ब्लग - साहित्य / मनोरञ्जन

कस्तो बनेको छ चलचित्र "२ रुपैयाँ" ? चलचित्र समीक्षा




   मन्दिप गाैतम - Sep 08 2017
"२ रुपैयाँ" चलचित्र समीक्षा

पछिल्लो केहि समय यता नेपाली चलचित्रको स्तरमा धेरै नै परिवर्तन देखिन थालेको छ, चलचित्रको स्तरमा परिवर्तन आएसंगै नेपाली चलचित्र हेर्न दर्शकहरुपनि ह्वात्तै बढेको छ । आजकाल त कुनै चलचित्रको उत्कृष्ट सङ्गीत र ट्रेलर सार्वजनिक भएसँगै, सो चलचित्र छोटो समयमै चर्चा कमाउन सफल हुन्छ र दर्शकहरु माझ प्रतिक्षित चलचित्र बन्न पुग्छ । यो साता रिलिज भएको चलचित्र "२ रुपैयाँ" पनि आफ्नो उत्कृष्ट सङ्गीत र ट्रेलरको कारणले निक्कै चर्चा मा रहन सफल भयो । तर के पूर्ण चलचित्र हेरेपछि दर्शक लार्इ यो चलचित्र यसको सङ्गीत र ट्रेलर जत्तिकै उत्कृष्ट लाग्न सक्छ त ? या थुप्रै अपेक्षा बोकेर हलसम्म पुगेका दर्शकले चलचित्र हेरेर निस्कदा निराश हुनपर्छ ? आउनुहोस यो कुराहरुलाई वृस्तित रूपमा केलाउ चलचित्र "२ रुपैयाँ" को समीक्षामा ।

प्लट
दारी (आसिफ शाह) र जुरेली(निश्चल बस्नेत) टिका पहारीको लागि २ नम्बरी काम गर्दछन् । बोर्डर पारिबाट आएको सामान लिन जाने यी दुर्इलार्इ टिकाले हरेक पल्ट एउटा २ रुपैयाँको नोट दिएर पठाँउछन् र त्यो २ रुपैयाँको नोट देखाएपछी बल्ल पार्टीले यी दुर्इलार्इ करोडौको अवैध सामान दिनेहुन्छ । एक दिन यसरि नै सामान लिन जाने क्रममा जब दारिले त्यो दुर्इ रुपैयाँको नोट गुमाउदछन् तब यी दुइ समस्यामा पर्न थाल्छन् । त्यसपछि बाकिको चलचित्र नोट नहुदा के कस्तो समस्या आउँछ यी दुइ साथिलार्इ र आखिर यिनीहरुले कसरि त्यो समस्याको समाधान गर्छन ?  यहि सेरोफेरोमा चलचित्र २ रुपैयाँ घुमेको छ ।

कथा, पटकथा र संवाद
आसिफ शाह र असिम रेग्मीले लेखेको चलचित्रको कथा भिन्न अवश्य छ ।  चलचित्रको पटकथा पनि राम्ररि लेखिएको छ, एउटा कमजोरी के छ भने यस पटकथाले दर्शकलार्इ होल्ड त कसोगरी गर्छ तर कुनै बेलापनि दर्शकलार्इ उतार चढावको यात्रामा लैजान सक्दैन । चलचित्र सरल तरिकाले बगेको छ, त्यस्तोमा दुर्इ पात्रले दुर्इ रुपैया खोज्दाको संघर्ष थप मजेदार भए हुन्थ्यो भनि दर्शक आस गरेर बसिरहन्छन् र त्यस्तो हुदैन । यो कुराले दर्शकलार्इ थोरै भएनी खिन्न बनाउन सक्छ, तर पनि समय समयमा हसाइ रहन आउने संवादहरुले चलचित्रलार्इ एन्गेजिंग बनाउदछ ।

त्यसबाहेक अर्को कमजोरी भनेको पटकथा र सम्वादहरुले बेला बेलामा हासो त दिन्छन् तर हासोको लहर उत्पन्न गराउन भने सक्दैनन् । 

कलाकार
आसिफ शाहले उत्कृष्ट काम गरेका छन् भने निश्चल बस्नेत सुरुका केहि दृश्यहरुमा कमजोर लाग्दछन् बाकि उनले पनि आफ्नो पात्रलार्इ सक्दो न्याय गरेका छन् । मेनुका पौडेलबाट धेरै अपेक्षा गर्न यस चलचित्रमा भने जायज नहोला , उनि जतिबेर पर्दामा देखिन्छिन् दर्शकको ध्यान उनीतिरै रहने चाही पक्का हो । बुद्धि तामाङ्गले राम्रो काम गरेका छन् , त्यसबाहेक राजन र्इशान, टिका पहारी र प्रतिक राज न्योपाने पनि आफ्नो भूमिकामा सुहाएका छन् । रबिन्द्र झा पनि उत्कृष्ट छन् ।


प्राविधिक पक्ष र सङ्गीत
शिवराम श्रेष्ठको छायाँकन र लोकेश बज्राचार्यको सम्पादन अव्वल छन् भने रोहित शाक्य र शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर पनि उल्लेखनीय छ ।

राजन राज शिवाकोटीको "कुटुमा कुटु" चलचित्र कै एउटा उत्कृष्ट पक्ष हो , स्वस्तिमाको उपस्थितिमा कविराज गहतराजको नृत्य निर्देशन रहेको यो गीतले चलचित्रमा सुगन्ध भरेको छ । रोशन थापाको "टल्क्यो जवानी" पनि राम्रो छ र बिशेष गरि यो गीतको छायाँकन पनि अव्वल छ ।

निर्देशन
असिम शाहले चलचित्र " २ रुपैयाँ" लार्इ एउटा लाइट कमेडी बनाउन खोजेका छन् , उनको निर्देशन राम्रो छ । दुर्इ पात्रको संघर्ष लाइ उचाई दिदै अगाडी बढाउन नसक्नु पक्कै पनि उनको कमजोरी हो । यद्यपी उनले आफ्नो कामलार्इ धेरै हदसम्म न्याय गरेका छन् ।

समीकरण
"२ रुपैयाँ" लार्इ पूर्णतया कमेडी चलचित्र भन्न सकिन्न किनकि अहिलेको समयमा कमेडी त रोमान्टिक चलचित्रमा समेत रहने गरेको छ, ट्रेलर हेरेर यो चलचित्र पूर्णतया कमेडी हो भनि हल छिरेमा तपाई खिन्न भएर निस्कन सक्नुहुनेछ । बाकि "२ रुपैयाँ"ले मानोरंजन त अवस्य दिनेछ ,तर अपेक्षा धेरै नगर्नु उचित रहला ।

रेटिंग : ३/५ 

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 103.88
  • 104.48
  • European euro
  • 122.46
  • 123.17
  • UK pound sterling
  • 137.67
  • 138.46
  • Swiss franc
  • 104.94
  • 105.55
  • Australian dollar
  • 78.52
  • 78.97
  • Canadian dollar
  • 81.25
  • 81.72
  • Singapore dollar
  • 76.63
  • 77.07
  • Japanese yen (10)
  • 9.26
  • 9.32
  • Chinese renminbi (Yuan)
  • 15.66
  • 15.75
  • Saudi Arabian riyal
  • 27.7
  • 27.86
  • Qatari riyal
  • 28.53
  • 28.69
  • Thai baht
  • 3.17
  • 3.19
  • UAE Dirham
  • 28.28
  • 28.44
  • Malaysian ringgit
  • 25.03
  • 25.18
  • Korean Won (100)
  • 9.47
  • 9.53
  • Swedish Krone
  • 12.31
  • 12.38
  • Danish Krone
  • 16.46
  • 16.55

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम