२०७४ मा नेपालि सङ्गीत | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

२०७४ मा नेपालि सङ्गीत




   मन्दिप गाैतम - Apr 16 2018

बि सं २०७३ मा युट्युबमा नेपालि गीतहरुको लागि करोड क्लब सुरु भयो । केहि बर्ष अगाडी सार्वजनिक भएको ”सुर्के थैली खै”ले यो ट्रेन्ड सुरु गरेको हो । त्यसपछि ०७३ सालमै "साइली", "पुर्व पश्चिम रेल" र "ठमेल बजार" गरेर अरु गीतहरुले पनि करोड क्लबमा आफुलाई स्थापित गरे । बि स २०७४ भने युट्युबमा करोड क्लब पुगेको गीतहरुको पहिरो नै आयो । हुन त युट्युबमा करोड क्लब पुग्नुले मात्र कुनै गीतको सफलता बयान गर्दैन तर दर्शक श्रोताले गीतलाई रुचाएको बुझ्ने माध्यम युट्युब अवश्य भएको छ ।

२०७४ मा नेपालका थुप्रै चलचित्रका र एल्बमका गीतहरुले चमत्कार गरे। स्वप्न सुमन र प्रवेश मल्लिक जस्ता प्रतिभाशाली संगीतकर्मी उदाइरहेका छन्, त्यस्तै काली प्रसाद बास्कोटा, अल्मोडा राना उप्रेती, दीपक शर्मा, कल्याण सिंह, एलिस कार्कीहरुबाट बर्षभरि नै केहि उत्कृष्ट गीतहरु सुन्न पाइयो ।

अल्मोडा राना उप्रेती आफ्नो “ए दाजु नसमाउ” बोलको गीतबाट यो बर्ष निक्कै चर्चामा रहे । उक्त गीतबाट चोरीको आरोप भोगेका अल्मोडा कै सङ्गीत रहेको “कृ” चलचित्रको अर्को गीत “उकालीमा पछी पछी” पनि ओरिजिनलको हकदारसंग सहमति नगरी प्रयोग गर्दा बर्षको अन्त्य तिर निक्कै विवादमा रह्यो।

विवादहरुले थोरै खिन्न भएता पनि नेपालि संगीतप्रेमीहरुले यसबर्ष उत्कृष्ट गीतहरु सुन्न पाए जसमा दुर्इ उत्कृष्ट संगीतकार राजन राज सिवाकोटी र अर्जुन पोखरेलको योगदान अतुलनीय छ ।

राजन राज सिवाकोटीको “कुटु मा कुटु”ले २०७४ मै मात्र साढे ५ करोड युट्युब भ्युजको किर्तिमान राखिसकेको छ । बर्षभरि नै राजन राज सिवाकोटीको नेपालीपना बोकेको शब्द र सङ्गीत गुन्जिरह्यो । राजन इशानसंगको उनको सहकार्यले नेपालि सङ्गीत जगतमा गरिरहेको चमत्कार अर्को बर्षपनि चलिरहोस। त्यस्तै गरि अर्जुन पोखरेलको रोमान्टिक गीतहरु पनि बर्षभरि नै गुन्जिरहे, अर्जुनले यसबर्ष चलचित्र “म यस्तो गीत गाँउछु” चलचित्रको एल्बमलार्इ नै उत्कृष्ट बनाए ।

त्यसबाहेक यस बर्ष “भाइरल भैदियो” “कम्मर माथि ट्याटु” र अरु थुप्रै गीतहरुले नेपालि भीडलार्इ नचाउँन सफल भयो। बि स २०७५ ले यस बर्षको लहरलार्इ झन् उत्कृष्ट तरिकाको साथ अगाडी बढाओस ,हाम्रो कामना ।

त्यसअघि आउनुहोस् यस बर्ष नेपालि चलचित्रका उत्कृष्ट १५ गीतहरु छान्ने प्रयास गरौं …

१५ . एति एति पानि 



१४ . रुपै मोहनी

१३ . तिमीलाई सानी 


१२ . भन्छु आज 



११ . किन आजकल तिम्रो मन 



१०. कहानी यो प्रेम गीतको


९ . तिमि रोएको पल


८. कसम हो कसम


७ . चरी चट्ट परि


६ . ए दाजु नसमाउ नाडीमा



५. चिरबिर चिरबिर चाचरी



४. किनिदेउ न साइला दाइ



३. अजम्बरी



२. पर्ख पर्ख मायालु


१ . कुटु मा कुटु




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.