प्रारम्भ "Nepal Spell Bee" को | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

प्रारम्भ "Nepal Spell Bee" को




टेलिभिजनमा शिघ्र प्रशारण हुने यो प्रतियोगितामा देशका सम्पूर्ण +२ लेभल का बिद्यार्थीले सहभागी हुन पाउन भन्ने सोचमा मलिन मेडिया ले देशको विभिन्न ठाउँमै पुगेर ती बिद्यार्थीहरुको छनौट गर्नेछ जसले अन्तरास्ट्रिय स्तर को अंग्रेजी शब्दहरुको स्पेल्लिङ बताउन सक्छन् ।



के तपाईहरुले सानो छँदा स्कुलमा वा घरमा लेख्दा लेख्दै स्पेलिङ बिग्रिएर अभिभावक अथवा शिक्षकको गाली या कुटार्इ खानु भएकोछ ? स्पेलिङ राम्रो नहुँदा परीक्षामा राम्रो अङ्क नआएको पनि हुनसक्छ ।

कहिलेकाँही स्पेलिङ मिलाउन पनि कति कठिनाइ हुन्छ तर कोहीकोही त स्पेलिङमा यति अब्बल हुन्छन् की जस्तोसुकै गाह्रो सुनिने शब्दको पनि सजिलै स्पेल गरिदिन्छन् । यदि तपाईहरु पनि ती बिद्यार्थी हो जसलाई अङ्ग्रेजी शब्दहरुको स्पेलिङ भन्न गाह्रो हुन्न भन्ने आत्मविश्वास छ भने शिघ्र तयार हुनुहोस "Malin Media & Event Pvt. Ltd."ले नेपाल मा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको स्पेलिङ कन्टेस्टको शुरूवात गरेको छ ।

यसै अनुरूप नेपालका प्रमुख शहरहरूमा Nepal Spell Bee को टिम अडिसनकालागि पुगीरहेको छ । हालैमात्र झापाको विर्तामोड र मोरङको बिराटनगरमा सम्पन्न Nepal Spell Bee को प्रथम चरणका अडिसनमा विभिन्न कलेजको उत्साहजनक सहभागीताले हामी हाैसिएका छाैं र थप उर्जा मिलेको छ, Nepal Spell Bee का अायोजक महेश पोखरेलले हाम्रोपात्रोलार्इ जानकारी दिनुभयो ।

हाम्रोपात्रो अाफ्ना लाखाैं प्रयोगकर्ताहरूकालागि यस फरक प्रतियोगिता Nepal Spell Bee को अन्तिम प्रतिस्पर्धासम्मकालागि एप्लिकेशनमार्फत् यस सम्बन्धि जानकारी र सम्पूर्ण श्रृंखलाहरूको भिडियो पस्किने छ ।

टेलिभिजनमा शिघ्र प्रशारण हुने यो प्रतियोगितामा देशका सम्पूर्ण +२ लेभल का बिद्यार्थीले सहभागी हुन पाउन भन्ने सोचमा मलिन मेडिया ले देशको विभिन्न ठाउँमै पुगेर ती बिद्यार्थीहरुको छनौट गर्नेछ जसले अन्तरास्ट्रिय स्तर को अंग्रेजी शब्दहरुको स्पेल्लिङ बताउन सक्छन् ।

इच्छुक विद्यार्थीहरुले ढिला नगरी आफ्नो शहरमा गर्इ आफ्नो स्पेलिङ मा भएको अात्मविश्वास सहितको कला प्रस्तुत गर्न सक्नुहुनेछ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.