सुर्य इन्टरनेसनल अवार्ड अवार्ड २०१८ आईतबार टोकियोमा हुदै | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

सुर्य इन्टरनेसनल अवार्ड अवार्ड २०१८ आईतबार टोकियोमा हुदै





जापानको टोकियोमा यही सेप्टेम्बर १६ मा आयोजना हुने सुर्य इन्टरनेसनल अवार्ड अवार्ड २०१८ यही सेप्टेम्बर १६ तारिक आईतबार ६ बजेबाट नाखानो जेरो हल, टोकियोमा हुदैंछ । समारोहमा अभिनेत्री बसुन्धरा भुषाल, नायक भुवन केसी, पत्रकार सामिप्यराज तिमल्सेना र फोटो पत्रकार श्रीधर पौडेललाई आ-आफ्नो क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित गर्न लागिएको छ । बसुन्धरा भुषाललाई सुर्य लाईफटाईम एचिभमेन्ट अवार्ड–२०१८, सदावहार नायक भुवन केसीलाई सुर्य कलाकारिता सम्मान–२०१८ , पत्रकार समिप्य राज तिमल्सेनालाई सुर्य चलचित्र पत्रकारिता पुरस्कार–२०१८ , फोटो पत्रकार श्रीधर पौडेललाई सुर्य फोटो पत्रकारिता पुरस्कार–२०१८ ले सम्मानित गरिनेछ।

 ५० भन्दा बढी ख्याति प्राप्त नायक-नायिका र गायक-गायिकाको उपस्थिति यो कार्यक्रममा रहने पक्का भएको छ। मनोनयनमा परेकामध्ये सर्वाधिक भोट पाउनेलाई लोकप्रिय अवार्ड प्रदान गरिने आयोजकले यस अघि नै पत्रकार सम्मेलन गरी जानकारी गराईसकेको छ । कार्यक्रमलाई नेपाल सरकार सुचना तथा संचार मन्त्रालय, नेपाल टूरिजम बोर्ड र नेपाल चलचित्र विकाश बोर्ड लगायतका नेपाल सरकारका सरकारी निकायहरुको सहयोग र सहकार्य रहेको छ ।

मनोनयनमा लोकप्रिय फिल्मतर्फ ‘छक्का पञ्जा २’ सहित ‘ए मेरो हजुर २’, ‘शत्रु गते’, ‘म यस्तो गीत गाउँछु’ र ‘कृ’ भिडेका छन् । त्यसैगरी नायकतर्फ अनमोल केसी, प्रदीप खड्का, पल शाह, पुष्प खड्का र दयाहाङ राईबीच भोटिङ प्रतिस्पर्धा हुँदा लोकप्रिय नायिकाको विधामा साम्राज्ञी राज्यलक्ष्मी शाह, श्वेता खड्का, पूजा शर्मा, शिल्पा पोखरेल र निता ढुंगाना भिड्ने भएका छन् ।

त्यसैगरी, उत्कृष्ट निर्देशकका लागि छक्कापन्जा २ बाट दीपाश्री निरौला, ए मेरो हजुर २ बाट झरना थापा, म यस्तो गीत गाउँछुबाट सुदर्शन थापा, लिलीबिलीबाट मिलन चाम्स, शत्रुगतेबाट प्रदीप भट्टराई प्रतिस्पर्धामा छन् ।

उत्कृष्ट अभिनेताका लागि कृ का अनमोल केसी, लिलीबिलीका प्रदीप खड्का, मंगलमका पुष्प खड्का, म यस्तो गीत गाउँछुका पल शाह र घामपानीबाट दयाहाङ राई मनोनीत छन् । उत्कृष्ट अभिनेत्रीको अवार्डका लागि भने कान्छीकी श्वेता खड्का, म यस्तो गीत गाउँछुकी पूजा शर्मा, मंगलमकी शिल्पा पोखरेल, पञ्चायतकी नीता ढुंगाना र ए मेरो हजुर २ की साम्राज्ञी शाहबीच प्रतिस्पर्धा छ । फिल्मअन्तर्गत सहअभिनेता र सहअभिनेत्रीको विधासमेत रहेको छ ।


पपगीततर्फ सुगम पोखरेल, कमल खत्री, अनिल सिंह, कालीप्रसाद बास्कोटा र हिमाल सागर उत्कृष्ट गायकमा मनोनीत छन् । पपगायिकातर्फ इन्दिरा जोशी, अमृता लिम्बू,मिलन अमात्य, एन्जिला रेग्मी र रबिना थापाबीच प्रतिस्पर्धा छ । आधुनिक गायकतर्फ रामकृष्ण ढकाल, राजेशपायल राई, प्रमोद खरेल, हेमन्त शर्मा र शिव परियार उत्कृष्ट पाँचमा परेका छन् ।

आधुनिक गायिकामा भने अञ्जु पन्त, मेलिना राई, रिता केसी, टीका प्रसाईं र सिर्जना खत्री मनोनीत छन् । लोकगीततर्फ नवीन पौडेल, रमेशराज भट्टराई, खुमन अधिकारी, रामजी खाँण र प्रकाश कटुवाल प्रतिस्पर्धामा छन् । गायिकातर्फ ज्योति मगर, रमिला न्यौपाने, सम्झना मगर, मुना थापा र देवी घर्तीमगर मनोनीत छन् । यो कार्यक्रम हाम्रोपात्रो मार्फत पनि हेर्न सक्नुहुनेछ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.