ब्लग - साहित्य/ हाम्रो लेख

 Suyog Dhakal   -  Jun 20 2017

गोर्खाल्याण्ड दिन नचाहनुका कारणहरु

वेस्ट बंगालका बहुसख्यक बंगाली भाषीहरु भन्दा सास्कृतिक, भाषीक र भौगोलिक रुपमै नेपाली भाषीहरुको जीवनशैली र पहिचान फरक छ । तरपनि राज्य सरकारले गोर्खाली अल्पसख्यकहरुको माग, चाहना र भाषालाई अहिलेसम्म राम्ररी संवोधन नगरेको आरोप छ भने ममता बेनर्जीको सरकारले बंगाली भाषा औपचारीक गरेलगत्तै चिसो आन्दोलन पूनः तातेको हो ।


 Suyog Dhakal   -  Jun 19 2017

बर्खा बिशेषः मेरो गाँउको घरको छानामा प्वालहरु छन्

टाँडे घर थियो, मैले पहिलो पटक घर भनेर थाहा पाएको त्यो घर । बामे सर्दा देखि भकुन्डोखेल्दासम्म यति हिडियो त्यो घर कि अहिलेपनि त्यहाँ पुगे भने आँगनवाट पुजाकोठासम्म म आँखा चिम्म गरेरै पुग्नसक्छु, कोठा कोठाका झ्याल अनि ढोकाहरुले मलाई चिन्नेछन्, खुट्टा खाँबाहरुमा मेरो नामका किल्लाहरु ठोकिएका छन् अनि दशकौँ अगाडि भएतापनि घरका भित्ताहरुमा कमेरो माटो ल्याएर यीनै हातले पोतेको छ ।


 Suyog Dhakal   -  Jun 15 2017

गोर्खाल्याण्ड आन्दोलनको पृष्ठभुमी

नेपालीहरुलगायत विश्वले पनि यो आन्दोलन, दमन, पृष्ठभुमी र राज्य अनि केन्द्रिय सरकारको भुमिका देखिरहेका छौ । गएका दिनमा आन्दोलन मार्फत भाषा, साहित्य अनि प्रजातन्त्र सँस्थागत गरेको अनुभव नेपालीहरुसँग ताजै छ । उता दार्जिलिङमा भने राज्य सरकारले पछि नेपाली भाषालाई दोश्रो या तेश्रो स्थान दिने निर्णय गर्दासम्म दार्जिलिङ धेरै तातिसकेको थियो ।


 Suyog Dhakal   -  Jun 15 2017

चे ग्वभेरा (१९२८ देखि १९६७)

आउनुहोस् अर्जेन्टिनामा जन्मिएर क्यूबाको स्वतन्त्रता योद्धा हुँदै संसारभरि ख्यातिप्राप्त चे, जो मेडिकल साइन्सका विधार्थी अर्थात भविष्यका डाक्टर पनि थिए । तर उनी स्वतन्त्रताप्रतिको मोहका कारणले आन्दोलनमा होमिन पुगे, उन्को मृत्यूका विषयमा अझै एकप्रकारको रहस्य छ, उन्को भनाई अनि धारणा लगायत लवाईखवाई उदहारणीय थियो ।


 Suyog Dhakal   -  Jun 12 2017

आफू कमजोर भएपछि अरुहरुको हस्तक्षेप भइहाल्छः दर्शन रौनियार

विभिन्न चरणमा जनताबाट म्यान्डेड पाएका राजनैतिक शक्तिहरुले नै पनि गर्न सकेका, चाहेका अनि चाहेर पनि नगरेका कुराहरुको फेरिहिस्त पनि त लामै छ । भ्रष्टाचार, सत्तामोह, अनियमितता अनि विभिन्न कुरामा पार्टी विशेषको असंलग्नता, संलग्नता अनि तदारुकता हामीले बुझेका छौ, देखेका छौ अनि भोगेका छौ ।


 Bishwa Raj Adhikari   -  Jun 12 2017

मध्यपूर्वमा नेपाली कामदारहरूको भविष्य

अनेक सामग्री आयात गर्न जसरी नेपाल ठूलो मात्रामा भारतमाथि निर्भर रहनुपर्दछ त्यसैगरी कतार पनि साउदी अरेबियामाथि निर्भर रहनुपर्दछ। अझ कतारको भूमिबाट सम्पर्क केवल साउदी अरेबियासँग मात्र छ। नेपालसँग त दुई छिमेकी राष्ट्रहरू भारत र चीनसँग भूमिबाट सम्पर्क गर्ने अवसर छ। तर टाँसिएको छिमेकी साउदी अरेबिया मात्र भएकोले कतार, साउदी अरेबियामाथि ज्यादै आश्रित छ।


 Suyog Dhakal   -  Jun 06 2017

कतारको कुटनैतिक सकंट अनि नेपाली कामदारमा त्यसको प्रभाव

एक्ट्रेसिजम अर्थात चरमताको कारण जनाँउदै साउदी अरब र अन्य ६ वटा देशहरुले कतारसँग आफ्नो कुटनैतिक सम्बन्ध तोडेका छन् । नेपाली अर्थतन्त्र अनि कतारमा कार्यरत नेपालीजनको सुरक्षाकालागि कतारको यो अवस्था, कारण अनि प्रभावहरुका बारे हामी सबैले बुझ्न जरुरी र महत्वपूर्ण पनि छ ।


    -  Jun 05 2017

लैंगिक समानताको लागि एन्टेना फाउण्डेशनको ‘पाँच मिनेट‘ अभियान

एन्टेना फाउण्डेशन नेपालद्धारा ललितपुरमा आयोजित एक समारोहको बीच सोमबार लैंगिक समानतामा आधारित “पाँच मिनेट” नामक भिडियो सिरिजका २ भिडियो थुप्रै आगन्तुक माझ प्रस्तुत गर्दै उक्त फाउण्डेशन को यो अभियान को शुभारम्भ गरियो। समाजमा विद्यमान लैंगिक विभेदको अन्त्य गर्ने उदेश्य सहितको पाँच मिनेटको यस चेतनामुलक भिडियोका भागहरु प्रत्येक हप्ता संस्थाको युट्यब च्यानल मार्फत प्रसारण गरिन्छ ।


 Suyog Dhakal   -  Jun 05 2017

निर्जला एकादशी, तुलसी रोप्ने दिन

घर अगाडि एउटा सानो सिँगारिएको तुलसीको मोठ सनातन धर्मावलम्बीहरुको पहिचान हो । तुलसी बास्तवमै एउटा बहुउपयोगी र ओखतीजन्य वनस्पति हो । हरेक वर्ष निर्जला एकादशीका दिन सनातन धर्मावलम्बीहरुले तुलसी रोप्ने गर्दछन् ।


 Suyog Dhakal   -  Jun 02 2017

जेब्रा क्रसिङको इतिहास

जेब्रा क्रसिङको एउटा रोचक कुराचाँही के छ भने सन् २०१३ मा फिनल्यान्डको हेलसिन्कीमा रसियन राजदुतावास अगाडि जेब्रा क्रसिङ बाटोमा पोतेर अनौठो र शान्त आन्दोलन गरिएको थियो । रसियाको सरकारले तेश्रो लिङ्गीहरुलाई अधिकार र मान्यता नदिएको भनेर उक्त विरोध गरिएको थियो ।


 Suyog Dhakal   -  Jun 02 2017

यसपाली ऐसेलु खानु भयो ?

ऐसेलु सँग नेपाली पहाड र नेपाली मनमा एउटा गहिरो नाता छ , यसपाला पनि ऐसेलु फलेर भ्याइन आँट्यो । बनैलाई पहेँलपुर बनाएर फल्ने यस फल काँढा भित्र लुकेको एउटा बुट्यान अझ भनौ झाडीभित्र पाइन्छ ।


 Suyog Dhakal   -  Jun 02 2017

जेष्ठ १९, त्रास र रहस्य

सम्बोधन तिमीलाई गर्दैछु म , सिकेका ति सबै रागहरुले भन्ने गीतमा एउटा समर्पण रहेको छ । राजपरिवार का सदस्यहरुको सामुहिक बिभत्स हत्या पछिको रहस्य अनि नेपालीहरुको राजपरिवार प्रतिको सदभावना यस गीतमा रहेको छ । दरबार हत्याकाण्ड भएको वर्ष जेष्ठ १९ शुक्रबार परेको थियो र आज १६ वर्षपछि पस्नः शुक्रबारकै दिन जेष्ठ १९ आएको छ ।


 Suyog Dhakal   -  May 31 2017

सिथि नखः

उपत्यकामा पहिले जस्तो खुल्ला जमिन र माटोको सेरोफेरो थोरै हुनगएकाले पानीको मुहान स्वच्छ र भरिभराउन नभएको तथ्य छ । जतिसुकै धेरै वर्षाको पानी परेतापनि वरपर सिमेन्टको भुई भएकाकारणले यसरी परेका पानी मुहानले सोस्न नपाउने हुन्छ ।


    -  May 31 2017

पवित्र 'रमादान'को महिना

ईस्लामीक पात्रो अनुसार हरेक वर्षको ९ औं महिनामा रमादान महिना पर्दछ, कूल ३५४ दिनको यस पात्रो पनि चन्द्रमानकै आधारमा रहेको छ ।


    -  May 25 2017

भोटो जात्रा

बुंग द्यः जसलाई रक्तलोकित्सर्व करुणामय अनि रातो मछिन्द्रनाथ पनि भनिन्छ, वर्षाका देवताका रुपमा प्रचलित यस देवताको जात्रा काठमाडौले सदियौँदेखि मनाउँदै आएको छ । नेपाल संवत्को सातौँ महिना बछलाको शुक्लपक्षको चौँथो तिथिमा पर्ने यस जात्राका दिनहरु यसै दिन हुन्छ भनेर यकिन गर्न सकिदैन् ।


 Suyog Dhakal   -  May 09 2017

मीन बहादुर शेरचन, सगरमाथा समाधी

चैत बैशाख पर्वतारोहणको समय हो, यसै समय ताका धेरैले शिखर चुम्ने, पूनः चुम्ने अनि किर्तिमान राख्ने सोच राखेका हुन्छन् । यहि वर्ष सन् २०१७ को मे ७ मा मीन वहादुर शेरचनको सगरमाथा आरोहणको तैयारी क्रममा आधार शिविरमा मृत्यू भएको छ ।


    -  May 04 2017

आज "नेपाल स्पेल बी"को आठौ भाग

मलिन मिडिया एन्ड इभेन्ट्सले आयोजना गरेको शैक्षिक कार्यक्रम "नेपाल स्पेल बी" को आठौ भाग आज प्रशारण हुँदै छ । युवा तथा विद्यार्थी माझ निकै लोकप्रिय रहेको यस कार्यक्रममा आज बागिश्वोरी उमाबी का प्र ज्वल पक्का, रिलायन्स इन्टर्नेसनल एकेडमिका बिप्लब पौडेल, पिन्नाकल एकेडमिकी सिम्रन शाक्यले प्रतिस्पर्धा गर्दैछन ।


 Bishwa Raj Adhikari   -  May 03 2017

भारतसँग व्यापार घाटा: नियन्त्रणका उपायहरू

भारतसँग हुने व्यापारमा नेपालले वर्षौंदेखि घाटा बेहोर्दै आएको छ। अर्थात् भारतसँग नेपालको व्यापार अति नै असन्तुलित छ। नेपाल–भारत व्यापार भारतको पक्षमा मात्र छैन, नेपालसँग रहेको व्यापारको आप्mनो बलियो स्थितिलाई राजनैतिक सौदेबाजीको अचुक तिरको रूपमा पनि प्रयोग गर्दै आएको छ।


 Suyog Dhakal   -  May 01 2017

श्रम अनि पढाई विचको सौतेनी समबन्धः श्रमिक दिवस विशेष

गाँउमा राम्रो स्कूल थिएन या म वदमाश थिए । मलाई बच्चैमा शैक्षिक मुग्लान पठाईयो, आमावुवाको सपना थियो पढेर ठूलो मान्छे बनोस भन्ने । मम्मीको पुरानो डायलग अझै याद आँउछ, बाबु राम्ररी पढ है नत्र हलो जोतेर खान पर्ला भन्ने । तर हलो जोत्ने काम अनि श्रमिक कार्यहरु मलाई अत्यन्त कुल लाग्थे, एकदिन सरले सबैलाई सोध्नुभयो आफ्नो जिवनको लक्ष्यकावारेमा ।


 सुधन सुवेदी   -  Apr 26 2017

मम्मी तपाईको मुख हेरेँ है ✔ ह्याप्पी मदर्स डे !✕

मम्मी त विदेशीले भन्न सिकाए हामीलाई आपतविपतमा कहाँ मम्मी आउँछ आमा नै आउँछ भनेर सानो कक्षाका गुरुले भन्नुहुन्थ्यो । सायद तेसो भन्ने गुरुबाले आमा कै सम्बोधन गर्नुहुन्थ्यो होला । आफूलाई गाह्रो साह्रोमा त मम्मी नै मुखबाट निस्कन्छ । आमा, मुमा, मामु नि आउँदैन । सानैदेखि जे बानी पर्यो तेही त आउने होला ।


 Suyog Dhakal   -  Apr 25 2017

शोकको २ वर्ष: रमेश भाई! त्यो दिन शहरबाट धूलो मात्र उडेको थियो

तिम्रो विदेश जाने रहर अधूरो भयो अनि मैले तिमीलाई भेट्ने... खैर ति रहरका त के कुरा गर्नु रमेश भाई! भूँईचालोले घरबार लडाएपछी बल्लतल्ल त्रिपालमुनी छानो पाएकाहरुले त्यही त्रिपाल मुनी दुईवटा हिउँद र वर्षा बिताईसके, त्रिपाल मक्कियो, लर्कियो तर त्यहि बनाउन सरकारले प्रमुख पदनमा दुर्इजना नियूक्त गरीसके तर भूँइचालोले गालेको दुर्इजनाको मुहारमा अझै खुशी दिनसकेनन्, तिमीलार्इ हिजो को खबर थाहा छ?


 Bishwa Raj Adhikari   -  Apr 24 2017

राष्ट्रपतिको भ्रमण: आर्थिक विकासको मुद्दा

गत सोमवार वैशाख ४ देखि अति चर्चा, बहस र विवादसहित शुरु भएको राष्ट्रपति विद्यादेवी भण्डारीको चार दिवसीय भारतको राजकीय भ्रमण अहिले पनि जारी छ। भण्डारी भारतको लागि प्रस्थान गर्दा नै उनले प्रस्थान गर्ने र फर्किने दिन नेपालमा सार्वजनिक बिदा दिने भनी सरकारले गरेको निर्णय ज्यादै आलोचित हुन पुगेको थियो। त्यसरी अति नै आलोचित हुने दुईटा कारण थियो।


 Bishwa Raj Adhikari   -  Apr 17 2017

आर्थिक विकासका लागि पहिले सोंचमा परिवर्तन गरौ

हाम्रो आर्थिक जीवनलाई दुई कुराहरू: कम्युनिष्ट सिद्धान्त र हिन्दी सिनेमाले अति नै प्रभाव पारेको छ। प्रभाव पनि कपडामा रंग चढेर झर्न कठिन हुने जस्तो गरी प्रभाव पारेको छ। र यी दुई कुराहरूले धनीहरू प्रति खास किसिमको नकारात्मक धारणा निर्माण गर्न नेपाली समाजलाई बाध्य पारेका छन्।


    -  Apr 15 2017

२०७३ लार्इ फर्केर हेर्दा

अन्याैलको खाल्डा-खुल्डिबिच २०७३ एउटा अर्को उतार चढावको वर्षमैं गन्ति भएर विदा भयो । केहि सकारात्मक र प्रशस्त नकारात्मक समाचारले वर्ष २०७३ मा हामि सबैलाई कहिले खुशी त कहिले दुखि बनाइरह्यो । हाम्रो पात्रो आज यहाँहरुमाझ प्रस्तुत गर्दछ २०७३ का केहि घटना, केहि नेपाली नायकका कथाहरु जुन शायद हामि लामो समयसम्म बिर्षन सक्दैनौ ।


 Suyog Dhakal   -  Apr 13 2017

नयाँ वर्ष विशेषः कम्फ्यूसियसका प्रेरणादायी १० भनाईहरु

छिमेकी मुलुक चीनका अत्यन्त प्रभावशाली दार्शनिक, गुरु अनि राजनितिज्ञ कम्फ्यूसियसका प्रेरणदायी १० भनाईहरु यहाँहरु समक्ष लिएर आएका छौ, नयाँ वर्षको यो सँघारमा । जीवनलाई सकारात्मक रुपमा अगाडी लैजान अनि सरल, सहज र खुशी जीवन ब्यतित गर्नका लागी ।


 Bishwa Raj Adhikari   -  Apr 10 2017

आर्थिक विकासमा पुनर्जागरणको महत्व

युरोपको आर्थिक विकासमा पुनर्जागरण (Renaissance) ले महत्वपूर्ण भूमिका खेल्यो। यो युगमा युरोपेलीहरूका पुराना विश्वासहरू, जुन मानवता भन्दा धर्मान्धतामा आधारित थिए, आधुनिक लोक कल्याणकारी सोंचहरूबाट विस्थापित हुने क्रम सुरु भयो।


 Suyog Dhakal   -  Apr 05 2017

सेतो मछीन्द्रनाथ रथ यात्रा : एउटा प्राचीन संस्कृति

काठमाडौको असन र ईन्द्रचोक विचमा सेतो मछीन्द्रनाथको मन्दिर रहेको छ, जुन मन्दिर १०सौ शताब्दीमा स्थापना भएको एतिहासिक मन्दिरका रुपमा लिईन्छ । काठमाडौ एउटा शहर मात्र हैन सभ्यता नै हो भने मछीन्द्रनाथदेवता मात्र नभएर काठमाडौका एउटा सस्कारको केन्द्रबिन्दु हुन् ।


 Bishwa Raj Adhikari   -  Apr 03 2017

अमेरिका जहाँ नयाँ व्यापारको आविष्कार हुन्छ

संयुक्त राज्य अमेरिका राजनैतिक क्षेत्रमा मात्र विश्वमा अग्रणी स्थानमा छैन, आर्थिक क्षेत्रमा पनि अग्रणी स्थानमा छ। आर्थिक क्षेत्रमा अग्रणी स्थानमा भएको हुनाले नै राजनैतिकरूपमा पनि अग्रणी स्थानमा हुन पुगेको हो।


 Suyog Dhakal   -  Mar 31 2017

सबैभन्दा छोटा तर सबैभन्दा मिठा, पढनै पर्ने ५ वटा नेपाली कथाहरु

तल प्रस्तुत कथाहरु वास्तवमै छोटा छन् तथापी मिठा छन् । नेपाली गाँउ अनि परिवेशसँग समबन्ध राख्ने यी कथाहरु तपाँईहामी कसैको या छरछिमेक अनि साथीभाईको हुन सक्छ । आउनुहोस्, पढौँ । मेल खान गएमा संयोग नमाने हुन्छ ।


 Bishwa Raj Adhikari   -  Mar 27 2017

बजारको लागि झगडा

यो युग बजारको लागि झगडाको युग हो। यो व्यापार युगमा दुई देशबीचको सम्बन्ध ज्यादै घनिष्ट वा ज्यादै खराब राजनैतिक होइन, आर्थिक कारणले हुन्छ। बजार हस्तक्षेप र विस्तारको कारणले हुन्छ।


 Suyog Dhakal   -  Mar 22 2017

वसन्त , ॠतुहरुको राजा

खेतमा गहुँको वाली लहलहाउन थालेको छ, पातहरुमा अनि फूलमा रंगीविरगीं पुतलीहरु फरफराउन थालेका छन् अनि विभिन्न मेलाहरु लाग्न शुरु हुँदैछ । ॠतुहरुले भावनाको सञ्चार गर्दछन्, भावनाहरुको जागृत गर्न अनि जोश र उत्साहहरुसँग ॠतुको विशेष समबन्ध रहन्छ । वर्खा रितुलाई सबैभन्दा धेरै काब्यात्मक बिम्बहरुमा प्रयोग गरिएको हुन्छ तर त्यसपछीको धेरै प्रयोग गरिएको ॠतु वसन्त हो ।


    -  Mar 20 2017

नेपाल टुरिजम बोर्डको सहभागिता रूसको पर्यटन मेलामा

अहिले रूसको मस्कोमा जारी अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाल टुरिजम बोर्डको पनि सहभागिता रहेको छ । चैत्र १ गतेबाट सुरु भएको यो मेला बिहिबारसम्म अर्थात चैत्र १० सम्म चल्नेछ। ६ नेपाली पर्यटन ब्यवसायी संस्था र नेपाल पर्यटन बोर्डले मिलेर नेपाललार्इ त्यस मेलामा प्रतिनिधित्व गरिरहेका छन् ।


    -  Mar 19 2017

पाठेघर बिक्रिमा सरोगेट आमाको कथा

संसार पर्याप्त विकास भएछ, हरेक वर्ष, हरेक मौसम अनि हरेक आयाममा । अब बच्चा पाउन तपाँईले ९ महिना गर्भ पनि बोक्न पर्दैन, पैसो भएमा भाँडामा अर्काको पाठेघरमा आफ्नो वालवच्चालाई उमार्न सक्नुहुनेछ । उमार्न, शायद त्यती सुहाँउदो शब्द भएन्, तर फेरि अर्थ यस्तै छ, उमार्न । आउनुहोस्, यसै गरि आफ्नो गर्भमा अरुको वालवच्चा हुर्काएकाी सरोगेट आमाको आत्मवृतान्त लिएर हामी आएका छौ, केवल हाम्रो पात्रोमा ।


    -  Mar 15 2017

'Nepal Spell Bee' प्रारम्भ

'Nepal Spell Bee' अर्थात नेपालमा पहिलो पटक अंग्रेजी शब्दका स्पेलिङ सहि ठम्याउनसक्ने पारखी बिद्यार्थीहरुबिचको प्रतिस्पर्धा कान्तिपुर टेलिभिजनमा हरेक बिहिवार राती ९ बजे देखि १० बजेसम्म प्रसारण हुँदैछ । आयोजक मलिन मेडियाले देशभरका सबै होनहार बिद्यार्थीहरुले यस प्रतियोगितामा भाग लिन...


 Suyog Dhakal   -  Mar 14 2017

एउटा नेपालीको तर्फबाट भारतीय मित्रलाई खुल्ला पत्र

म एउटा नेपाली, आफ्ना छिमेकी तिमी भारतीय मित्र अनि तिम्रा परिवारको सुस्वास्थय, दिर्घायू अनि कुशलताकालागी पालैपिच्छे पशुपतीनाथ, जानकी मन्दिर अनि मुक्तिनाथ लगायत जामे मस्जिद, नेपाली चर्चहरु, स्वम्भू अनि वोद्ध स्तुपाहरुमा प्रार्थना गर्दछु । तिमी पनि तिम्रा देशमा भएका देवालय, चर्च अनि गुम्वाहरु लगायतका अन्य तिर्थस्थलमा हामी नेपालीका लागी प्रार्थना गर है । मलाई तिमीसँग कुनै रिस छैन तन कुनै गुनासो नै तर गएको हप्ता भएको एउटा घटनाले म मात्र नभईकन हामी सबै नेपालीहरुको हृदय छिया छिया भएको छ । आउ म सविस्तार मेरो कुराहरु भन्छु ।


 Bishwa Raj Adhikari   -  Mar 09 2017

नेपालमा महँगी र नियन्त्रणका केही उपाय

नेपालको अर्थ व्यवस्थालाई अहिले मुख्यगरी पर्यटन र रेमिटेन्सले धानेको छ। सामान्य किसिमले हेर्दा कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको ५ र रेमिटेन्सको ३० प्रतिशत हिस्सा रहेको देखिन्छ। यसरी कुल गार्हस्थ्य उत्पादनमा रेमिटेन्सको हिस्सा अत्यधिक हुनुले नेपालको अर्थ व्यवस्था रेमिटेन्समा बढी आश्रित हुँदैगएको प्रस्ट हुन्छ। साथै नेपालको आफ्नो आन्तरिक उत्पादन घट्दै गएको तथा राष्ट्रिय श्रमशक्तिको ठूलो हिस्सा विदेश पलायन भएको छर्लङ्ग हुन्छ।


 Suyog Dhakal   -  Mar 02 2017

घुमन्तेका तस्विरहरु

उत्कृष्ट तस्बिरहरूबाट आज तस्बिरका सर्जक घुमन्तेहरुमध्येका उत्कृष्ट फोटो खिच्ने तिनजना फोटोग्राफरहरुलाई पुरस्कृत पनि गरियो । यसरी पुरस्कृत हुनेहरुमा प्रथम राजिव कपाली, दृतीय विजय गुरूङ्ग अनि तृतिय सब्रिना डङ्गोल रहेका छन् ।


    -  Feb 11 2017

Nepal Spell Bee को प्रेस रिलिज

अहिले हाम्रो यो समाचार पढेर अचम्म पर्नुभएका सबै र यस्तै अन्योलमा हुनुभएका थुप्रै मानिसहरुको सोंचाइ प्रष्ट पार्दै आज यहि प्रतियोगीताका आयोजक 'मलिन मेडिया तथा इभेन्ट'ले बानेश्वर स्थित अल्फाबिटा कम्प्लेसमा प्रेस रिलिज आयोजना गर्यो । थुप्रै संचारकर्मी तथा प्रायोजकहरुको उपस्थितिमा मलिन मेडियाका व्यवस्थापकिय निर्देशक महेश पोखरेलले नेपालमै पहिलो पटक हुन लागेको यो शिक्षा प्रदान खेलकालागि आफुहरुले देशका विभिन्न ५८ वटा जिल्लाका लगभग ७०० भन्दा बढी बिद्यालयका ९,१० र +२ लेभलका इच्छुक बिद्यार्थीहरुको अडिसन लिने जानकारी दिए ।


    -  Feb 07 2017

आफ्नो मायालुलाई भन्नैपर्ने १५ वटा प्रेमील सन्देशहरु

शब्दको जादु एउटा अदभुत कुरा हो, अझ मायामा त शब्दको महत्व विशेष हुन्छ । यो फेब्रुअरी महिना, भ्यालेन्टाईन डे अनि आसपासका रोज डे, चकलेट डे लगायत अन्य विभिन्न दिवसहरुको संगालोमा यो महिना अनि मायाको मीठो अभिब्यक्तिको विशेष समबन्ध पाईन्छ ।


 मन्दिप गाैतम   -  Feb 03 2017

पर्यटन बोर्डले देखाएको 'हुम्ला चित्र'

नेपाल पर्यटन बोर्डको प्रांगणमा हुम्लाका ति जीवन्त तस्विरहरु हेर्दा आँखालार्इ आनन्द महसुस मात्र भएन मनमा उत्साह र गर्व पनि भरीयो ।भनिन्छ नि “तस्विर आफै बोल्छ” , हुम्लाका ति तस्विरहरुले त्यहाँ को सौन्दर्यता र भौगोलिक बिविधतालार्इ प्रष्टै ब्याख्या गरेको छ ।


    -  Feb 02 2017

मातृभाषा

नेपाल एउटा फुलवारी नै हो र यहाँ विभिन्न भाषा वोल्ने फूलवारीका फूलहरु छन् । चाहे ल्हासो भनुन या फ्याफुल्ला या नमस्ते भनुन या जयमसीह भनुन् । चाहे सलाम वाले कुम भनुन या जदौ या तारेमाम भनुन् यहाँ हजार विभिन्न भाषाको एउटै मतलब छ र त्यो हो प्रेम, राष्ट्रियता अनि सदभाव । आउनुहोस जुनसुकै भाषा बोल्ने सकल नेपाली जनमा आजको यो अन्तराष्ट्रिय मातृभाषा दिवसको हार्दिक शुभकामना दिऔ ।


    -  Feb 02 2017

हुम्लाका जिवन्त तस्वीरहरुः यसपटकको 'फोटो नेपालमा'

अनि तपाईलाई थाहा छ ? यसवर्ष नेपाल पर्यटन वोर्डले घुमफिर वर्षकारुपमा प्रर्वधन गरिरहेको छ । आउनुहोस, सबैजना मिलेर यस वर्ष धेरै भन्दा धेरै स्वदेशी गाँउठाँउहरु घुमौ, हेरौ अनि जानौं । नयाँ ठाउँको यात्रा गर्नु नै धेरै भन्दा धेरै सिक्न पाउने अवसर हो अनि फेरि आफ्नो देशका ठाँउहरु घुम्न जानु एउटा गौरबको विषय पनि हो ।


    -  Jan 27 2017

सार्वजनिक सवारी सक्स

बेलुका अफिस सकेर घर फिर्दा ती आखाँहरु हेर्न पाइन्छ जुन ब्यग्रताकासाथ बसको प्रतिक्षामा हुन्छन् । बस रोक्ने ठाउँ आधा ओगटेर बसेका ती सबै आँखा धनीका चाहना सकुसल घर र्फिन पाइयोस् भन्ने मात्र हुन्छ । माघको ठन्डीले रात चाँडै निम्ताइराख्दा यो कुराइ झन् अत्यासै लाग्ने हुन थालेको छ । एउटा माइक्रो सुसेल्दै आइपुग्दा चढ्न खोज्ने ती अटाउने पन्ध्रका बीचमा बीसले मौका पाउछन् छिर्न । बीसले तैबिसेक आफूलाई अड्याउने ठाउँ पाउँछन् बाँकिका नसिबमा चिसा डण्डी ।


 Suyog Dhakal   -  Feb 11 2017

फिडेल क्यास्ट्रोसँग भेटेर आउने नेपाली

सन् २००१ मा क्यूवाको हवानामा क्यूवाले नै Inter parliamentary union conference आयोजना गर्यो जसमा विभिन्न राष्ट्रहरुका संसदिय पदाधिकारीहरु सम्मेलित हुनुभएकोमा नेपालका तर्फबाट संसदीय डेलिगेशनको नेतृत्व बुवाले गर्नुभएको थियो । बुवा उतिधेरै आफ्ना कामको कुरा घरमा सुनाउनुहुन्नथ्यो तथापि हवानामा फिडेल क्यास्ट्रोलाई भेटेर आएपछी बुवाले क्यास्ट्रो अरु नेताभन्दा अत्यन्तै फरक र अन्याय सहन नसक्ने ब्यक्ति रहेको भन्नुभएको मलाई याद छ । क्यास्ट्रोसंगको बुवाका तस्वीरलार्इ हाम्रो पात्रोमार्फत् नयाँ पुस्ताले इतिहाससंग साक्षतात्कार गरून अनि बुवाको सम्झना कोशेली पनि होस् भन्ने उद्देश्यले मैले यो अनुभव राखें ।


    -  Jan 23 2017

प्रारम्भ "Nepal Spell Bee" को

टेलिभिजनमा शिघ्र प्रशारण हुने यो प्रतियोगितामा देशका सम्पूर्ण +२ लेभल का बिद्यार्थीले सहभागी हुन पाउन भन्ने सोचमा मलिन मेडिया ले देशको विभिन्न ठाउँमै पुगेर ती बिद्यार्थीहरुको छनौट गर्नेछ जसले अन्तरास्ट्रिय स्तर को अंग्रेजी शब्दहरुको स्पेल्लिङ बताउन सक्छन् । इच्छुक विद्यार्थीहरुले ढिला नगरी आफ्नो शहरमा गर्इ आफ्नो स्पेलिङ मा भएको अात्मविश्वास सहितको कला प्रस्तुत गर्न सक्नुहुनेछ ।


 Suyog Dhakal   -  Jan 12 2017

रुई, दुई र फुईवाला जाडो

अनि जाडोको मध्यविन्दुमा हामी आईपुग्यौ, माघेसक्रन्ति संघारमा छ केही दिनमा सकिन्छ पनि । धेरैजना साथीहरु पूर्पूरोमा हात लाएर यसपालाको माघेसक्रन्ति शनिवार परेर एउटा विदा खेर गयो नत्र गज्जबले दुई दिनको विदाको लाभ उठाउन पाउने अवसर गुमेकोमा विस्मात मानेर वस्नुभएको पनि होला, कोही कोही विदेशमा वसेर स्वदेशको तिलको लड्डु अनि तरुलको याद गर्दै हुनुहुन्छ पनि होला ?


 Suyog Dhakal   -  Jan 05 2017

भागवत गीता, अमेरिका र विरगंज

अहिले तपाई हाम्रो प्यारो मोबाईल एप्स हाम्रो पात्रोमा विश्वगीताका श्लोकहरु अडियो सहित प्रस्तुत गरिँदैआएको र उक्त गीताका अध्यायहरुले अत्यन्त चर्चा र प्रयोगकर्ताहरुको माया पाईरहेकोमा आज हामी उक्त विश्वगीताका अनुवादक अनि लेखक विश्वराज अधिकारीका बारेमा केही कुराहरु प्रस्तुत गर्न जाँदैछौ, केवल हाम्रो पात्रोमा ।


 मन्दिप गाैतम   -  Dec 31 2016

सन् २०१६ का प्रमुख घट्नाक्रम

यस वर्ष राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा भएका मुख्य घटनाक्रमलाई एकफेर सम्झिनै पर्छः सिरिया, अफगानिस्तान अनि ईराकबाट यूरोप छिर्ने शरणार्थीहरुको दर्दनाक ब्यथा र कहालीलाग्दो सामुन्द्रिक यात्राको श्रृंखला यसवर्षपनि कायमै रह्यो । अर्कोतर्फ जे के रोलिङ नामक प्रसिद्ध लेखिकाको कृती ह्यारी पोटरमाथी सफल चलचित्र श्रृंखलाहरु बनाएका निर्देशक एलेन रिकम्यानको निधनले रङ्गमञ्च संसार स्तब्ध बन्यो । यस्ता धेरै सकारात्मक र नकारात्मक समाचारले मानव जीवनमा यो वर्ष उतार चडाव ल्याई रह्यो ।


 Suyog Dhakal   -  Dec 29 2016

हिन्दु धर्म र शखंको महत्व

हिन्दु धर्मको कुरा गर्दा र हिन्दु परिवारको वसाईको आकलन गर्दा एउटा पूजाकोठा, दैनिक चढाईएका फूलहरु , प्रसादी राख्ने सानो कचौरा, पञ्चपात्रो, चन्दन घोट्ने चनौटो अनि अचामनी अर्थात जल अचाएर शिरमा राख्ने सानो धातुको चम्चाजस्तो पूजासाम्रगी आदिहरु याद आँउदछन् । तपाईहरुलाई त थाहै छ, हाम्रो पात्रोले नेपालीपनाको पर्यायवाचीकारुपमा हामीले विर्सन आँटेका अनि नयाँ पुस्ताले भुल्न लागेका सस्कार अनि साम्रगीहरुलाई मोवाईल एप्स मार्फत प्रस्तुत गर्ने गर्दछ भन्ने ।


 Suyog Dhakal   -  Dec 21 2016

डोको को आत्मकथा

मेरो नाम डोको हो, मलाई सामान बोक्ने काममा प्रयोग गरेको तपाईहरुले देख्नुभएको हुनपर्दछ । बिहान गोठको भकारो सोहोर्ने देखि मेलापात जाँदासम्म, अन्नपात अनि बिस्कुन बोक्न देखि कहिलेकाँही विरामी बोक्न सम्म मलाई प्रयोग गरिन्छ, कोप्रो आकारको थोरै त्रिकोणत्मक अभिब्यक्ति मेरो आकारले दिन्छ । आजभोली सामान बोक्न ब्यागको प्रयोग गरिन्छ, हो म पनि गाँउले जिवनशैलीको एउटा ब्याग हुँ । अझ ब्याग भन्दा पनि पुरानो नेपाली जिवनशैली अनि उकाली ओराली अनि थुम्काहरुको लागी म सानो तिनो टरक नै हुँ, चक्का भएका ठूला टरकहरु बाटाबाटामा दुर्गुछन भनेँ म चाँही मान्छेको ढाडमा उकाली ओराली अनि चौतारीहरुमा सामान ओसार्छु ।


 देव प्रसाद गाैतम   -  Oct 30 2016

दिपावलीलाई दुसित नपारौँ

त्यस्तै राक्षस हिराण्याक्ष हिरण्यकशिपुका सन्तान राजा बलिले, दानवको बलले श्वर्ग जित्ने भएपछि, भगवान् विष्णुले छल गरि तिन पाऊँ जमिन मागि पाताल पुर्याएको बेला बलिले बर्षमा एकपटक पृथवी भ्रमणगर्न पाउने बरदान पाएकाले यहिबेला भ्रमण गर्छन भन्ने धारणा रहेको छ । उनको स्वागतार्थ र श्रीरामले लंकापति रावणको बध गरि चौध बर्ष पछि अयोघ्य्या फर्कदा श्रीरामको स्वागतार्थ यसैबेला दिपावली भएकाले त्यसैबेला देखि दिपावली पर्वका रूपमा चलिआएको हो।


 Bishwa Raj Adhikari   -  Oct 20 2016

कोलम्बियाको जनमत सङ्ग्रह: धूरीबाट कराएको 'पाप'

फार्कका नेता, लडाकू एवं कार्यकर्ताहरूले गरेका जघन्य अपराधहरूलाई जनताले भुल्न सकिरहेको छैन्। उनीहरूले गरेको अपराध कर्मको लागि सजाएँ पाएको जनताले देख्न चाहेको छ। यसैगरी राजनीतिको आवरणभित्र रहेर फार्कका नेताहरूले ‘कोकिन-व्यापार’ बाट धेरै पैसा कमाएका थिए। जनतालाई त्यो पनि मन परेको छैन। समग्रमा, कोलम्बियाको जनताले हतियारधारी बिद्रोही सङ्गठन फार्क र यसका नेता एवं लडाकूहरूलाई सजिले माफि वा उन्मुक्ति दिन चाहेको छैन र त्यो कारणले गर्दा नै जनताले सरकारद्वारा गरिएको शान्ति सम्झौता अस्वीकार गरेको छ।


 Suyog Dhakal   -  Oct 14 2016

दशैं र बुढी औँला

यो दृष्टान्त फेरि दोहोरिदैछ , बुढीऔलाहरु जस्तै एउटा नेपालीजनको टुक्रा यस दशैंबाट विमुख हुँदैछ, तितो यर्थाथसँगै । भुगर्वविदहरुले सिस्मिक प्लेटहरुको चहलपहलले भुइचालो आयो भन्नेगर्दछन तर उनिहरुलाई शायद भुइचालो आउनु कुनै दैव लागेको हो, पिडा दिएर गयो त्यो पनि यति असह्य कि अब हरेक दशैं, तिहार, तिज अनि नयाँवर्षले त्यो पिडाको घाउलाई कोट्याइनै रहन्छ, एउटा समग्र पुस्ता त्यही पिडा सुमसुम्याउदै बाँच्नेछ अनि त्यो सुम्सुम्याईले अर्को भुइचालो ल्याउनेछ, हृदयभित्रको कम्पन । त्यस्मा वितेका आफन्तको यादले ल्याउने कम्पन, घरवार विहिन हुनुको कम्पन, दुइवर्षदेखि छत विहिन वस्नुको कम्पन, हिँउदको सिरेटो त्रिपालभित्र छिर्दाको कम्पन अनि पानीको बाछिटाले रुझँउदाको कम्पन् ।


    -  Oct 10 2016

दुर्गापूजा र नारी सम्मान

यतिका धेरै देवीदेवताहरुको मन्दिर, देवल, मुर्ती अनि चाडवाड मनाउने विभिन्न तरिका र वर्षभरि हर्षेल्लासपूर्ण चाडवाडहरुले भरिभराउ देश नेपाल वाहेक शायदै अरुकुनै होला । नव दुर्गा, दश महाविधाहरु, अष्ट लक्ष्मी र चौसठी योगिनीहरु लगायत नेपालमा धेरै स्वरुप र प्रकृतीमा देवीहरु पाइन्छ ।


 Bishwa Raj Adhikari   -  Oct 07 2016

राष्ट्रिय विपत्तितर्फ उन्मुख नेपाल

यसरी निराश भएर नेपाल छाड्ने मनस्थितिमा आम नेपाली पुग्नु सुखद स्थितिको संकेत कदापि होइन। यो राष्ट्रिय-निराशाको स्थिति हो। यो स्थितिले नेपालका भोलिका दिनहरू झन कष्टकर हुने संकेत दिरहेको छ। नेपालको जस्तै राष्ट्रिय-निराशाको स्थिति अहिले दक्षिणी सुडान, सोमलिया, नाइजेरिया, लिवियामा जस्ता अफ्रिकाका अति द्वन्दग्रस्त मुलुकहरूमा देखिएको छ।


 जयदेश श्रेष्ठ   -  Oct 06 2016

दसैँ

आज भोलि थाहा हुन्दैन । दशैको तयारी कसले कसरी गर्दछ । कसले कहाँबाट के ल्याउछ ? कसको घरमा के पाक्छ ? कसले गर्छ ? कसले ठुलो खसी काट्छ ? कसले नयाँ राम्रो लुगा लगाउछ ? यी यावत कुराहरू आफ्नो र अरूको बारे सोच्ने परिपाटीहरु हराउदै गए । तर पनि दसैँ आएको छ ।


    -  Oct 04 2016

दुर्गा को अर्थ : नवरात्रि विशेष

संस्कृतमा दुर्गा भन्नाले अफ्ठेरो, विजय गर्न नसकीने किल्ला या ठाँउ भन्ने वुझाँउदछ, यी दुर्गा(तीनाशीनी अर्थात सम्पूर्ण पिडा र अफ्ठेराहरुको हरणगर्ने, जस्ले हाम्रो मनरुपी जहाजहरुलाई यो संसाराचक्रको कठिन समुन्द्रवाट पार गराउनुहुन्छ, जस्ले मायामोहको चक्रब्यूवाट हामीलाई जोगाउनुहुन्छ र आफ्ना भक्तहरुका कष्टनिवारण गर्दै जिवनमा आइपर्ने कठिन भन्दा कठिन पिडावाट आफ्ना भक्तहरुलाई जोगाउनुहुन्छ ।


 Suyog Dhakal   -  Sep 27 2016

तपाइको वच्चा को खुशी जरुरी या उनिहरुको रिजल्ट

वालवच्चाहरु हाम्रा आशाहरु हुन अनि सपनाका वाहक पनि, उनिहरुको राम्रो पढाई पक्कै पनि हाम्रो सरोकार र दायित्वको विषय हो र यस्का साथसाथै हामी उनिहरुको खुशी र हाँसोप्रति कत्तिको चासो राखेका छौ पनि विचारगर्नुपर्ने छ । कतै पढाई र रिजल्टको अतिरिक्त प्रेसर र वोझले गर्दा हामीले हाम्रो वालवालिकाको सुमधुर वालपन खोसीरहेका त छैनौ ? सबै वच्चाहरु खुशी नहुन पनि सक्छन अनि सबै खुशी वच्चाहरु राम्रो रिजल्ट ल्याउन सक्षम नहुन पनि सक्छन ।


 Bishwa Raj Adhikari   -  Sep 24 2016

के भ्रमण आवश्यक थियो?

दाहालको बाह्य स्थिति पनि हेर्ने प्रयास गरौं । नेपालको राजनीतिमा गहिरो प्रभाव पार्ने छिमेकी भारतले दाहाललाई भरपर्दो नेताको रूपमा लिंदैन तर प्रयोग गर्न सकिने नेताको रूपमा प्रयोग गर्न चुक्दैन पनि । कुनै बेला भारतविरुद्ध नेपाली युवाहरूलाई सुरुङ युद्ध गर्न आह्वान गर्ने र कुनै बेला भारतीय नेताहरूलाई कसेर अँगालो मार्ने दाहालको विचलन र कमजोरीलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने कुरा दिल्ली दरबारलाई राम्ररी थाहा छ । त्यस कारण दाहालले योपटक दिल्ली दरबारमा केपी ओलीभन्दा न्यानो स्वागत पाए ।


 Bishwa Raj Adhikari   -  Sep 17 2016

नेपालको गरिबी: आर्थिक कम मानसिक बढी

नेपालीहरू जुन किसिमले राम्रो आम्दानीको लागि विदेश पलायन भइरहेका छन् के त्यो पलायन केवल गरिबीले गर्दा हो? यो प्रश्न ज्यादै गम्भीर छ। नेपालका ज्यादै गरिब जिल्लाहरू बाजुरा, कालिकोट, बझाङ, हुम्ला, जुम्ला, अछाम, मुगु, डोल्पा, सिरहा, रौतहट छाडेर कुरा गर्ने हो भने अन्य जिल्लाहरूमा व्यक्तिहरू खान नपाएर मर्ने स्थिति छैन, न भोकमरी छ। तर नेपालका सम्पूर्ण जिल्लाहरूबाट व्यक्तिहरू विदेश पलायन हुन खोजिरहेको स्थिति छ। राम्रो आम्दानी हुने शहरका बासिन्दाहरू पनि विदेश पलायन हुन खोजिरहेको स्थिति छ। यस्तो किन भएको होला? यस प्रश्नको उत्तर खोजौं।


 Suyog Dhakal   -  Sep 13 2016

२१सौ शताब्दीमा मानवले विवाह नगर्नुका ७ कारण

नेपालमा विवाहहरु समबन्धी र समबन्धका विषयमा केन्द्रित टयाक्कै समल्ने राष्ट्रिय शोध भएको त छैन तथापि संसारकै शत्तिकेन्द्र र अवसरको देशकारुपमा परिचित अमेरिकामा भने सन १९६० मा ७२ प्रतिशत यूवाहरु विवाह बन्धनमा वाधिएको तथ्याकं छ भने यो दर घटेर सन २०१४ मा केवल ५० प्रतिशत अमेरिकि यूवा यूवतीले मात्र विवाह गरेका छन, दुइ मध्य एक यूवा या यूवती विवाह नगर्ने निधोमा पुगेका छन , अमेरिका मात्र हैन नेपाल या भारतलगायत साउथ एसियन देशहरुमै पनि यूवाहरुमा विवाहप्रतिको वितृष्णा र विवाहको कम आवश्यक्ता महसुसभएको हामीले देखेकै छौ ।


 शौरभ ढकाल   -  Sep 11 2016

जीवन र मृत्युबिचको दूरि

स्टेरिंग नियन्त्रण गर्न नसकेको चालकले चलाएको गाडिको ठक्करबाट बटुवाको मृत्यु त्यही बाटोमा हुनसक्छ । एउटा दिशामा घुमाउनुपर्ने स्टेरिंग चालकको मष्तिष्कले गरेको मिलिसेकेण्डभरको एउटा निर्णयले अर्को दिशामा घुमाइएमा या नघुमाइएमा या ब्रेक नलागेमा बाटोमा हिंडिरहेको जीवन तुरून्तै मृत्युको मुखमा पुग्न सक्दछन् ।


 Bishwa Raj Adhikari   -  Sep 11 2016

नेपालमा किताबहरू किन सजिलै बिक्री हुँदैनन्?

नेपालमा कुनै एक साहित्यकारले एक किताब प्रकाशित गरेपछि त्यसको प्रचार प्रसार प्रकाशकले गरिदिएको ज्यादै कम देख्न पाइन्छ। यसैगरी उक्त साहित्यकारको किताबको बितरक, थोक बिक्रेता वा खुद्रा बिक्रेताले प्रचार प्रसार गरिदिएको त झनै देख्न पाइँदैन। सरकारले गरिदिने त कुरै भएन। यस्तो किन भएको हो भने कुनै एक साहित्यकारले लेखेर बजारमा ल्याएको किताबलाई बितरक, थोक बिक्रेता र खुद्रा बिक्रेताहरूले आफ्नो व्यापार नै ठान्दैनन। त्यो किताबको बिक्री राम्रो भएमा त्यसबाट आफूहरूले राम्रो आम्दानी प्राप्त गर्ने तथ्यलाई बेबास्ता गर्छन।


 Bishwa Raj Adhikari   -  Aug 28 2016

अभिभावकविहीन बन्दै गएको वीरगञ्ज

फोहर पनि अव्यवस्थित किसिमले फाल्ने गरिएकोले यो शहरको सौन्दर्य फोहर र दुर्गन्धले छोपिने हो कि भन्ने अर्को त्राश छ। घरभित्रको फोहर सडकमा फालेपछि घर सफा हुन्छ भन्ने मानसिकताबाट वीरगञ्ज अहिले पनि बाहिर आउन सकेको छैन्। उचित व्यवस्थापनको अभावमा वीरगञ्जका घरेलु एवं व्यापारिक, दुवै किसिमका विसर्जनहरू यस शहरलाई कुरुप पार्नमा उद्धत देखिएका छन्। उदारहरणको लागि वीरगञ्जको पश्चिममा बग्ने सिरसियाँ नदीको दुर्गति हेरे पुग्छ ।


 Bishwa Raj Adhikari   -  Aug 27 2016

आयुर्वेदिक औषधीको व्यापार: नियन्त्रणको खाँचो

सरकारले औषधी व्यवस्था विभागलाई आदेश दिएर, अति उनन्त प्रयोगशालाहरूमा लगेर, ती आयुर्वेदिक औषधीहरूको गुण-धर्मको परीक्षण गराएको छ? गराएको छ भने त्यसको जानकारी उपभोक्ता (बिरामी) हरू समक्ष तुरुन्त आउनु पर्यो, सरकारले दिनु पर्यो। सेवन गर्न सकिने भनी सरकारले जानकारी दिनु पर्यो। यदि गराएको छैन भने ती औषधीहरू किन बजारमा अनियन्त्रित किसिमले बिक्री भइरहेका छन? ठूलो पथ्थरको भाँडामा केही जटिबुटीहरू खोट्दैमा के औषधी तयार हुन्छ?


    -  Aug 23 2016

'कृष्ण'को अर्थ (अडियो सहित)

कृष्ण जन्माष्टमीमा श्री कृष्णको भौतिक उपस्थितीलाई जगतमा उत्सवका रुपले मनाउन भब्य कार्यक्रम मनाइदै छ । कृष्ण जागरणकालागि अन्तराष्ट्रिय समाज "इस्कोन नेपाल"ले यस वर्षको जन्माष्टमीमा पनि तपार्इं हामी सबैलाई जुनसुकै धर्म, लिङ्ग या वर्णको भएको भए पनि सम्पूर्णरुपले आकर्षक भगवान कृष्णको जन्मोत्सवको मार्धूयतामा रमाउन सहर्ष निमन्त्रणा गर्दछ ।


 Bishwa Raj Adhikari   -  Aug 20 2016

किन चुलिएका छन् वस्तुका र सेवाका मूल्यहरू

पेट्रोलियम नेपालको लागि प्रमुख ऊर्जाको स्रोत भएको उल्लेख गरि राख्नु पर्ने विषय होइन। नेपालको यातायात व्यवस्था पेट्रोलियम पदार्थमा पूर्णतया निर्भर छ। एउटा, एउटा टैंकरमा ढुवानी गर्दा र एकै पटक पाइप लाइनबाट ठूलो परिमाणमा पेट्रोलियम पदार्थ ढुवानी गर्दा यातायात लागत कत्तिसम्म कम पार्न सकिन्छ एक सामान्य व्यक्तिले पनि अनुमान गर्न सक्छ। एउटा एउटा टैंकरमा पेट्रोलियम पदार्थ ढुवानी गरिएको हुनाले नै नेपालमा यातायात लागत उच्च हुन पुगेको छ र यसले गर्दा वस्तु र सेवाहरू पनि महँगा हुन पुगेका छन्। यसरी हामीले ढुवानीमा कुशलताको प्रयोग गर्न सकेका छैनौ।


 Suyog Dhakal   -  Aug 09 2016

हेलिकोप्टर किन दुर्घटना हुन्छ ?

भर्खरै हिजो फिस्टेल एयरलाइन्सको एउटा हेलिकप्टर 9N-AKA गोर्खाबाट काठमाडौ बिरामी लिएर आउने क्रममा नुवाकोटमा दुर्घटनाभएको छ । यदि दुर्घटना समय भन्दा ६ या ७ मिनेट बढी उक्त हेलिकोप्टर आकाशमा रहेको भए सबै यात्रुहरु सकुशल काठमाडौ अवतरण गर्ने थिए ।


 Suyog Dhakal   -  Aug 09 2016

मेरो साथीका लागी सर्वश्रेष्ठ संदेश

कोही पेप्सीका बोतलमा पाइप लाएर खान्थे कोही चकलेटका लागी झगडा गर्थे कोही कक्षाकोठाको प्रथम बेन्चमा बस्थे सानो जोकमा धेरै हास्ने पनि थिए कोही फोन गरेर हैरान पार्ने नि थिए


 Suyog Dhakal   -  Aug 02 2016

विश्व स्तनपान सप्ताह

हामी सबै विभिन्न वर्ग, भाषा, समुदाय, लिङ्ग, वर्ण अनि देशका हुनसक्छौँ, हामीले खाने खाना, लाउने लुगा र बस्ने घर फरक फरक हुनसक्छ तर हामीमा भएको सबैभन्दा ठूलो समानता भनेकै हामी यस ग्रह पृथ्वीका वासिन्दा हौं र हामी मानव हौं । एक मानव भएका नाताले हामीसबैको जिवनमा समानता छ, हामी सबै आमाको कोखबाट जन्मेका हौं र मातृ-वात्सल्य हरेक शिशुको नैसर्गीक अधिकार हो ।


 Suyog Dhakal   -  Jul 26 2016

कश्मिरले खोजेको जिउँदो राज्य

कश्मिरको पिडा के नयाँ दिल्ली र इस्लामाबाद ले उत्तिकै गहन रुपमा हेरेका छन त ? बिश्व दौडाहामा प्रधानमन्त्री नरेन्द्र मोदी एकदमै सक्रिय भएर भारत र भाइचाराको नारा लगाउदैगर्दा आफ्नै देशको कश्मिर र गृहजिल्ला गुजरातमा भएको द्वन्दप्रतिको उदासिनताले पनि धेरै प्रश्न उब्जाएको छ । बिश्वको सबैभन्दा ठूलो र लामो प्रजातान्त्रीक इतिहास र अभ्यास गरेको देश भारतका प्रधानमन्त्रीज्यूले प्रजातन्त्रका बारेमा जेजस्ता कुरा गरेतापनि भारतको बास्तविक प्रजातन्त्रको धरातलका बारे कश्मिरका यस् सन्देशहरुले बडो दर्दनाक चित्र प्रस्तुत गरेको छ ।


 Bishwa Raj Adhikari   -  Jul 26 2016

विकासप्रतिको हाम्रो अवधारणा नै गलत

राजनैतिक दल र नेताहरूले एक अर्काको खुट्टा तान्ने बानी राजनैतिक संस्कृतिजस्तो भएको छ। ताजा उदाहरण: आर्थिक वर्ष २०७३–७४ को बजेट सदनमा पेश पनि भएको छैन, त्यसको चर्का विरोध शुरु भइसक्यो। अचम्म! पेश हुने बजेटको सत्ता–साझेदार दलका नेताहरूले पनि विरोध गरिरहेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले त विरोध गरिरहेको छ नै। विकास र निर्माणको कामको पनि विरोध गर्ने? यो कस्तो संस्कृति हो? के हामी विरोध नगरी बस्नै सक्दैनौं?


 Suyog Dhakal   -  Jul 23 2016

बलोच 'Honour Killing'

20-20 वर्ल्र्डकप होस या अन्य कुनै खेल र उत्साहको माहौल, कुनै नारीवादी कुरा होस या ग्ल्यामरका मुद्दाहरु, पाकिस्तानमा एकजना महिला थिइन जसले ति कुराहरुसँग सम्बन्धीत आफ्ना बिचारहरु खुलेयाम फेसबुक र यूट्यूब भिडियोबाट ब्यक्त गर्थिन् । पाकिस्तान क्रिकेट टिमले म्याच जितेमा आफू नाचेर भिडियो राख्ने र अन्य यस्ता केही सार्वजनिक घोषणा गरेकी उनि पाकिस्तानमा गएका चार बर्षदेखि सर्वाधीक इन्टरनेटमा खोजिएकी महिला थिइन ।


    -  Jul 18 2016

हामी जित्न सक्छौ, सबैको आशिर्वाद चाहिएको छः पारस खडका

विश्व क्रिकेट इतिहासको गरिमा र पुरानो इतिहास बोकेको सर्वाधिक पुरानो क्रिकेट क्ल्ब मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) संग नेपाली टोलीले खेल्न क्रिकेटकोलागि सर्वाधिक लोकप्रिय खेल मैदान लर्डसमा नेपालले गरेको तयारी र यसबारे विशेष कुराकानी SabsCast की सबिना कार्कीको साथ EXCLUSIVE


 Suyog Dhakal   -  Jul 18 2016

डा. केसी ! 'The Culture of Silence'

डाक्टर गोबिन्द केसीको अनशन अनि त्यस अनशनका मागहरु आज नेपालभित्र र नेपाल बाहिर एउटा ठूलो र बहुचर्चित घटना भएर गएको छ । निःस्वार्थ छवि र पारदर्शी अनि न्यायोचित स्वास्थ्यसेवा प्रणालीकालागी बेलाबखत अनशनमा बसेर सरकारलाई दबाब दिदैंआएका चिकित्सक गोविन्द केसीको अनशन प्रति यतिधेरै नागरीकहरुको समर्थन छ कि संभवत एउटै मुद्दाकालागि धेरै नेपाली एक्यबद्ध भर्इ काठमाण्डौका चोक चौराहहरुले यति धेरै सहभागी, नाराहरु अनि सामान्य नागरीकहरुको तटस्थ अनि गैह्र-राजनितिक सहभागीता देखेको यो जनआन्दोलन पछिको प्रथम अवस्था हो ।


 Suyog Dhakal   -  Jul 10 2016

जन्नतवासी इधी

धेरैपटक इधीलाई किन हिन्दू र क्रिस्टियनहरुलाई पनि एम्बुलेन्स सेवा दिएको भनी आलोचना गरिँदा उनले यो एम्बुलेन्स र त्यसले दिने सेवाले तिमीले जस्तो धर्म र जातका आधारमा भेदभाव गर्दैन भनि उत्तर दिएका थिए । इदी धेरैजसो भन्नेगर्थे, "यदि सामाजिक भावका कार्यहरुमा भेदभाव गरिने हो भने ती निःस्वार्थ कार्यहरु महत्वहीन हुन्छन् ।"


 Suyog Dhakal   -  Jul 06 2016

अरबको पानी

स्मरण रहोस ! विश्वभरिमा सबैभन्दाधेरै मूल्यमा आफ्ना नागरीकहरुलाई पेट्रोलियम पदार्थ बेच्ने देशहरुको सूचीमा नेपाल पनि अछुतो छैन् । कहिलेकाँही त नेपालकै पानीबाट चल्ने गाडी घोडाहरु बनाएनि हुने जस्तो लाग्छ, खोला छेउ गयो पानी हाल्यो अनि कुदिरह्यो तर के गर्नु यी टिनकापाताहरुमा जोडिएका रबरका चक्काहरू अरबको पानी बिना एक 'डेग' चल्दैनन् ।


 Tulasi Narayan Chitrakaar   -  Jul 03 2016

रगतले जोडेको नाता

तिनी कतै जुनेली त होइनन् ? मेरो मुटु जोडले धड्कन थाल्यो । टाउको उठाएर अझ गहिरिएर हेरें । “हो, पक्कै उनी जुनेली नै हुन् ।” “कति साह्रो दुब्लाएकी ? चिन्न नै गाह्रो । अनुहारको रङ पनि उडेको ! सायद रगतको कमीले गर्दा होला ।” उनी मस्त निद्रामै छिन् ।


 Suyog Dhakal   -  Jul 01 2016

मेस्सीको अवकाश या क्षमायाचना, अर्जेन्टीनाको विवाद

अहिले अर्जेन्टिना फुटबल र मेस्सीका कुरालाई लिएर दुईधारमा बाँधिएको छ, नयाँ पुस्ताहरु अर्जेन्टिनाले कोपा अमेरिका कप हारेको भन्दापनि मेस्सीले सन्यास लिएकोमा धेरै दुखी छन् तथापि पुराना पुस्ताहरुचाँही विजय भित्राउन नसक्ने खेलाडीलाई बिदागर्नुनै उचित ठान्दछन् ।


 Advocate Biraj Dhoj Thapa   -  Jul 01 2016

अख्तियार र डाक्टर के.सी.

उनी हामी जस्तै एउटा साधारण व्यक्ति हुन, एउटा आम नेपाली जनता जसले आफ्नो पेसामा देखाएको लगनशिलताको कारण सर्वसाधारणमाझ लोकप्रियता कमाएका छन् । तापनि सर्वसाधारण भएकाे नाताले उनको भनाइको अथवा माँगको कुनै कानूनी हैसियत छैन ।


 Suyog Dhakal   -  Jul 01 2016

सन्दर्भः अपरेशन क्वाक र नक्कली डाक्टरहरुको

गाँउमा पुस्तौनी रुपमा बिना सर्टिफिकेटका केवल अनुभवका आधारमा डाक्टरहरु छन्, घरघरमा होम डेलिभरि सुबिधा दिन्छन । सुई, ट्याबलेट र भिटामिनका सिसिहरु त सत्यनारायण पूजाको प्रसादी बाँडेजस्तै अनुहार हेरेरै दिन्छन् । उपचारकालागि चाहिने थप सुबिधाहरु जस्तैः प्याथोलोजी ल्याब, एक्सरे अनि अल्ट्रासाउण्ड जस्ता अत्यावश्यक प्रक्रिया बिनानै ओखती लेखिदिन्छन । गाँउलेलाई उनिहरुप्रति अगाध बिश्वास छ...


बुवा म सरकारी जागीरे हुन नसक्ने भएँ

कक्षाकोठाका बन्द पर्खालभित्र किताब र कापीहरुसँग पैंठेजोरी खेल्दै पढाइएका म र मजस्ता धेरैलाई यो समस्या हुनेगरेकोछ । मलाई लाग्छ हामीलाई पढ्न, रट्न, घोक्न र कविताका हरफहरु सप्रसंग व्याख्या गर्न सिकाइयो तर बोल्न, व्यक्त गर्न, तर्क गर्न र प्रस्तुति गर्न उत्ति ध्यान दिईएन...


Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.84
  • 103.44
  • European euro
  • 114.82
  • 115.49
  • UK pound sterling
  • 130.8
  • 131.56
  • Swiss franc
  • 105.88
  • 106.5
  • Australian dollar
  • 77.84
  • 78.3
  • Canadian dollar
  • 77.77
  • 78.22
  • Singapore dollar
  • 74.14
  • 74.57
  • Japanese yen (10)
  • 9.24
  • 9.3
  • Chinese renminbi (Yuan)
  • 15.04
  • 15.12
  • Saudi Arabian riyal
  • 27.42
  • 27.58
  • Qatari riyal
  • 27.98
  • 28.15
  • Thai baht
  • 3.03
  • 3.05
  • UAE Dirham
  • 28
  • 28.16
  • Malaysian ringgit
  • 23.98
  • 24.12
  • Korean Won (100)
  • 9.04
  • 9.09
  • Swedish Krone
  • 11.75
  • 11.82
  • Danish Krone
  • 15.44
  • 15.53