५ उत्कृष्ट आइटम गर्ल | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

५ उत्कृष्ट आइटम गर्ल




   मन्दिप गाैतम - Jul 24 2017

पछिल्लो समयमा नेपाली चलचित्रको गुणस्तर बढेको देख्दा सबै जसो चलचित्र प्रेमीहरु अचम्ममा परेका छन् । बिदेशी चलचित्रहरुतर्फ मात्र आकर्षित हुने दर्शकहरुको चासो पनि दिन प्रतिदिन नेपाली चलचित्रहरुमा बढी रहेको पाइन्छ । पछिल्लो क्रममा नेपाली चलचित्रमा आइटम नम्बरले पनि निक्कै सफलता हासिल गर्न थालेको छ । हुन त आइटम गीतहरु भर्खर मात्र बन्न सुरु भएका भने हैनन् , तर पहिला त्यत्ति रुचाइदैन थिए ।

यो पनि हेर्नुहोस् : कसरी बन्यो चलचित्र संरक्षण ? 

स्मरण गर्न सकिन्छ, चलचित्र लूट को “उध्रेको चोली”ले ब्यापक सफलता पाएपछि आइटम गीतहरु थुप्रै चलचित्रहरुमा देखिन थाले , तर अरु गीतहरुले त्यो सफलता खासै पाउन सकेनन् । अहिले भर्खर मात्र सार्वजनिक भएको चलचित्र "तिमि संग"को एउटा गीतमा हामीले बिशेष भूमिकामा लामो समयपछी कम्ब्याक गरेकी सुपरस्टार नायिका करिश्मा मानन्धरलार्इ समेत देख्न पाउछौ । भर्खर रिलिज भएको उक्त गीतपनि अहिले राम्रो चर्चा बटुल्ने आइटम गीत मध्य एक भएको छ । नायिका करिश्माले आइटम गीतबाट कम्ब्याक गर्नु यो कुराको प्रष्ट उदाहरण हो कि अहिलेको समयमा दर्शकहरुको रुची यी गीतहरुमा बढ्न थालेको छ ।

आउनुहोस् हाम्रो पात्रो आज यँहाहरुमाझ ति ५ उत्कृष्ट आइटम गर्लहरु प्रस्तुत गर्दछ जसले आइटम गीत गरेकै कारण सफलता पाएका छन् या भनौ उनीहरुलाई यी गीतले निक्कै छिट्टो सबै दर्शकमाझ लोकप्रिय बनाएको छ र यी आइटम गर्लहरुले आइटम गीतको महत्व नि बढाएका छन् ।

अलिशा राई

लामो समयदेखि युट्युबमा शर्ट फिल्महरु गरिरहेकी अलिशा राइको करियरको टर्निंग पोइन्ट बन्यो सुपरहिट चलचित्र “लूट २”को आइटम गीत “ठमेल बजार”। काली प्रसाद बास्कोटाको संगीत रहेको उक्त आइटम गीत स्लो पोइजन जसरि संगीतप्रेमीहरुमाझ पपुलर भयो र गीतको भिडियोमा उत्कृष्ट नृत्य प्रदर्शन गरेकी अलिशा राइ पनि बिस्तारै सबै दर्शकको मनमा बस्न थालिन। “ठमेल बजार”को भिडियोलार्इ अहिले युट्युबमा १ करोड ८० लाख पटक भन्दा बढी हेरिएको छ । यहि गीतबाट आम दर्शकमाझ लोकप्रिय भएपछी अलिशाको यसपछिका थप दुर्इ गीत “नाइँ मलाई थाहा छैन” र “जेपीटी मेरो वालमा ट्याग नगर” गीतको भिडियोले पनि राम्रो प्रतिकृया पाएको थियो ।


माला लिम्बु

गीतको बोल “काले दाइ” भएपनि उक्त गीतमा उत्कृष्ट नृत्य प्रदर्शन गरेकी माला लिम्बुले गीतको सफलतासंगै पहिला भन्दा अत्याधिक लोकप्रियता पाइन् . त्यति मात्रै हैन माला लिम्बुको चलचित्र “रातो घर”मा रहेको आइटम नम्बर “झक्कास झापाली” हेरेका दर्शकलार्इ पनि मालाले आफ्नो बोल्ड नृत्यमा लट्ठ बनाइन। लगभग डेढ करोडको हाराहारीमा दर्शकले युट्युबमा हेरिसकेको यो गीतलार्इ र माला लिम्बुलार्इ दर्शकले लामो समय सम्म बिर्सन सक्दैनन्।


स्वस्तिमा खड्का

“कुटुमा कुटु, सुपाडी दाना”ले अहिले युट्युबमा थुप्रै रेकर्ड तोड्ने अनुमान गरिएको छ। उक्त गीत अरु नेपाली गीतहरुको तुलनामा सबै भन्दा छिट्टो १ करोड पटक हेरिएको गीत पनि बन्न सफल भयो । गीत सफल हुनमा राजन राज सिवाकोटीको उत्कृष्ट संगीतको हात त छदैछ , तर गीतमा नृत्य रहेको स्वस्तिमा खड्काले पनि यो गीतसंगै थप लोकप्रियता पाएको महसुस गर्न सकिन्छ । आफ्नो रियल लाइफ जोडी निश्चल बस्नेतसंग पहिलो पटक स्क्रिन सेयर गरेकाले पनि स्वस्तिमा र निश्चलको अन स्क्रिन पेयर यो गीतले यति छिट्टै सफलता पाउनुको कारण बन्न सक्छ। त्यसबाहेक स्वस्तिमाले चलचित्र “प्रेमगीत २”को लागि पनि “मोटरसाइकल मा” बोलको गीतमा आफ्नो उपस्तिथी देखाएकी छिन्। अहिले “मोटरसाइकल मा”ले पनि निक्कै राम्रो चर्चा बटुली रहेको छ ।


सुमी मोक्तान

भर्खर मात्र सार्वजनिक भएको चलचित्र “२ रुपैया”को अर्को गीत “टल्क्यो जवानी”मा निश्चल बस्नेत र आसिफ शाहलार्इ साथ दिएकी सुमी मोक्तानको “टल्केको जवानी”ले अहिले अत्याधिक चर्चा बटुली रहेको छ। आफ्नो उत्कृष्ट कन्फीडेन्स प्रस्तुत गरेकी सुमी मोक्तानले पनि अब यहि गीतबाट दर्शक माझ झन् धेरै लोकप्रियता पाउने पूर्वानुमान गर्न सकिन्छ। यस अघि सुमी मोक्तानले थुप्रै म्युजिक भिडियो गरेकी छिन्। उनको करियरको टर्निंग पोइन्ट यहि गीत अवस्य बन्ने छ।
  
प्रमिला खनाल

भर्खर सार्वजनिक भएको चलचित्र “संरक्षण”को आइटम गीत “किशोरीलाल”मा एउटा दमदार आइटम गीतमा हुनपर्ने सम्पूर्ण तत्वहरु प्रयाप्त छन्। इनर्जीले भरिएको गीतलार्इ आफ्नो पर्फेक्ट अन्दाजले उत्कृष्ट बनाएकी छिन् उक्त गीतको आइटम गर्ल प्रमिला खनालले। मैथली गीतमा उनि यति सुहाएकी छिन कि मानौ उनको बिकल्पले सायादै त्यो गीतलार्इ न्याय गर्न सक्थ्यो। प्रमिलाले यहि गीतबाट उनि पछिल्लो समयको एउटा उत्कृष्ट आइटम गर्ल हुन् भनि पुष्टि गरेकी छिन्।


यहाँ मध्य तपाइँहरुलाई मनपर्ने को हो त ? हामीलाई अवश्य भन्नुहोला ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.