फरक लाग्छ चलचित्र “चक्कर”- ट्रेलर सार्वजनिक | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

फरक लाग्छ चलचित्र “चक्कर”- ट्रेलर सार्वजनिक





आज गैरीधारा स्थित स्टेशन फाइभमा चलचित्र “चक्कर”को ट्रेलर सार्वजनिक भएको छ । अर्पण थापा, सिर्जना सुब्बा र रिचा शर्माको अभिनय रहेको यो चलचित्रको ट्रेलर नेपालमा निर्माण भैरहेका प्राय सबै चलचित्रहरु भन्दा भिन्न लाग्दछ । जस्तो चलचित्रले सफलता पायो तयस्तै चलचित्र निर्माण गर्ने चक्करमा हिड्ने अरु निर्माता भन्दा बेग्लै सोच लिएर निर्माता रबिन आचार्यले क्राइम ड्रामा चलचित्र “चक्कर” निर्माण गरेका हुन् ।

ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित नायक अर्पण थापाले भने “चक्कर” जस्तो चलचित्र कमसेकम पनि बर्षमा दुइटा देखि तीन वटा निर्माण भए अबको १० बर्ष पछी यस किसिमका चलचित्र निर्माण गर्न अघि सर्ने चलचित्र कर्मीको लागि फाइदा हुने बताए । उनले “चक्कर” जस्तो चलचित्रमा कम लगानी लागेता पनि मेहेनत र परिश्रम भने तुलनात्मक रुपमा अरु चलचित्र बनाए भन्दा निक्कै नै बढी लाग्ने पनि बताए ।

यस चलचित्रको कथा, लेखन र निर्देशन अनुष्क रौनियारले गरेका हुन् भने चलचित्र श्रावण ४ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले केहि समयपछी चलचित्रको अर्को ट्रेलर समेत सार्वजनिक गर्ने जानकारी आज कार्यक्रममा निर्माता रबिन आचार्यले ब्यक्त गरेका थिए ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.