चलचित्र "छक्का पन्जा" समिक्षा | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

चलचित्र "छक्का पन्जा" समिक्षा




   Suyog Dhakal - Sep 09 2016
चलचित्र "छक्का पन्जा" समिक्षा यो कथा हो एउटा अछामी राजाको

२०७३ सालकै वहुप्रतिक्षित चलचित्र छक्कापञ्जा आजबाट देशभरिका थुप्रै चलचित्र घरहरुमा प्रदर्शनमा आएको छ । टेलिसिरियलका चर्चित हाँस्य अनुहारहरुले निर्माण गरेको यो चलचित्र एउटा सामाजिक पृष्ठभुमीमा आधारित कथानक चलचित्र हो जसलाई परिवारसंग निर्धक्क रुपले हेर्न जान सकिन्छ । ६ अकंसंग बढिनै आत्मियता भएका दिपक राज गिरिको पहिलो प्रस्तुती ६ एकान ६, दोश्रो वडा नं ६ अनि तेश्रो छक्का पञ्जा हो । आउनुहोस दिपा श्रि निरौलाले निर्देशन गर्नुभएको यो चलचित्रको समिक्षा गरौ ।

प्लट
एउटा औसत नेपाली गाउँ अनि त्यहाँका वासिन्दाहरुको कथा हो, छक्का पञ्जा । वैदेशिक रोजगारीमा जाने नेपालीहरुको कथा जहाँ मलेसिया जानेदेखि अष्ट्रेलिया र अमेरिकाजानेसम्मको कथा हो छक्का पञ्जा । अछामी राजा अनि उन्का वेरोजगार गाउलेसाथीहरुको केमिष्टी्र हो यो चलचित्र जसमा कथाले काठमाण्डौसम्म घुमाउन ल्याउँदछ । सम्पूर्ण रुपमा नेपालीजनको कथा अनि ब्यथा समातेको यो चलचित्रले यूवाहरुको विदेशप्रेम अनि वैदेशिक रोजगारीले देखाएको समाजका खराब पाटाहरु केलाएको छ । राजा हुन दिपक राज गिरि जो अछामे टोनमै बोल्दछन, उनका साथीहरु जितु नेपाल एउटा पण्डितका पण्डित छोरा हुन् । बुद्धि तामाङ्ग विवाहित अधवैंसे हुन भने माग्ने बुढा अर्थात् केदार घिमिरे आफ्ना बुढीआमाका एकमात्र साहारा हुन् । दिपक राज गीरि राजा मनका अच्छा मान्छे त हुन तर उनका अब्यवहारीक आदर्श र अरुहरुसँग छक्का पञ्जा गर्ने बानी र समयले उनिमाथीनै गरेको छक्का पञ्जा हो यो चलचित्र र विवाह नगरिकन अनि मेहेनत नगरिकन आनन्दको जीवन बिताउने केटाहरुको जीवनमा आएको परिवर्तन र परिवेश हो, छक्कापञ्जा ।

कथा, पटकथा र संवाद
चलचित्रको संवादनै यसको गहना हो, ठेट घटना र हास्यप्रधान संवादहरुले चलचित्रलाई हेरुन्जेलसम्म रमाइलो बनाएको छ ।

सम्झनयोग्य डाइलगः
1) अल्कोहल अर्थात अल समस्याको हल भएकाले अल्कोहल भएको कुरा
2) तिम्रो खोकीले अरुभन्दापनि चोर चाही आउँदैन भन्ने डाइलग 
3) कानको दुइटा काम हुन्छ कि न समाचार सुन्न कि त चश्मा अड्याउने
4) खसीले दुइटै गर्दैन त्यहि भएर खसीको कानको के काम ?



धेरै पञ्च लाइनले बनाएको यो चलचित्र संवादको हिसाबले उत्कृष्ट छ । प्रथम हाल्फमा राम्रो र लोभलाग्दो चलचित्र विस्तारै दोश्रो हाल्फमा चिप्लिन थाल्छ । प्रथम हाल्फमा वहुतै राम्रो किकस्टार्ट गरेको चलचित्र दोश्रो हाल्फमा नचाहिने र कन्भिन्सनै नहुने सामाजिक फिक्शनतर्फ अगाडि बढ्दछ । प्रियकां कार्कीको रोल शुरुमा दमदार देखिएपनि पछिको उनको उपस्थितीलाई कथाले न्याय दिनसकेको छैन । सरल सुकुमार अनि महिलावादी प्रियंका आखिर किन अर्कैसँग गइन र कोही अरुको बदलाकालागि किन उनि त्यतिसम्म होमिइन ? बिचमा धेरै कन्भिन्स नहुने परिघटनाहरु छन् जुन हेर्नलाई तपाई आफै जान जरुरी छ । चलचित्र एउटा खुशी अनि सुखद अन्तमा सकिन्छ । अगाडिको चलचित्र वडा नम्बर ६ को तुलनामा कथामा खासै दम चाँही छैन तर हँसाउन रुवाउन अनि नेपाली ग्रामीण परिवेश देखाउन कुनै कसर बाँकी राख्दैन ।

प्राविधिक पक्ष
पुरूषोत्तम प्रधानको छायाङ्कन उत्कृष्ट छ र कला निर्देशन पक्षपनि एकदमै राम्रो छ । ब्याक ग्राउन्ड संगीतमा सुजिल कर्माचार्यले राम्रो गरेका छन भने अल्मोडा राणा उप्रेतीको गीत एरेञ्जमेन्ट राम्रो छ । जम्मा दुइवटा गीत भएपनि दुबै गीत एकदमै उत्कृष्ट छन, गीत संगीतमा दिपक शर्माले राम्रो गरेका छन् । कोरियोग्राफि उत्कृष्ट छ र एडिटिंग पनि राम्रो छ ।

अभिनय
दिपक राज गिरिलाई राजाको रुपमा सुहाएको छ र पहिलेका चलचित्रको तुलनामा उनको यो राजा पात्रले गरेको अभिनय धेरै राम्रो छ, विशेषत अछामी लवजमा उनको अभिनय जिवन्त छ । केदार घिमीरे चमत्कारी हाँस्य कलाकार हुन जो स्क्रिनमा हुँदा हाँसो नउठ्ने सवाल नै छैन र यस चलचित्रमा उनी उत्कृष्ट र हास्य भूमिकामैं आउँछन । दाश्रो हाफमा उनि निकैबेर स्क्रिनमा देखा नपर्दा दर्शकहरुलाई खल्लो लाग्न सक्छ । जितु नेपालको कामपनि उत्कृष्ट छ भने वुद्धि तामाङ्गको कामपनि राम्रो छ तर उनको हैट फर्मूला अबभने दर्शकलाई नौलो लाग्दैन, आफ्नो पुरानो अभिनयको धारालाई उनले परिवर्तन गर्न जरुरी छ । शिवहरि पौडेललाई कथाले उत्ति ठाउँ दिएको छैन तथापि पाएजति ठाउँमा उनले राम्रो गरेका छन् । बाँकि प्रियंका कार्की, नम्रता सापकोटा र वर्षा राउतको काम पनि उत्कृष्ट छ । खासगरि नम्रता सापकोटाले भर्खरै प्रदर्शनमा आएको चलचित्र ब्रासलेटबाट पनि खुबै तारिफ बटुलेकि छिन । त्यस बाहेक चलचित्रमा हाँस्य टेलिसिरियलमा देखिने प्राय सबै कलाकारको उपस्थिती रहेको छ र आर्यन सिग्देलको विशेष प्रस्तुती अलिक खलनायकी हिसाबको भएकाले सबैलाई उनको त्यो Surprise प्रस्तुती कत्तिको मन पर्ने हो, त्यो अाउँदो दिनले बताउँछ । 

निर्देशन
आफ्नो डेब्यू चलचित्र छक्कापञ्जामा दिपा श्री निरौलाले तारिफ योग्य काम गरेकि छिन, कमजोर कथाले उनको चलचित्रलाई सर्वोत्कृष्ट बनाउन नसकेपनि आफ्नो सहकर्मी साथीहरुसंग मिलेर एउटा मनोरञ्जनले भरिपुर चलचित्र दिएकी छिन । उनिपनि अतिथि भूमिकामा चलचित्रमा देखापर्छिन र माग्ने बुढा र उनको बिचको त्यो दृश्य मिठासले भरिपूर्ण छ । कथामा अलिकति ध्यान दिएको भए उनको यो निर्देशन अझ अब्बल र एतिहासिक हुने थियो तर जस्तो होस उनले एउटा रमाइलो चलचित्र बनाएकि छिन ।

समिकरण
रमाइलो पहिलो हाफ तर वहकिएको दोश्रो हाफ, छक्का पञ्जाको दुइघन्टा मनोरञ्जनले भरपुर त छ यद्धपी दर्शकलाई फिल्ममा केही अपुग जस्तो भने लागिरहन्छ । दोश्रो हाफमा भडकिएको कथा र लोकप्रिय कलाकार माग्ने वुढोलाई स्क्रिनवाट निकैवेर पर राख्नुमै खोट देखिन्छ जसलेगर्दा यो चलचित्र यहि टिमले बनाएको वडा नं ६ जस्तो उत्कृष्ट चाँही हुन सक्दैन ।

हामी यो चलचित्रलाई ५ अकंमा ३.५ अकं दिन्छौ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.