लप्पन छप्पनको समीक्षा | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

लप्पन छप्पनको समीक्षा




   मन्दिप गाैतम - Mar 26 2017
लप्पन छप्पनको समीक्षा अडियो सामाग्री

यो साताको रिलिज लप्पन छप्पनको ट्रेलर हेरेपछि चलचित्र हेर्ने एक किसिमको उत्साह जागेको थियो । स्टारकास्ट देखि लोकेसन उच्चस्तरको रहेको यो चलचित्रमा एउटा फुल अन कमर्सियल सिनेमामा हुने लगभग सबैकुरा भएको ट्रेलर हेरेरै अनुमान भएको थियो । आजबाट देशव्यापी रूपमा प्रदर्शनमा आएको यो चलचित्र कस्तो बनेको छ त , जानौं  यो चलचित्रको समीक्षामा। 

प्लट
"बाका" अर्थात सौगात मल्ल कुनै बेला नेपालमा मन्त्रिको हत्या गरेपछि जसो तसो बेल्जियम पुगेको छ , अहिले ऊ त्यहि गलत कामहरु गर्ने गर्दछ । एकदिन उसले आफ्नो ह्याकर प्रेमिकालार्इ (वर्षा सिवाकोटी) एउटा अर्को मन्त्रिको बैंकमा भएको पैसा ह्याक गर्ने सोचमा नेपाल पठाउँछ । यहाँ वर्षाले २ नेपाली ह्याकरलार्इ भेटछिन् र उनीहरुको साथ लिएर मन्त्रिको ल्यापटपमा भएको डाटा नेपालबाट चोरेर बेल्जियम फर्किन्छिन् । उनले आफुलाई साथ् दिएको २ नेपाली ह्याकर (प्रकास जंग शाह र सिड खरेल) लार्इ पनि बेल्जियम लान्छिन् । त्यसपछि नेपालबाट सिबिआइ दयाहांग राई बाकालार्इ अरेस्ट गर्न त्यहि पुग्छन । त्यसपछि चलचित्रको कथामा आउने थुप्रै ट्वीस्टहरु बुझ्नको लागि यहाँहरुले चलचित्र लप्पन छप्पन हेर्नपर्ने हुन्छ ।

कथा पटकथा संवाद
प्रवेश पौडेलको कथा अहिले नेपाली चलचित्रहरुमा हुने भन्दा बिल्कुलै फरक छ , उनको पटकथा पनि एकदम धेरै उतार चढावले भरिपुर्ण छ , दर्शकको ध्यान चलचित्रबाट भट्किदैन । संवादहरु पनि निक्कै राम्रा छन् , उनले स्थापित गरेको पात्रहरु पनि रोचक छन् , यस्तोमा यहाँहरुलाई लागिरहेको होला चलचित्रको स्क्रिप्ट निक्कै अव्वल रहेछ । तर तेसो अलि हुन सकेको छैन किनभने चलचित्र दोस्रो हाफमा निक्कै अनुमानित हुन पुग्दछ र कथा, पटकथा राम्रो त छ तर लेखकले यसलाई  सशक्त बनाउन भने सकेका छैनन् । पहिलो हाफमा चलचित्रले स्थापित  गरेको स्तरले  दर्शकलार्इ धेरै अपेक्षा गर्न बाध्य बनाउछ र दोस्रो हाफमा प्राय सबै कथा अनुमानित हुन पुग्दा दर्शकको अपेक्षा अलि कायम नहुन सक्छ । तर समग्रमा लेखक प्रवेश पौडेलको प्रयास राम्रो छ ।


कलाकार

सबै कलाकार हरुको पर्फर्मेन्स अव्वल छ । खासगरी सौगात मल्लले धेरै पछी आफ्नो स्तरको प्रस्तुति दर्शकहरुमाझ पस्केका छन् । अर्को उल्लेख गर्ने पर्ने नाम वर्षा सिवाकोटीको हो उनले बेबीको भूमिकामा आफुले पहिला कहिले नगरेको काम निक्कै मजाले गरेकी छिन । उनको यो अवतारको धेरैले तारिफ गर्नेछन । त्यसबाहेक अर्पण थापाले आफ्नो भूमिका राम्ररि नै निभाएका छन् । दयाहांग राई भने पहिलो हाफमा खुब रमाइलो लाग्दछन् ,दोस्रो हाफमा कथाको माग अनुसार उनले काम राम्रै गरेका छन् , उनको अ्याक्सन सिनहरु उनका फ्यानले खुब इन्जोय गर्नेछन । डेब्युटाँट प्रकास जंग शाह र सिड खरेलले राम्रो काम गरेका छन् ।

प्राविधिक पक्ष र संगीत
चलचित्रमा छायांकन अव्वल छ , युरोपका दृश्यहरु हेर्दा मजा आउदछ । एडिटिंग पनि राम्रो छ , फिल्मको पेस निक्कै राम्रो लाग्दछ । भिएफएक्सको कुरा गर्नु पर्दा नेपाली चलचित्रहरुमा भईरहने इफेक्ट भन्दा यो चलचित्रको इफेक्टहरु धेरै गुना राम्रो छ , कन्भीन्सिंग छ । ब्यक्ग्राउन्ड स्कोर ठाउँ ठाउँमा अझ शशक्त हुनसक्ने प्रयाप्त ठाउँ थियो । डबिंग भने ठाउँ ठाउँमा बिग्रिएको छ ।

चलचित्र का तीन गीतहरुले चलचित्रलार्इ राम्रो साथ् दिएका छन् । 

निर्देशक
एउटा स्टाईलिस् ग्यांग्स्टर सिनेमा बनाउनु निक्कै रिस्की कदम हो।  निर्देशक मुकुन्द भट्टको यो प्रयास तारिफयोग्य छ , उनको सिनेमामा त्यो किसिमको स्टाइल छ जुन बिरलै नेपाली चलचित्रमा देख्न सकिन्छ । तर पनि केहि दृश्यहरुमा सुधार गर्न पर्ने ठाउँ थियो . उनको काममा कतै कतै केहि कमि भएको महसुस त हुन्छ तर पनि समग्रमा उनले यो चलचित्रलार्इ न्याय दिएका छन् ।

समीकरण

लप्पन छप्पन अहिलेका युवा पुस्ताले रुचाउन सक्छन । विदेशका दृश्य भएकाले अंग्रेजी संवादहरुको धेरै प्रयोग भएको छ जसले गर्दा सिंगल स्क्रिन दर्शकहरुलाई मजा नआउनसक्छ । स्टाइलिस ग्यांग्स्टर फिल्म हेर्न रुचाउने दर्शकको लागि यो चलचित्र उत्कृष्ट रहन्छ , नेपालमा सायदै एसअघी यतिको स्टाइलिस ग्यांग्स्टर फिल्म बनेको छ । थप दमदार दृश्यहरु भएका भए चलचित्र झन् अव्वल बन्ने थ्यो ।

रेटिंग ३/५



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.