नेपाली चलचित्र इतिहाषकै सबैभन्दा बहुप्रतिक्षित चलचित्र "लुट–२" को ट्रेलर आज सार्वजनिक भएको छ । साढे तीन मिनेट लामो यो ट्रेलर र चलचित्रको महत्वपुर्ण दृश्यहरु देखौना खोजेको छ । ट्रेलरमा सुरुमै कर्माले ४ वर्ष आफुहरु जेल बसेर अब हाकु काले लार्इ खोज्ने बताउछन् भने हाकु कालेको जीवनमा धेरै परिवर्तन देखिएको छ । मल्टीस्टारर लूट-२ मा एक्सन थ्रिल को भरपूर खुराक भएको प्रोमो हेरेर अनुमान गर्न सकिन्छ। तर प्रोमोका अन्तिम दुइ संवाद ले दर्शकलाई खुब हसाउनेछ ।यसपाली हाकु काले र गोफ्ले बीचको संवाद साटासाट भएको दृश्य प्रोमोको प्रमुख आकर्षण लाग्दछ ।
केहि समय अगाडी सार्वजनिक गरिएको चलचित्रको "ठमेल बजार " बोलको गीतले निक्कै सफलता पाएपछि अव यो ट्रेलर ले दर्शकहरुको मन मा अझै कौतुहलता बढाउनेछ , सबै दर्शक अवस्यपनि चलचित्रको रिलिज हुने मिति फाल्गुन १३ पर्खी बसेका छन् । सौगात मल्ल , दयाह्यांग राई , कर्मा , सुशील पाण्डे , प्रतिक न्युपाने , रिचा शर्मा , बिपिन कार्की आदिको प्रमुख अभिनय रहेको चलचित्र लाइ चर्चित र सफल निर्देशक निश्चल बस्नेत ले निर्देशन गरेका हुन् ।
चलचित्रको ट्रेलर यहाँ हेर्न सक्नुहुन्छ :
Liked by: