यसबर्षको ओस्कार चयनका १० एतिहासिक तथ्यहरु | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

यसबर्षको ओस्कार चयनका १० एतिहासिक तथ्यहरु




चलचित्र अल द मनी इन द वल्र्डका कलाकार क्रिस्टोफर प्लमर ८८ बर्षको उमेरमा अभिनयका लागि ओस्कार मनोनयनमा परेका छन् । ओस्कारको लागि उनी अहिलेसम्मका सबैभन्दा पाका मनोनयन हुन्।



सामान्यतया बिश्व चलचित्रको बृहद मेला ओस्कारका मनोनयनहरु उत्ति अनुमान गर्न सहज हुँदैन् । तर यस बर्षको मनोनयनमा ओस्कार उत्ति अनुमान सहज छैन् । यो रवैया ओस्कारमात्र मात्र हैन यसबर्षको भारतीय फिल्मफेयर अवार्डमा पनि लागु भएको छ । सुस्तरि बिश्व चलचित्र बजार देखावटी भन्दा पनि वास्तविक अनि सामान्य प्रस्तुति तर असामान्य कथा तर्फ मोडिरहेको छ । असामान्य यसअर्थमा कि अब कुनै बिश्वास नलाग्ने बिशेष पात्रहरु भन्दा सामान्य अनि हामीले दैनिक जिवनमा देखेका अनि भेटेका पात्रहरु को पोल्टामा पुगेको छ, चलचित्र बजार । ओस्कारमा पनि गएका बर्षहरुमा रंगभेदी आरोपहरु लागेका हुन्, थुप्रै आरोप अनि प्रत्यारोप संगै ओस्कारले आफ्नो यात्रा तय गर्दै गर्दा यस बर्षको ओस्कारमा मनोनयनमै अत्यन्त रोचक अनि धेरै एतिहासिक कुराहरु हुन पुगेका छन् । यस्ता एतिहासिक १० तथ्यहरु यसबर्षको ओस्कार सूचीवाट, यहाँहरुका लागि

१. ओस्कारमा प्रथम पटक महिला सिनेमेट्रोग्राफर मनोनयनमा परेकी यसैबर्ष हो, चलचित्र मडबाउन्डबाट रासेल मोरिसन यस बर्ष सिनेमेटोग्राफरका लागि मनोनयनमा परेकी हुन् ।

२. मडबाउन्ड बाटै बेस्ट अडाप्टेड स्क्रीनप्ले सूचीमा चलचित्र निर्देशक डि रिइस परेकी छिन् । सन् १९७२ मा लेडी सिङग्स द ब्लुज चलचित्र बाट पटकथामा सुजाने डे पासेज नामक काली बर्णकी महिला पश्चात कालो वर्णकी अर्की महिला डि रिइस सन् २०१८ मा मनोनयनमा परेकी हुन् ।

३. यसै चलचित्र मडबाउन्ड बाटै म्यारी जे ब्लीगी प्रस्तुती अनि ओर्जीनल गीतका लागि मनोनयनमा परेकी छिन् । ओस्कारमा गीत अनि प्रस्तुती दुबैका लागि एकैजना परेको यो प्रथम पटक हो ।

४.  उता यसै बर्षको ओस्कारमा चलचित्र डनक्रीकका निर्देशक क्रिस्टोफर नोलन उत्कृष्ट निर्देशकको मनोनयनमा परेका छन् ।

५.  चलचित्र गेट आउटका निर्देशक अनि काला वर्णका चलचित्र निर्माता जोर्डन पेले चलचित्रकका निर्देशक, लेखक अनि निर्माताका रुपमा एकैबर्षमा ३ बिधामा मनोनयनमा परेका छन् ।

६.  गेट आउट चलचित्र सन् १९९१ को साइलेन्स अफ ल्याम्बस पछिको मनोनयनमा पर्ने एउटा यस्तो चलचित्र हो जून फेब्रुअरीमा रिलीज हुन बाकी छ । रिलीज अघिनै चलचित्र ओस्कारमा मनोनयनमा परेको हो ।

७. लेडी बर्ड एउटा यस्तो चलचित्र जसबाट महिला निर्देशक ग्रेटा गरविग मनोनयनमा परेकी छिन् । महिला निर्देशक मनोनयनमा परेको यिनी ५ औं महिला हुन् । 


८. चलचित्र अल द मनी इन द वल्र्डका कलाकार क्रिस्टोफर प्लमर ८८ बर्षको उमेरमा अभिनयका लागि ओस्कार मनोनयनमा परेका छन् । ओस्कारको लागि उनी अहिलेसम्मका सबैभन्दा पाका मनोनयन हुन्।

९.  यता २२ बर्षका कलाकार तिमोथी चालामेट ओस्कारको ८० बर्षे इतिहासमा प्रथम पटक सबैभन्दा कान्छा मनोनयन हुन् । उनी चलचित्र कल मी बाई यूर नेम बाट अभिनयका लागि मनोनयनमा परेका कलाकार हुन् ।

१०. डकुमेन्ट्री स्ट्रगं आइल्याण्ड बाट बेस्ट डाइरेक्टर क्याटोगरीमा बृतचित्र क्षेत्रमा प्रथम पटक तेश्रोलिगीं निर्देशक यान्से फोर्ड मनोनयन मा परेका छन् ।


हामी नेपाली आशा गरौं कुनै बर्ष नेपाली चलचित्रहरु पनि ओस्कारमा जानेछन् । यस बर्ष सन् २०१७ मा केही उत्कृष्ट नेपाली चलचित्रहरु जस्तै ह्वाइट सन्, डाइगं क्लाण्डल, झ्यालो लगायतका थुप्रै चलचित्र अनि बृतचित्रहरुले अन्तराष्ट्रिय स्तरमा धेरै ख्याती कमाएका छन् । एकादेशमा चलचित्र मेला लगायतका अन्तराष्ट्रिय चलचित्र महोत्सवहरु नेपालमा बर्षैपिच्छे सफलताका साथ भइरहेका छन् । नेपाली चलचित्र निर्माता टोलीहरुलाई शुभकामना, यसब बर्ष सन् २०१८ मा नपरेपनि अर्को बर्ष नेपाली नाम मनोनयनमा सुन्न पाइने पो हो कि ?

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.