चलचित्र घामपानी समीक्षा | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

चलचित्र घामपानी समीक्षा




   मन्दिप गाैतम - Apr 17 2017

सिनेमा आर्ट प्रोडक्सनको ब्यानर यो बर्षको पहिलो ठुलो रिलिज घामपानी यो शुक्रवार नयाँ बर्षको उपलक्ष्य पारेर देशभरको सिनेमा घरमा प्रदर्शनमा आएको छ । दयाहांग राइ , केकी अधिकारी स्टारर यो चलचित्रलार्इ लामो समयदेखि चलचित्र समीक्षा गरिरहेका दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । थप अरु दुइ चलचित्रसंग एउटै मितिमा प्रदर्शनमा आएको यो चलचित्रलार्इ कडा टक्कर छ , यस्तो मा के यो चलचित्रले दर्शक को मन जीत्न सफल हुन्छ त , जानौ चलचित्र घामपानीको समीक्षामा ।

प्लट
तामांग केटा दयाहांग राइ आफ्नो गाउँमा शिक्षक छन् , उनको सानैदेखि आफ्नै छिमेकि ब्राह्मण केटी केकी अधिकारीसंग प्रेम छ । केकी बीचमा काठमाडौं पढ्न गएकी छिन् , केहि बर्ष पछी उनि गाउँ फर्किन्छीन र दयाहांग र केकीको प्रेम सरलतासंग अगाडी बढ्छ । यी दुवै पात्रका बुवाहरु जात नमिले पनि निक्कै घनिष्ठ मित्र हुन् तर पनि आफ्नो छोरा छोरिको बिबाह गराइदिने पक्षमा हुदैनन् । त्यसपछि त्यहि गाउँमा एक जना असई अंकीत खड्का आइपुग्छन , उनको आँखा केकीमा पर्छ र अब उनलाई केकीसंग बिबाह गर्ने इच्छा जाग्दछ । के अंकित ले दयाहांग र केकीको प्रेम सम्बन्ध बिगार्न सक्छ त ? अंकितसंग बिबाहको कुरा सुरु भएपछी उनको र दयाहांगको सम्बन्ध कसरि जोगाउछन त ति दुवै मिलेर ? छोरा छोरिको प्रेम नरुचाएका दुर्इ घनिष्ठ मित्रको सम्बन्ध कस्तो रहन्छ त? यी सबै कुराहरुहो उत्तर यहाँहरुले चलचित्र घामपानी हेर्दा थाहा पाउनुहुनेछ ।


कथा , पटकथा र संवाद
चलचित्रको लेखन निर्देशक दिपेन्द्र लामा कै हो । उनको भिजन क्लियर छ । उनि एउटा गाउँठाउको सरल प्रेम कथा बनाउन चाहन्छन । उनको कथा पनि त्यहि कारणले निक्कै सरल छ । पटकथा निकै अव्वल छ , कथा जतिक्कै सरल छ , तर दोस्रो हाफको बीच तिर अलिकति कथा जम्प भएको महसुस हुदछ । उनको कथामा पृथकता छैन , न त पटकथा मा नै । तर जे छ मीठो छ . चलचित्र हेरुन्जेल दर्शकको अनुहारमा मन्द मुस्कान रही रहन्छ । कतै कतै थोरै बोरिंग लाग्न थालिहाले पनि त्यस पछीको दृश्यमा केहि रमाइलो आइहाल्छ र दर्शकको चलचित्र हेर्ने इच्छा बनिरहन्छ । संवाद चलचित्रको अव्वल छ । पुरानो डुंगा , कब्बडी सिरिजको फ्लेवरका संवादहरुले फेरी पनि दर्शकको मन जित्छ ।

कलाकार
दयाहांग राइ सदाझै अव्वल छन् , पर्फेक्ट छन् । जति सरल यो चलचित्र छ त्यति नै सरल उनको अभिनय पनि । केकी अधिकारी पनि उत्कृष्ट छिन । दयाहांग र केकीको केमिस्ट्री मजबूत भएकाले पनि दर्शक एउटा सरल कथामा बाधिएर बस्नेछन् । त्यसबाहेक चलचित्रमा अंकित खड्का छन् र ऊनको अभिनय पनि तारिफ योग्य छ । प्रकाश घिमिरे र पुस्कर गुरुङ बीचको केमिस्ट्री चलचित्रको मुख्य आकर्षण बनेको छ । खास गरि प्रकाश घिमिरेले फेरी पनि आफ्नो छाप छोडेका छन् यो चलचित्र मार्फत । बाकि सबै सहायक कलाकारहरुको काम उल्लेखनीय छ ।

प्राविधिक पक्ष र संगीत
प्रावीधिक रूपमा निक्कै अव्वल छ चलचित्र घामपानी . सैलेन्द्र कार्कीको छायांकन , निमेष श्रेष्ठको सम्पादन र ब्याकग्राउण्ड म्युजिक सबै १ नम्बरका छन् । बाकि रह्यो संगीतको कुरा , काली प्रसाद बास्कोटाको पन्छीले मन छुन्छ , खासगरी एनडींगमा यो गीतले मीठो प्रभाव पार्दछ । त्यसबाहेक चन्द्र कुमार डोंगको आपालाई मेरो बोलको तामांग सेलो गीत नि उत्कृष्ट छ ।

निर्देशक
दिपेन्द्र लामाले आफ्नो पहिलो चलचित्र बात राम्रो प्रभाव पार्छन । साधारण कथा प्रस्तुत गर्दा समेत उनको चलचित्र हेरेर कोहि बोर हुदैन .। कलाकारलार्इ मज्जाले प्रस्तुत गरिएको छ । उनले चलचित्र घामपानीलार्इ न्याय दिएका छन् ।

समीकरण
घामपानी एउटा सरल चलचित्र हो , गाउँठाउँको सरल कथाबस्तु बोकेको यो चलचित्रबाट खतरा ट्वीस्ट अपेक्षा राख्न सकिदैन । सादा जीवन उच्च बिचार भनेझैँ यो चलचित्र पनि सरल कथा उच्च स्तरको प्रस्तुति भएको छ । यदि तपाईहरु पुरानो डुंगा , कबड्डी र कबड्डी कबड्डी जस्ता चलचित्र हेर्दा रमाउनु हुन्छ भने घामपानी अवस्य तपैहरुको लागि उचित हुनेछ ।

रेटिंग : ३/५ 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.