कस्तो छ चलचित्र "रुद्रप्रिया" ? चलचित्र समीक्षा | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

कस्तो छ चलचित्र "रुद्रप्रिया" ? चलचित्र समीक्षा




   मन्दिप गाैतम - Oct 19 2017
कस्तो छ चलचित्र "रुद्रप्रिया" ? चलचित्र समीक्षा

निक्कै लामो समयपछी आर्यन सिग्देल र रेखा थापाले फेरी एकपटक ठुलो पर्दामा आफ्नो केमिस्ट्रीको जादु चलाउन आएका छन् । यसपटक लक्ष्मीपुजाको अवसरमा रिलिज भएको चलचित्र “रुद्रप्रिया” यसै कारण पनि प्रतिक्षित चलचित्र बन्न पुगेको छ । तर रेखा आर्यनको जोडीले “रुद्रप्रिया” मार्फत दर्शकको मन जीत्न सफल हुन्छन त ? जानौ चलचित्र “रुद्रप्रिया”को समीक्षामा ।

प्लट
रेखा थापा(रुद्रप्रिया) आफ्नो पढाइ सकेर आफ्नो हजुरबुवाको साथ बस्न आउछिन् । त्यहाँ उनि आफ्नो स्कुलको साथि आर्यनसंग भेट्न थाल्छिन, आर्यन र रेखाको सम्बन्ध साथि भन्दा अलि माथि किसिमले अघि बढ्न थाल्छ । त्यहि ठाँउको काठ ब्यापारी राजन इशानले एकदिन रेखालार्इ देख्छन् । राजनलार्इ रेखासंग प्रेम हुन्छ, उनले रेखासंग आफ्नो भावना ब्यक्त गर्छन तर राजनको खराब ब्यबहारका कारण रेखाले ढिला नगरी आर्यनसंग बिबाह गर्छिन् । त्यसपछि रेखाको जीवनमा आउने परिवर्तन हेर्न यहाँहरुले चलचित्र “रुद्रप्रिया” हेर्नपर्ने हुन्छ ।

कथा, पटकथा र संवाद
निर्देशक सुदीप बबी भुपाल सिंह र रुबी सेन सिंहले लेखेको चलचित्रको कथा पटकथाले दर्शकलार्इ सरप्राइज गर्नेछ । रेखा थापा आर्यन सिग्देल अभिनित यो चलचित्रलार्इ सबैले मसाला चलचित्रको रूपमा प्रतिक्षा गरेका हुन् । तर चलचित्र निक्कै सरल छ । चलचित्रमा चेलेबेटि माथि हुने एसिड आक्रमणको कथा समेटिएको छ र लेखक निर्देशक आफुले बोकेको मुद्धा न्याय गर्न सुरु देखि नै प्रष्ट छन् । चलचित्रमा धेरै कुराहरु थोपरिन खोजिएको छैन, केहि दृश्यहरुले पक्कै पनि कथामा मोड ल्याउछ , त्यसबाहेक चलचित्र सुरु देखि अन्त्यसम्म एकै हिसाबमा बग्नेगरि लेखिएको छ ।

त्यसबाहेक रेखा र आर्यनको रोमान्स अलि कम भएको अवश्य महसुस हुन्छ । चलचित्रका संवादहरु ठिक ठाक छन् । समग्रमा लेखन निक्कै सरल छ , सरल हुनु अवश्य गलत हैन तर यदि पर्दामा रेखा थापा र आर्यन सिग्देल छन् भने यो सरलता थुप्रैलार्इ खट्किन सक्छ । 

कलाकार
रेखा थापाले चलचित्र रुद्रप्रिया मार्फत “Experiment” गरेकी छिन् । आफुले गरिरहेको किसिमको चलचित्र भन्दा बिल्कुल फरक अन्दाज छ चलचित्र “रुद्रप्रिया”मा । नया प्रयोग गर्दा रिस्क त अवश्य हुन्छ तर पनि रेखा जस्तो स्थापित कलाकारले नँया केहि गर्न खोजेको कुरा सरहानिय छ । उनको काम राम्रो छ । आर्यन सिग्देलले चलचित्रमा रेखा थापालार्इ राम्रो साथ दिएका छन् । राजन इशानको पात्र निक्कै सशक्त हो , तर उनले त्यति धेरै प्रभाव भने छाड्न सकेका छैनन् । पावरफुल पात्रको प्रस्तुति गर्नसक्ने पर्याप्त ठाँउ थियो तर उनले एउटा राम्रो मौका गुमाएको अनुभव हुन्छ ।



प्राविधिक पक्ष र सङ्गीत
सम्पादनका केहि खोटहरुलार्इ नजरअन्दाज गर्ने हो भने रुद्रप्रिया प्राविधिक हिसाबले अव्वल छ । राजन इशानको ब्याकग्राउण्ड म्युजिक ठिकठाक छ । गीतहरुमा राजन राज सिवाकोटीको “चिरबिर चिरबिर चाचरी” अर्जुन पोखरेलको “तिम्रो बाहेक अरु” र सुरेश अधिकारीको “घरि घरि” सबै उत्कृष्ट छन् ।

निर्देशन
निर्देशक सुदीप बबी भुपाल सिंहले सत्य घटनाबाट आधारित रहेर चलचित्र “रुद्रप्रिया” निर्देशन गरेका हुन् । उनले चलचित्रलार्इ निक्कै सरल बनाएका छन् अझ उनले चलचित्रको ट्विसटहरुलाई समेत धेरै नाटकीय बनाएका छैनन्, जुन अवश्य प्रशंशनिय हो । तर सरलतासंग मानोरंजन जोडिएर आएको भए बेग्लै मजा आउनेथ्यो । चलचित्रले मनोरंजन निक्कै कम दिनेछ र आर्यन र रेखाको प्रेममा समेत थप रोचक केहि भएको भए हुन्थ्यो जस्तो दर्शकलार्इ लागि रहनेछ । निर्देशक सुदीप बबी भुपाल सिंहले आफ्नो काम राम्रोसंग गरेका छन् ।

समीकरण
रेखा आर्यनको “रुद्रप्रिया” यहाँहरुको लागि एउटा सरप्राइज हुनेछ । यो चलचित्र भिन्न छ । रेखा आर्यनले आफ्नो नामसँगै ठुलो अपेक्षा लिएर आउने गर्दछन् । चलचित्र हेरेपछि धेरै दर्शक खिन्न हुने अवश्य छ । मानोरंजन कम भएकाले पनि दर्शकको ध्यान केन्द्रित नरहला ।

रेटिंग : २.५ /५ 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.