'विश्व सङ्गीत दिवस' विशेष सङ्गीत समर्पण | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

'विश्व सङ्गीत दिवस' विशेष सङ्गीत समर्पण




विशेष सङ्गीत समर्पण अाल्मोडा,अर्जुन र नाइट साङ्गीतिक समूह

सङ्गीत एउटा विश्वव्यापी भाषा हो, जसलार्इ संसारले आ-आफ्नो तवरले प्रस्तुत गर्दै अथवा बुझ्दै अाएका छन् । कसैकालागि सङ्गीत एउटा अभिब्यक्ति हुनसक्दछ भने कसैको लागि सङ्गीत एउटा पेशा, कसैकलागि साथी हुनसक्दछ त कसैका लागि यो एउटा नशा ।

यो पनि हेर्नुहोस् : विश्व सङ्गीत दिवस  

बलेसीबाट चुहिने पानीका थोपाहरुका आवाज, कोईलीको कुहूकुहू, मन्दिरको घण्ट, मस्जिदको प्रार्थना, चर्चको भजन अनि खोलाको गर्जन सम्म सङ्गीत बगीरहन्छ । कानको बाटो हुँदै हृदयमा जब सङ्गीतले अाफ्नो असर छाड्छ अाङ सिरीङ बनाइदिन्छ, त्यस्तो ताकत छ सङ्गीतमा । सुन्न मात्र नभई यसको विविधता अनुभव गर्न पनि सङ्गीत पारखीले सङ्गीत रोज्ने गर्दछन् ।

अाज विश्व सङ्गीत दिवस को विशेष दिनलार्इ महत्व दिदै हाम्रोपात्रोले विश्व सङ्गीतप्रति समर्पणकालागि एउटा विशेष अडियो सामाग्री यँहाहरुमाझ प्रस्तुत गर्दैछौ , हाम्रो अडियो सामाग्रीमा यँहाहरुले तीन जल्दाबल्दा साङ्गीतिक हस्तीहरुको प्रस्तुति सुन्न सक्नुहुनेछ ।

नेपाली पार्श्व, पप सङ्गीत, गायन तथा विशेषगरी सङ्गीत संयोजनमा वर्तमान पुस्ताले अध्यधिक मन पराएका एक साङ्गीतिक व्यक्तित्व अाल्मोडा राना उप्रेति, वहाँको स्वर, सङ्गीत र संयोजन अहिले जनजनमा झुण्डिएकै हुन्छ, एक पछि अर्को सफल सङ्गीत पस्केर वहाँ यो क्षेत्रलार्इ सक्दो योगदान गर्दै हुनुहुन्छ ।

त्यसैगरी, नाइट साङ्गीतिक समूहले नेपालमा सदियाैंदेखि गुन्गुनाइने, गाइने लोक लय तथा भाकाहरू अध्ययन/अनुसन्धान गरी नेपाली सङ्गीत तथा बाजा संरक्षणमा विशेष कार्य गर्दै अाइरहेको छ । अाजको यो विशेष दिनलार्इ विश्व सङ्गीतप्रति समर्पणकालागि एउटा विशेष सङ्गीत, नाइट साङ्गीतिक समूहको तर्फबाट हाम्रोपात्रो प्रयोगकर्ताहरुलाई हाम्रो अडियो सामाग्रीमा सुन्न सक्नुहुनेछ।

साथै, नेपाली पार्श्व, अाधूनिक, पप तथा समग्रमैं नेपाली संगीतले एउटा अाशलाग्दो नाम पाएको छ, वहाँ हुनुहुन्छ संगीतकार अर्जुन पोखरेल र अाज हामी यो विशेष दिनमा हाम्रो अडियो सामाग्रीमा हामी राख्दैछाैं वहाँले नेपाली संगीतकर्मी तथा संगीतप्रेमीहरूकालागि तयार पार्नुभएको संगीत समर्पण ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.