कस्तो बनेको छ दयाहाङ अभिनित चलचित्र "तान्द्रो"? समीक्षा | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

कस्तो बनेको छ दयाहाङ अभिनित चलचित्र "तान्द्रो"? समीक्षा




दयाहाङ राइले फेरी एकपटक तपाइहरुको मन जित्नेछन् । "व्हाइट सन" पछि यो उनको अर्को अब्बल प्रस्तुति हो । रामबाबु गुरुङ्गको सानो भूमिकाले धेरै प्रभाव पार्दछ । दर्शकले उनलाई भुल्दैनन् । त्यसबाहेक बुद्धि तामांगले पनि उत्कृष्ट अभिनय गरेका छन् । बाँकि सबै कलाकारको अभिनय उत्कृष्ट छ ।


चलचित्र "तान्द्रो" समीक्षा

१० बर्ष जनयुद्ध हाम्रो देशले भोगेर आएको छ । यो लामो युद्धसंगै देशमा थुप्रै परिवर्तन मात्र आएनन् । यो कष्टकर समयमा थुप्रै यस्ता सत्य कथाहरु पनि जन्मिए जुन सायद धेरै कसैलाई थाहा छैन । यस्तै एउटा कथा छ गगन बहादुर लामाको जसलाई उनले "स्मृतिका डोबहरू" नामक किताबमा उतारेका छन् । निर्देशक साम्तेन भुटियाले त्यहि किताबमा आधारित रहेर निर्देशन गरेको चलचित्र "तान्द्रो" आज रिलिज भएको छ । थुप्रै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन भएर राम्रो चर्चा बटुल्न सफल फिल्म अब निर्माण भएको केहि समयको अन्तरालपछी यहाँ प्रदर्शन गरिएको हो । चलचित्र "तान्द्रो" कस्तो छ त ? आउनुहोस् जानौं समीक्षामा ।

यो पनि हेर्नुहोस् : कथाकार - "शुभविवाह"

प्लट
कामरेड कोशिश देशमा राजनैतिक परिवर्तन ल्याउन युद्धरत छन्, एकदिन सेनाले अकश्मात् गरेको आक्रमणमा उनको टोलिबाट कोहि फरार हुन्छन् भने कोहि शहीद बन्न पुग्छन् । त्यतिबेला नै आफ्नो घुँडामा गोलि लागेर घाइते हुन पुगेका दयाहाङ राइ भने जसोतसो बाँच्छन् तर उनि हिंडडूल गर्न नसक्ने अवस्थामा छन् । चलचित्र "तान्द्रो"मा एउटा घाइते क्रान्तिकारीको कथालार्इ प्रस्तुत गरिएको छ । कस्तो छ उनको अवस्था ? उनले कसको मद्दत पाउँछन् ? कसरि हुन्छ उनको गुजारा ? यो सबै कुराहरु थाहा पाउन यँहाले चलचित्र "तान्द्रो" हेर्नपर्ने हुन्छ ।

कथा पटकथा संवाद
सत्य घटनामा आधारित यो चलचित्रको कथा कुनै व्यवसायीक नेपाली चलचित्र जस्तो मसलाले भरिएको अवश्य छैन । यो कुरा चलचित्र हेर्न जानु अघिनै दर्शकले बुझ्न जरूरी हुन्छ । यो एउटा पीडामा रहेको घाइते क्रान्तिकारीको कथा हो जसले अवश्य तपाइको मनलार्इ सताउनेछ या भनौं कुत्कुत्याउनेछ । चलचित्रको पटकथा पनि अव्वल छ । एउटा दृश्यमा एउटा सानो बच्चाले आफ्नो अञ्जुलीमा पानी ल्याएर दयाहाङलार्इ दिन्छिन् जुन निक्कै उत्कृष्ट छ र त्यस दृश्यले थुप्रै कुराहरु बुझाइदिन्छ, चलचित्रका संवादहरु पनि ठिक छन् ।


कलाकार
दयाहाङ राइले फेरी एकपटक तपाइहरुको मन जित्नेछन् । "व्हाइट सन" पछि यो उनको अर्को अब्बल प्रस्तुति हो । रामबाबु गुरुङ्गको सानो भूमिकाले धेरै प्रभाव पार्दछ । दर्शकले उनलाई भुल्दैनन् । त्यसबाहेक बुद्धि तामांगले पनि उत्कृष्ट अभिनय गरेका छन् । बाँकि सबै कलाकारको अभिनय उत्कृष्ट छ ।

प्राविधिक पक्ष / निर्देशन
पुरुषोत्तम प्रधानको छायाङ्कन ठिक छ र उनको प्रायः अरु चलचित्र भन्दा भिन्न छ । सुजिल कर्माचार्यको ब्याकग्राउण्ड सङ्गीत अव्वल छ, चलचित्रलार्इ कथावस्तुसङ्गै व्याख्या गर्न उनको सङ्गीतले न्याय गरेको छ । निर्देशक साम्तेन भुटियाले चलचित्र तान्द्रोलार्इ आफुले देखाउन खोजेको कथामै सिमित राखेका छन् । उनले सानो कथालार्इ इङ्गेजिङ बनाउन सफल भएका छन्, उनको काम अब्बल छ । 

समीकरण
समग्रमा "तान्द्रो" अब्बल चलचित्र बनेको छ । तर यो चलचित्रले नेपालमा सिमित दर्शक पाउनेछ । यदि तपाईहरु स्तरीय र क्लासि चलचित्रको सौखीन हुनुहुन्छ भने यो हफ्ताको रिलिज "तान्द्रो" नछुटाउनु होला ।

रेटिंग : ३.५ / ५ 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.