‘प्रेमलिला’को फस्ट लुक | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

‘प्रेमलिला’को फस्ट लुक





अन्तरदेशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गर्ने ‘प्रेमलिला’को फस्ट लुक सार्वजनिक भएको छ । बुधबार अनामनगरमा आयोजिक कार्यक्रममा फिल्मको पहिलो झलक सार्वजनिक गरिएको हो । योसँगै फिल्मले प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार फिल्म माघ २५ मा देशभर रिलिज हुनेछ । फस्टलुकमा दीपशिखाको कपाल खौरिएको फोटो मात्र सार्वजनिक गरिएको छ ।


फिल्ममा दीपशिखा खड्का, अलि खान र मौसम खड्काको अभिनय रहेको छ । खान र खड्काले यसैफिल्मबाट डेब्यु गरेका हुन् । दीपशिखाले यसअघि केही फिल्ममा अभिनय गरे पनि ‘प्रेमलिला’ नै आफ्नो डेब्यु फिल्म रहेको बताइन् ।‘ गर्न त मैले आठ वर्षको अवधिमा थुप्रै फिल्ममा अभिनय गरें तर मलाई कुनै पनि फिल्मले चिनाएनन् । त्यसैले मैले पनि यसलाई डेब्यु फिल्म नै ठानेकी छु,’ खड्काले भनिन् । उनले फिल्मको गेटअपमा रहन सुटिङदेखि अहिलेसम्म ५ चोटि कपाल काटेको बताइन् । दुबईमा मोडलिङ गर्दै आएका अलि खानले फिल्ममा भारतबाट नेपाल घुम्न आउने पर्यटकको भूमिका निर्वाह गरेका छन् । उनले दीपशिखासँग दुबईमा भेट भएको र उनले फिल्म खेल्न एप्रोच गरेका कारण फिल्म खेलेको बताए । उनले भने, ‘दुबईमा दीपशिखासँग भेट भएको थियो । उनले फिल्मको बारेमा बताएकी थिइन् । पछि कथा चित्त बुझ्दो भएपछि खेल्न राजी भएको हुँ । आगामी दिनमा पनि नेपाली फिल्म खेल्न तयार छु ।’


दीपशिखा खड्काकै कथा तथा लेखन रहेको फिल्मलाई पवन गौतमले खिचेका हुन् । जनक पाण्डेले निर्देशन गरेकोमा फिल्ममा नानीमैया कार्की र फैजिल फिल्मस्को लगानी रहेको छ । फिल्मलाई सुनिल मानन्धरले वितरण गर्न लागेका हुन् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.