'यो मनको के भर हुन्छ, बहकिने मात्रै डर हुन्छ' | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

'यो मनको के भर हुन्छ, बहकिने मात्रै डर हुन्छ'




   Suyog Dhakal - Jul 21 2017

अरुणले समकालिन अन्य गायकहरुको तुलनामा थोरै गीतहरु गाएपनि अत्यन्त चर्चा पाएका गायक हुन् । के बालक रु के बृद्ध रु के यूवा अनि के वयस्क रु अरुणका गीतहरुले सबैलाई छोए । कारण एउटै हो, अरुणको बास्तविक जीवनका भोगाइहरुको क्यानभास थिए उनका गीत । बिसं २०५६ श्रावण महिनाको ६ गते अरुणको भौतिक उपस्थिती समापन भयो, उनले संसारलाई छाडेर गएको आज १८ बर्ष पुगेको छ तर उनका गीतहरुले अबका हजारौं पुस्तालाई मर्म र लयको स्वाद चखाउने छ ।


जति माया लाए पनि, जति कसम खाए पनि सम्झनामा "अरुण थापा"

ऋृतुहरूमा तिमी हरीयाली वसन्त हाै
नदीहरूमा तिमी... हो~~~ पवित्र गङ्गा हाै

ललितपुर, झम्सिखेलस्थित अरुण थापा चोकमा आज लोकप्रिय सदाबहार गायक अरुण थापाको सालिकमा माल्यापर्ण हुनेछ अनि स्मरण गरिनेछ सङ्गीतका यी यूगपुरुष जसले छाडेर गए यूगाैंयूग नेपाली जनमा गुञ्जिरहने कालजयी सुगम गीतहरु अनि मन्त्रमुग्ध आवाज । 

यो पनि हेर्नुहोस् : कसरी बन्यो चलचित्र संरक्षण ?

भारतको कोलकाता (तत्कालिन कलकत्ता) मा सन् १९५२ मा जन्मिएका अरुण आफ्ना आमा बुवाकासाथमा ३ महिनाको उमेरमा काठमाण्डौ आएका हुन् । अरुणको सङ्गीत सृजनामा भेटिने विविधता उनको जीवन परिवेशको बिभिन्न ठाँउमा बिताइएका अनेक कालखण्डहरुको समायोजनसंग मिल्न गएको भान पनि हुन्छ ।

कोलकाताबाट काठमाण्डौ आएका अरुणले काठमाण्डौको क्षेत्रपाटी, दार्जिलिङ तथा पोखरामा अध्ययन गरेका हुन् । सङ्गीतप्रतिको अथाह स्नेहका कारण उनको अध्ययन बीचैमा टुटेको हो । वि.सं. २०३७ सालमा "भुलेका कथा तितामिठा" बोलको गीत गाएर आधूनिक गीत, सङ्गीत प्रतियोगितामा प्रथम भएका अरुण त्यसको ठिक दुर्इ वर्षपछि अर्थात् वि.सं. २०३९ सालमा गायनतर्फ उत्कृष्ट भएर रेडियो नेपालबाट पुरस्कृत भएका थिए ।

अरुण थापाको गायन भाव र सङ्गीत सुन्ने पहिलो व्यक्तिले समग्रमा उनलार्इ बुझ्दा दुइवटा कुरामा उनी पारङ्गत देखिन्छन्, एउटा माया र अर्को सङ्गीत । अनि जब माया र सङ्गीतको मिश्रणमा उनले भोगाइका भावहरु उनले गाए तब उनका अावाजले पुस्तौंपुस्ता अमर रहने एउटा फरक सङ्गीत तरङ्ग नेपाली सङ्गीत पारखीहरूबिच छाड्न थाल्यो ।

जति माया लाए पनि, जति कसम खाए पनि
निष्ठूरीले बाटो लाग्दा, आँखा तरि गए पछि
...

अरुणको बास्तविक भोगाईहरु छताछुल्ल भएका हुन सक्छन शायद यी भावहरुमा । सन् १९७१ मा प्रथम पटक अरुणले गायनकालागि माईक्रोफोन समातेका हुन्, रेडियो नेपालको स्टुडीयोमा । बिबिसीको सर्वेक्षणमा ऋतुहरुमा तिमी बोलको गीत विश्वमै लोकप्रिय गीतहरूमा सातौं स्थानमा पर्न सफल भएको थियो । यसबारे बिबिसीले सन् २० डिसेम्बर २००२ मा समाचार सार्वजनिक गरीसकेको छ । 

भुलूँ भुलूँ लाग्यो मलार्इ सपनीमा, मिठो लाग्दैन विपनी 

चोट के हो व्यथा के हो ? म जस्तो घाइतेलार्इ सोध.... 

यी गीतहरुले नेपाली स्रोताहरुमा एउटा लयात्मक भावनाहरु उत्पन्न गराँउदछन्, चोट र बेथा अनि बेदनाका पर्याय अरुणका गीतहरु नेपाली हृदयको कुना कन्दरामा डेरा जमाएर बसेका छन् ।

अरुणले समकालिन अन्य गायकहरुको तुलनामा थोरै गीतहरु गाएपनि अत्यन्त चर्चा पाएका गायक हुन् । के बालक, के वृद्ध, के यूवा, अरुणका गीतहरुले सबैलाई छोए । कारण एउटै हो, अरुणको वास्तविक जीवनका भोगाइहरुको क्यानभास थिए उनका गीत । वि.सं. २०५६ श्रावण महिनाको ६ गते अरुणको भौतिक उपस्थिती समापन भयो, उनले संसारलाई छाडेर गएको आज १८ बर्ष पुगेको छ तर उनका गीतहरुले अबका हजारौं पुस्तालाई मर्म र लयको स्वाद चखाउने छ ।

अरुणका केही गीतहरुले उनलाई वियोगभन्दा पर र रसिक रोमान्टीसिज्मको अन्तरंगसम्म पुर्याएर ल्याएका पनि छन् ।
यिनै गीतहरु मध्य एक होः

आँखाको नींद खोसी लाने, हृदयको तरङ्ग छेडि जाने
तिमीलार्इ के सजाय दिउँ, कि सधैंलार्इ बाँधि दिउ....


वैंसका उन्मादहरुलाई गाँसिएका गीतहरूलार्इ उनले अाफ्नो गायनबाट जिवन्त बनाए । प्रेमिल जोडिहरूलार्इ एकापसमा प्रेमानुभूतिकालागि उनका गीतहरूमा  जीवन भेटिन्छ ।

यो मनको के भर हुन्छ, बहकिने मात्रै डर हुन्छ
जानी जानी पनि यहाँ भुल गर्ने रहर हुन्छ,
छिनमै भत्केर जाने बालुवाको घर हुन्छ....


उनले गाउने गीतहरूमा प्रेम त भेटिन्थे नै तर केही गायनहरूले प्रेममा प्राप्त अनेक असन्तुष्टिलाई अाफ्नै पारामा गार्इदिए... अरुसँग नजोख मलाई, थाहै छ तिमीलाई म सस्तो छुँ सुनगाभा


"भुलेका कथा तितामिठा" भन्दै उनले गीत कथे पनि नेपालीले अरुणलाई भुल्न कहाँ सक्छन् र ?

भावनाका उत्कर्ष अनि वियोगका चोटहरु भुल्न अरुणले नशा गरेको यदाकदा सुनिन्नछन् । वास्तवमा विश्वको चलन नै नराम्रो छ अथवा फगत उदाहरण भेटिएका मात्र हुन, सृजनामा डुल्ने ब्यक्तित्वहरू धेरैजसो नशामा झुम्मिने कुराको साक्षी इतिहास भएको छ ।

फर्डि मर्करी, जीम मोरिसन, एमी वाइनहाउस लगायत थुप्रै सर्जकहरुले नशासँग जीवनलाई साटे । तर उनिहरुका श्रृजना र जीवनका परिवेशलाई उनिहरुको बानीसंग तुलना गर्नु मुर्खता हो । उनिहरुले आफ्ना दुःख र एकान्तपनालाई नशासंग साटे पनि हजारौं टुटेका मुटुलाई बाँच्ने आधार दिएर गएका हुन्छन् ।

अरुणका सृजनाहरु विश्व सङ्गीत संग्रहका कसीमा बलियो दावेदारी दिने गुणस्तरका छन् । जब जब उनका अावाज सुनिएला अरुणको झझल्को आइरहनेछ, सधैं अमर रहेनछन अरुण थापा, जनजिब्रोमा, नेपाली मनहरूमा ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.