४३ देशका ९९ चलचित्र, शुक्रवारदेखि "एकादेशमा" | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

४३ देशका ९९ चलचित्र, शुक्रवारदेखि "एकादेशमा"




"Let There Be Light" यो बर्ष एकादेशमा महोत्सवको मुख्य थीम पनि हो । चलचित्रमा प्रकाशको भूमिका मुख्य रहन्छ । त्यस्तै केहि ओझेलमा परेका या भनौं धेरै मान्छेहरुलाई थाहा नभएका समाजका केहि कथाहरुलाई प्रकाश पार्ने किसिमका ३४ चलचित्रहरु यस अंश अन्तर्गत प्रदर्शन गरिनेछ ।



नेपालकै एउटा चर्चित लघु चलचित्र महोत्सव "एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सव"को पाचौं संस्करण यहि शुक्रवारदेखि राजधानीको कुमारी सिनेमा हलमा सुरु हुदैछ । सोमवार नेपाल पर्यटन बोर्डको हलमा सम्पन्न भएको पत्रकार सम्मेलनमा आयोजक टिमले यस पाचौं संस्करणको विवरणहरु वृस्तीत रुपमा खुलाएको थियो ।


आयोजक टिमको भनाइ अनुसार देश तथा विदेशबाट आएका सैयौं चलचित्रहरु माझबाट उत्कृष्ट ९९ चलचित्र छानेर अब प्रदर्शन गर्न लागेका हुन् । यी ९९ चलचित्रहरु "Let There Be Light", "Changing Perspective", "Future Of Cinema" र "Power" गरि चार अंशमा चलचित्रको थीम अनुसार विभाजित गरिएको छ । 

"Let There Be Light" यो बर्ष एकादेशमा महोत्सवको मुख्य थीम पनि हो । चलचित्रमा प्रकाशको भूमिका मुख्य रहन्छ । त्यस्तै केहि ओझेलमा परेका या भनौं धेरै मान्छेहरुलाई थाहा नभएका समाजका केहि कथाहरुलाई प्रकाश पार्ने किसिमका ३४ चलचित्रहरु यस अंश अन्तर्गत प्रदर्शन गरिनेछ । जसमध्य १४ चलचित्रहरु कुमारी सिनेमा हलमा नियमित प्रदर्शन हुनुसंगै काठमाडौँ, ललितपुर र भक्तपुरको दरबार स्क्वायरमा पनि स्थानीयलार्इ लक्षित गरेर प्रदर्शन गरिनेछ । 


त्यस्तै "Changing Perspective"अंशमा भने अप्रचालित अभिव्यक्ति बोकेका, गहन काल्पनिकता बोकेका केन्द्रित कथन शैलीलाई आत्मसाथ गरेका २० लघु चलचित्रहरु परेका छन् । यी २० चलचित्रहरु बीच एक आपसमा प्रतिष्पर्धा चल्नेछ जसलाई निर्णायक नायिका मनिषा कोइराला, पाउलो बर्टोलिन र मोस्तफा सर्वार फारुकीको ज्युरी प्यानलले हेरेर यी मध्यको सर्वोत्क्रिष्टलार्इ पुरस्कार समेत प्रदान गरिनेछ । 


अर्को अंश रहेको छ "Future Of Cinema", यस अंशमा चलचित्र अध्यनरत बिद्यार्थीहरुले अध्यनकै क्रममा बनाएका उत्कृष्ट १७ चलचित्रहरु प्रदर्शन गरिनेछ । यस अंशमा पर्न सफल चलचित्रको निर्णायक प्यानल भने नेपाली चलचित्रकि सफल नायिका नम्रता श्रेष्ठको अगुवाईमा रहनेछ ।


"Future Of Cinema" एकादेशमा को चलचित्र अध्यन गर्ने बिद्यार्थीहरुलाई प्रोत्साहन गर्ने एउटा प्रयास पनि  हो । 


एकादेशमाको अन्तिम अंश भने "Power" भन्ने रहेको छ, यस अंशमा नारि शक्ति या नारि केन्द्रित चलचित्रहरु प्रदर्शन गरिनेछ । यो अंश एकादेशमाले यहि वर्षबाट सुरु गरेको हो । यस अंशमा १८ नारि केन्द्रित चलचित्रहरु प्रदर्शन गरिनेछ ।

यी विधाहरु बाहेक एकादेशमाले हरेक संस्करणमा कुनै एउटा देश लक्षित गरेर त्यहाँका चलचित्रहरुलाई पनि महोत्सवमा समावेश गर्दै आइरहेको छ । पोहोर साल भुटानको केहि चलचित्रहरुको स्वाद नेपाली दर्शकले लिन पाएका थिए भने यो बर्ष नेपाली चलचित्र प्रेमीहरुले बंगलादेशका स्तरीय चलचित्रहरु हेर्न सक्नेछन् ।

एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सव यहि शुक्रवारदेखि आइतवारसम्म चल्नेछ । महोत्सवको ओपनिंग सेरेमोनी भने बिहिबार साँझ आयोजना हुदैछ । ओपेनिंग सेरेमोनीमा A Gentle Night, Retouh, Taste Of Love  र  Silver Bangles गरि ४ लघु चलचित्रहरु प्रदर्शन गरिनेछ भने यो महोत्सवको समापन समारोहमा विजेता चलचित्रहरुलाई अवार्ड दिनुका साथै 8 Minutes, You Are Seeing Things, Time Code र  A Curious Girl गरि ४ चलचित्र पनि प्रदर्शन गरिने जानकारी एकादेशमाका आयोजक टिमले हाम्रो पात्रोलार्इ जानकारी दिएका छन् । 

एकै छाना मुनि ९९ स्तरीय चलचित्रहरुको स्वाद लिन सक्ने यो मौका कुनै चलचित्र प्रेमीले नचुकाउनु होला, मंगसिर १, २ र ३ गते कुमारी सिनेमा हलमा आफ्नो सहभागिता अवश्य जनाउनु होला । "एकादेशमा"संगको "हाम्रो पात्रो"को सहकार्यलार्इ यस बर्ष पनि निरन्तरता दिदै  हाम्रो पात्रोले मिडिया सहकर्मी भइ एकादेशमालार्इ साथ दिदैछ । हाम्रो पात्रो आयोजक टिमलार्इ अग्रिम शुभ कामना ब्यक्त गर्दछ । एकादेशमाको ताजा अपडेटको लागि हाम्रो पात्रो प्रयोग गर्दै गर्नुहोला । 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.