ।चलचित्रको सबैभन्दा अव्वल र मजबूत पक्षनै रमेश भट्टराईको ब्याकग्राउन्ड म्युजिक हो ।

निर्देशन
हिक्मत बिष्टले निर्देशन गरेको यो चलचित्र धेरै पक्षहरुमा कमजोर छ ।उनको चलचित्रले कुनै दृश्यमा त फिटिक्क दर्शकको चित्त बुझाउदैन ।जस्तै यदी रायन अष्ट्रेलियामा ग्रान्ड पिक्स विनरहुन भने किन हरेक मानिशहरु उसंग रेस लगाउन चाहान्छन ।यो र यो जस्तो धेरै लजिकबिनाको दृश्यहरुको धनी छ चलचित्र द विनर । चलचित्र निर्देशकको भुमिकामा हिक्मत बिष्टको काम फितलो छ ।

समीकरण
समग्रमा भन्नुपर्दा द विनरले दर्शकको मन जीत्ला भन्ने कुरामा ठुलो शंखा छ ।मलिना जोशी र ब्याकग्राउन्ड म्युजिकनै यो चलचित्रमा विनर हो ।

हामी यो चलचित्रलाई कुल ५ मध्य १.५ अकं दिन्छौ ।

-----------

यो समिक्षा मन्दिप गाैतमले तयार पार्नुभएको हाे 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.