चलचित्र "म यस्तो गीत गाउँछु"को आकर्षक ट्रेलर | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

चलचित्र "म यस्तो गीत गाउँछु"को आकर्षक ट्रेलर




   मन्दिप गाैतम - Jun 12 2017

केहि हफ्ता अघि सार्वजनिक भएको गीत “भन्छु आज”ले दर्शक श्रोताको मन जीतेपछी उक्त चलचित्र “म यस्तो गीत गाउछु”को ट्रेलर आज सार्वजनिक गरियो । ट्रेलर हेरेपछि अनुमान गर्न सकिन्छ यो चलचित्र एउटा स्तरीय लभ स्टोरी बनेको छ । चलचित्रका निर्देशक सुदर्शन थापाले भने आफुले यस चलचित्रलार्इ आफ्नो यस अघिको चलचित्र भन्दा अझ एक कदम माथि रहेर निर्माण गरेको आजको कार्यक्रममा ब्यक्त गरे । लगभग २ बर्षको कडा मेहेनतपछी चलचित्र म यस्तो गीत गाउछु तैयार भएको र चलचित्र असार ३० गते बाट देशव्यापी रूपमा प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिए ।


यो पनि हेर्नुहोस् : पल र पुजाको नयाँ गीत

पल शाह र पुजा शर्माको जोडी पहिलो पटक ठुलो पर्दामा देखिने यस म्युजिकल लभ स्टोरीमा संगीतको जीम्मा भने अर्जुन पोखरेलले उठाएका छन् । अर्जुन र सुदर्शनको जोडीले यसअघि चलचित्र “प्रेमगीत”मा केहि उत्कृष्ट गीतहरु श्रोता माझ पस्केका थिए । चलचित्र म यस्तो गीत गाउँछुको संगीत पनि निक्कै अव्वल लाग्दछ । यसले चलचित्रलार्इ पक्कै पनि फाइदा पुर्याउनेछ ।

ट्रेलर हेरेपछि अपेक्षा निक्कै बढेको सुदर्शन थापा निर्देशित यो चलचित्र दर्शकको लागि एउटा प्रतिक्षित चलचित्र बनिसकेको छ । त्यसअघि चलचित्र म यस्तो गीत गाउछुको सम्पूर्ण टिमलार्इ हाम्रो पात्रोको तर्फबाट अग्रिम शुभकामना ।

चलचित्रको ट्रेलर यहाँ हेर्न सक्नुहुनेछ :



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.