सुशिल सिटौला अब चलचित्र "रणवीर"मा टाइटल रोल गर्ने | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

सुशिल सिटौला अब चलचित्र "रणवीर"मा टाइटल रोल गर्ने





"होस्टल रिटर्न्स", "सुन्तलीलाई भगाइ लग्यो झिल्केले" र शिघ्र प्रदर्शन हुने चलचित्र "गाजाबाजा" का अभिनेता सुशिल सिटौलाले अब "रणवीर"मा टाइटल रोल गर्ने भएका छन् । आइतवार फिल्म ‘रणवीर’को घोषणा गरिएको छ ।


सुशिल सिटौला,  'मिस नेपाल इन्टरनेसनल २०१२'की विजेता शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टिका पहारी, रवि गिरी र ‘ऐश्वर्य’ फेम प्रशान्त ताम्राकारको चलचित्रमा अभिनय रहने छ ।


फागुन ७ गतेबाट फ्लोरमा जान लागेको फिल्मलाई गोेविन्द सिंह भण्डारीले निर्देशन गर्दैछन् । चलचित्रमा महेश पौडेलको छायांकन र हर्कुलस बस्नेत, सुशान्त गौतम र अमृत श्रेष्ठको संगीत रहनेछ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.