’कथा काठमाण्डौ’ ट्रेलर चर्चामा | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

’कथा काठमाण्डौ’ ट्रेलर चर्चामा





केहि दिन अघि चलचित्र ’कथा काठमाण्डौ’को चर्चा बटुली रहेको छ। "रातको कुरा" बोलको गीत सार्वजनिक गर्दै प्रचारप्रसारलाई अगाडी बढाएको फिल्मले त्यसपछी दुई गीत सार्वजनिक गरिसकेको छ ।

टेलिभिजनकर्मी , म्युजिक भिडियो निर्देशक , पुस्तक लेखिका लगायतको पहिचान बनाइसकेकी संगीता श्रेष्ठले यसै फिल्म मार्फत डेब्यु गर्दै्छिन । फिल्ममा उनले काठमाण्डौको तिन भिन्न भिन्न कथालाई देखाउने कोसिस गरेको बताएकी छिन । काठमाण्डौमा मुस्कान भित्र लुकेको ब्यथा नै फिल्मको मुख्य विषयवस्तु रहेको समेत बताएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका निर्माता र निर्देशकसँगै कलाकार प्रमोद अग्रहरी , संजोह कोइराला र अभिनेत्री सन्ध्या केसी उपस्थित थिए ।


फिल्मको कथा निर्देशक संगीताले नै लेखेकी हुन् । विजय राइको निर्माणमा तयार भएको यो फिल्ममा लुज सिंहको छायांकन छ । फिल्ममा प्रमोद अग्रहरी , प्रियंका कार्की ,आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको प्रमुख भूमिका छ ।


अष्ट महर्जनको द्वन्द्व रहेको फिल्मका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन् । फिल्ममा सम्पादनको जिम्मेवारी मित्र गुरुङले सम्हालेका छन् भने यसको भिएफएक्स र कलर भरत रेग्मीले गरिरहेका छन् । फिल्म असोज १२ मा रिलिज हुनेछ ।



उक्त कार्यक्रममानिर्देशक संगीताले चलचित्रको बारेमा यस्तो भनिन्,"फिल्मको गीतसंगीतसँगै ट्रेलर पनि आइसकेको छ । यसैले गर्दा अब फिल्मको दृश्यले नै सबै बोलि सकेको छ । फिल्मको पहिलो गीत सार्वजनिक हुदा केहिले फिल्मलाई त्यतिकै भरमा मूल्यांकन पनि गर्नु भयो तर फिल्मले समाजकै कथालाई बोकेको छ । काठमाण्डौका भिन्न तिन पात्रको कथा हो , जो पिडा सहेता पनि मुस्कुराउन बाध्य छन् ।"

त्यसैगरी, कलाकार प्रमोद अग्रहरी भन्छन,"जहिले पनि मलाइ च्यालेन्जीङ रोलमा आफुलाई प्रस्तुत गर्ने रहर हुन्छ , त्यस मध्यकै एक हो कथा काठमाण्डौ । फिल्ममा मलाइ भिन्न तिन अवतारमा देख्न पाउनु हुनेछ। तिन कथा मध्य एक कथाको पाटो हो म , तर मेरो कथामा पनि मलाइ तिन अवतारमा देख्नु हुन्छ ।"




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.