दशैं विशेषः नेपाली सङ्गीतमा चारै प्रहर जागा रहने 'नाइट ब्याण्ड'का साथ | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

दशैं विशेषः नेपाली सङ्गीतमा चारै प्रहर जागा रहने 'नाइट ब्याण्ड'का साथ




सुनको जुत्ता जो लगाँउछन्, रगतको बुट्टा बनाँउछन्... कोशी ले नै तिरै हजुर... पुतलीको भेष...


'नाइट ब्याण्ड'का साथ दशैं विशेष

दशैं बिशेष कुराकानीमा आज हामीसंग हुनुहुन्छ, नेपाली मौलीक बाजा, ठेंट भाका तथा लोकगीतको अध्ययन अनुसन्धान तथा संरक्षणमा क्रियाशिल नेपाल तथा विश्व सङ्गीत सागरमा अत्यन्त चर्चित सांगीतीक समूह, 'नाईट ब्याण्ड' । 

यस समुहले आफ्ना गीतहरु बाहेक चलचित्रमा पनि सङ्गीत दिएको छ । 'छड्के' अनि 'सुन्तली' जस्ता चलचित्रमा सफल सङ्गीत दिएको यस समूहको अन्तराष्ट्रिय जगतमा पनि आफ्ना फरक माैलिक साङ्गीतिक प्रस्तुती अनि धूनकालागि अत्यन्त सफल छ ।

यो पनि हेर्नुहोस् : दशैं विशेषमा दिपक बज्रचार्य अनि वहाँको विशेष सङ्गीत

दुई पटकको विश्व सङ्गीतको सर्वोत्कृष्ट पुरस्कार बिजेता भारतीय साङ्गीतिक श्रष्टा ए आर रेहेमानसंग साङ्गीतिक समायोजन गरेर प्रत्यक्ष प्रस्तुती दिएका 'नाईट ब्याण्ड' नेपालको एकमात्र एउटा साङ्गीतिक समूह हो जुन विश्व सङ्गीतको महाकुम्भ वोमेक्स (WOMEX) मा दूर्लभ प्रस्तुतीकालागि छनौट भएको थियो । बिबिसी वर्ल्ड रेडियोमा प्रत्यक्ष अन्तरवार्ता दिएका यस समूहले अर्जेको अन्तराष्ट्रिय पलेँटीहरु विश्वका कैंयन सुप्रसिद्ध अनि अत्यन्त सफल श्रष्टाहरुले अझै पाउन सकेका छैनन् ।

परम्परागत बाजाहरुमा अध्यन अनि शोध गर्ने समूहका सदस्यहरु कहिले दाङ त कहिले अछामका दूर्गम भेगहरुमा माैलिक स्थानीय बाजा अनि परम्पराको गोठाला बनेर संरक्षण गर्न कैंयनपटक कुदिसकेका छन् । पूर्वेली भाकादेखि पश्चिमे देउडा, झ्याउरेदेखि गाईनेका भाकासम्म यस समूहले निरन्तर पस्किरहेको छ ।

कोशीको बाढिले बगाएका पीडादेखि गल्फ तथा मिडिल-इस्टबाट बाकसमा फर्केर आएको परदेशी नेपालीको कथासम्म यस समूहको चर्चित सङ्गीत हुन्ः

सुनको जुत्ता जो लगाँउछन्, रगतको बुट्टा बनाँउछन्...
कोशी ले नै तिरै हजुर...
पुतलीको भेष... जस्ता धेरै गीतहरु यसका उदहारणहरु हुन् ।

लोप भइसकेको पाते बाजाको प्रत्यक्ष गायन, सङ्गीत अनि शब्द सम्मिलित यो अत्यन्त मार्मीक, सान्दर्भिक छ । माैलिक नेपाली सङ्गीतको प्रतिबिम्ब 'नाईट ब्याण्ड'को दशैं विशेष प्रस्तुती केवल 'हाम्रो पात्रो'मा बडा दशैंको विशेष उपहार हाम्रा तमाम प्रयोगकर्ता नेपालीहरूकालागि हामिले राखेका छाैं ।

गाँउघरमा माहौल पक्कै पनि रोमाञ्चक छ, मुग्लान पसेका साथीभार्इ अाफन्तजन, प्रियजन अाफ्ना गाउँठाउँमा कत्तिको फर्केका छन ? शहर बस्नेहरु पनि गाँउठाउँ फर्केका छन् कि छैनन ? कत्तिका आमाबुवा, दिदि वहिनी, दाजू भार्इका मन हर्षले गदगद होलान त कति प्रतिक्षाका अाँखा अोछ्यार्इ पर्खि बसेका होलान् । छोराछोरी, बुहारी अनि नातिना लगायत तीन चार पुस्तानै घरमा भेला भएको हुनपर्दछ । लिपपोत गरिएको सफा काठले बनेको नेपाली टाँडेघरको रौनक वास्तवमैं अतूलनीय छ, आजैबाट खसीबोका काट्ने तथा वलि कार्य प्रारम्भ भइसक्यो ।

चाडवाडहरु नभईदिएका भए हाम्रो जीवन कति निरस हुन्थ्यो होला ? चाडपर्वले जीवनलाई एउटा फरक उर्जारसले भर्नेगर्दछ । यो दशैंपछि म यो गर्छु, त्यो गर्दिन भन्ने हाम्रा स्वप्रतिज्ञाहरु र योजनाहरु पनि छन्, दशैंले सबको इच्छा पूरा गरोस् । यो चाड सनातन हिन्दू मात्रको नभर्इ तमाम नेपालीजनको हो, यसको माैलिक विशेषता भनेकै यहि हो । तडक भडक भन्दा पनि सामान्य जीवनशैली अनि असामान्य आत्मियताका साथ चाड मनाउनुहोला । यो रमाइलो माहौलको शुभकामना ! जय होस् !! 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.