"द भ्वाइस अफ नेपाल"- टिम अभयाको समुह | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

"द भ्वाइस अफ नेपाल"- टिम अभयाको समुह





अन्तराष्ट्रिय फ्रेन्चाइज गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल’ अहिले संचालन भइरहेको छ।  यस सो मा बरिष्ठ गायक दीप श्रेष्ठ , सनुप पौडेल, अभया सुब्बा र प्रमोद खरेल कोचको रुपमा छन् । ब्लाइन्ड अडिसनमा कोचहरु अगाडि प्रतियोगीले आफ्नो प्रस्तुति दिएका छन् र यसमा सफल भएकाहरू ब्याटल राउन्डमा प्रवेश गर्नेछन् । यस कार्यक्रमको नियम अलिक फरक छ । यसमा जजहरुले प्रतिस्पर्धीलाई मन पराए आफ्नो रोटेटिङ चेयरमा राखेको बटम थिचेर ‘आइ वान्ट यू’ भनेर आफ्नो समर्थन गरेपछि मात्रै प्रतिस्पर्धीले आफूले मन परेको जज छानेर ग्रुपमा सामेल हुनुपर्नेछ।

अहिले सम्म दिप श्रेष्ठ र सनुप पौडेलको टिममा ४/४ जना प्रतियोगी सामेल भएका छन् भने अभ्या सुब्बा र प्रमोद खरेलको टिममा ५/५ जना प्रतियोगी सामेल भएका छन्।यी चारै जनाको टिममा सामेल भएका प्रतियोगी एक से एक छन्,अब उनीहरुलाई सिकाउने र प्रतिस्पर्धा गराई जिताउने जिम्मा कोचहरुको हातमा गएको छ।

हेर्नुहोस टिम अभयाको समुह :


आज हामि द भ्वाइस अफ नेपालको कोच हरु मध्य अभ्या सुब्बाको टिमको चर्चा गर्नेछौ। उनको टिममा के कस्ता प्रतियोगी छन् र उनले ति प्रतियोगीलाई कस्तो नजरले हेर्छिन र भ्वाईस अफ नेपाल जित्ने सम्भावना कतिको छ उनिहरुमा।

अभ्या सुब्बाले फेसबुक स्ट्याटसमा यसो लेख्छिन -सर्वप्रथम त् द भ्वाइस अफ नेपाल प्रति धेरै आभारी छु किनकि मलाई कोच बन्ने मौका दिनुभएकोमा साथै म मेरो टिममा परेका पाच प्रतिभाहरुको परिचय दिन चाहान्छु ।

अनु शाक्य

उनि एक अचम्मको आवाज भएकी प्रतियोगी हुन्। उनले गाएको सुनेर म यति सम्म अचम्म परे कि जो मैले कल्पना समेत गरेको थिइन्।म उनको कोच भएर काम गर्दैछु उनको भविश्य उज्जवल छ ।

श्रिजय थपलिया


उनि हेर्दा सजिला देखिन्छन,अहिले उनि आफ्नो झोलाको कारण चिनिन्छन,उनि छिट्टै आफ्नो सुरिलो आवाज बाट चिनिनेछन,मेरो बिचारमा उसले धेरै कुर्शी घुमाउन सक्षम थियो,उसलाई मेरो टिममा पाउदा मैले गर्व महसुस गरेको छु ।

आश्रा कुवर

उनि एक लडाकु हुन् मैले उनलाई सन् २०१४ देखि चिन्दछु,त्यतिबेला उनि बच्चै थिइन् ।उनको दृढ,समर्पर्ण र जिद्दिपनाले नै उनलाई यहा सम्म ल्याएको छ।शक्तिशाली प्रस्तुतिका साथै निडर आवाज भएकी उनलाई लामो समयसम्म परशिक्षण दिन म तयार छु ।

प्रितेश कुमार

उनि एक शास्त्रीय संगीत प्रशिक्षण लिइरहेका प्रतियोगी भए पनि मैले मात्र उसको लागि कुर्सि घुमाएकि थिए,मेरो बिचारमा उसले अरु कुर्सि घुमाउन पनि सक्षम थियो।मैले उसको आवाजमा वास्तविकता भेटे,म जस्तो रक कोच संग भिझंन उसलाई थोरै अप्ठ्यारो भएता पनि तर मलाई बिस्वास छ कि उसले चाडै सिक्ने छ र फरक तरिकाले आफ्नो प्रस्तुति दिनेछ ।

सानिध्य थापा

उनि एक सरल आवाज भएकी प्रतियोगी हुन्।उनले उच्च नोटमा गाएता पनि लाग्छ उनले अरुले जस्तै सामान्य रुपमै गाएकि छिन।मेरो बिचारमा उनि अरु कुर्सि घुमाउनका लागि सक्षम थीइन ।हो म उनको आवाजमा हराउदै थिए।

यसरि ,अभ्या सुब्बाले आफ्नो फेसबुक वालमा आफ्नो ग्रुपमा सामेल भएका प्रतियोगीहरुको परिचय दिएकि थिइन्।

यस कार्यक्रमको विजेतालाई २५ लाख नगद तथा २० लाख बराबरको कार पुरस्कारको ब्यबस्था छ । अहिले सम्म द भ्वाईस अफ नेपाल टेलिभिजन र युटुबमा जम्मा ४ एपिसोड मात्रै प्रशारण भएको छ,यी चार वटै सो दर्शकले निकै रुचाएका पनि छन्।चार वटै सो मा लाखौ भ्युज गएको छ,भने चौथो एपीसोड युटुबको ट्रेण्डिङ्ग वानमै रहेको छ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.