ब्लग - साहित्य / हाम्रो लेख

फ्लायशब्याक सन् २०१७, 'विश्वलार्इ फर्केर हेर्दा'




अक्टोबर महिनाको १ तारिखमै अमेरिकाको लस एन्जल्सको एउटा बारमा स्टेफेन प्याडोक नामक व्यक्तिले बन्दुक हमला, ५८ जनाको मृत्यू अनि ६५० बढि घाइते । अमेरिकी इतिहासमै एकै अपराधीले गरेको ठूलो सार्वजनीक नरसंहार । अक्टोबर १२ मा अमेरिका र इज्रेल दुबैले पालैपालो यूनेस्कोबाट हात झिके ।



विश्व समूदाय एकसाथ हिंड्ने इस्वी सम्वतको एउटा अर्को ताजा-ताजा नयाँ वर्ष सन् २०१८ मा स्वागत छ । नयाँ वर्ष सन् २०१८ को अागमनसंगै सन् २०१७ आफ्ना अनेक सांस्कृतिक, राजनीतिक, अध्यात्मिक, वैज्ञानिक, प्राकृतिक तथा मानवीय अनुभूतिका अनेकानेक कथाहरू अाफ्ना दिन तथा महिनाहरुका साथ बिदा भयो ।

“अन्य वर्षहरु झै यस वर्ष पनि केही मानवीय उपलब्धिका उदाहरणहरू भए भने थुप्रै मानवीय उपहास तथा मानवीय समवेदना हराउँदै गएका घटनाहरू भएकाछन् । तेश्रो सहश्राब्दिको १७ औं वर्ष अर्थात् सन् २०१७ को अन्तिम दिनसम्म विश्व समाजमा भएका महत्वपूर्ण घटनाक्रमहरु आज हामी राख्दैछौं ।„

यस वर्षबारे संयूक्त राष्ट्रसंघले कुनै रचनात्मक चर्चा गर्नसकेन । संयूक्त राष्ट्रसंघले भने सन् २०१७ लाई दीर्घकालिन पर्यटन बिकासको वर्ष भनी घोषणा गरेतापनि अन्तराष्ट्रिय तवरमा पर्यटन भन्दा पनि अत्याधिक शक्ति प्रदर्शन, आणवीक/परमाणु प्रदर्शन अनि अन्तरदेशीय खिचातानीमैं विश्व परिवेशमा सन् २०१७ का दिनहरु समाप्त भएका छन् । 
अन्तर्राष्ट्रिय समाचारमा उत्तर कोरियाका खबर अनि कतारको नाकाबन्दि लगायत अरबी मुलूकहरुबिच देखिएको कूटनीतिक सम्बन्धको असन्तुलन, अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नै देश तथा मित्रराष्ट्रहरूविरूद्ध लिएको रणनीति तथा निरन्तरका कदमहरु चालिए भने केही अन्य सामान्य घटनाक्रमका कारण सन् २०१७ लार्इ फर्केर हेर्दा प्रस्तुत छः

जनवरी २०१७ः 
नयाँ वर्षकै दिन टर्कीको इस्तानाबुलस्थित एक चर्चित रात्रिक्लबमा नयाँ वर्ष सन् २०१७ को राैनकमा रमाइलो गरिरहेका व्यक्तिहरू लक्षित आतंककारी आक्रमणमा ३९ जनाको ज्यान गएको थियो । नयाँ वर्षको पहिलो दिन भएको व्यापक आतंकवादी आक्रमणसंगै सन् २०१७ को घटनाक्रम शुरु भएको हो । सन् २०१७ को जनवरीमैं भएको अर्को घटनामा भने मानव शरीरसंग सम्बन्धित वैज्ञानिक उपलब्धि प्राप्त भयो । मिसेन्ट्री नामक एब्डोमिनल क्याभीटीलाई आन्द्रासंग जोड्ने अगंलाई वैज्ञानीकहरुले मानव शरीरको ७९ औं अगंका रुपमा घोषणा गरेका हुन् । विभिन्न मेडिया तथा मेडिया गुरूको अनेकखाले अनुमान, टिप्पणी र भविष्यवाणीलार्इ पाखा लगाउँदै जनवरी महिनाको २० तारिखकादिन अमेरिकी न्यायलय प्रमुखले ४५ अाैं राष्ट्रपतिका रुपमा अमेरिकाका एकदमै चर्चित र रँगिलो मिजासका अर्बपति व्यापारी डोनल्ड ट्रम्पलाई र ४८ अाैं उपराष्ट्रपतिको रूपमा ईन्डीयाना राज्यका भूतपूर्व गर्भनर माइक पेन्सलनलाई शपथग्रहण गराए ।

जनवरि २१ मा डोनल्ड ट्रम्पको कार्यकाल शुरुवातको सपथको दोश्रोदिन प्रारम्भसंगै उनको विरोधमा निर्वाचन अभियानमा गर्भपतन लगायत महिला बिरोधी अभिव्यक्तिका कारण अमेरिका लगायत विश्वभरका महिलाको अगुवाईमा प्रदर्शन भएका थिए । उक्त प्रदर्शन आजसम्मकै सबैभन्दा धेरै महिलाहरु सम्मिलित बृहत्त बिरोध प्रदर्शन मानिएको छ । लगभग १६८ देशमा यो मार्च गरिएको थियो भने अमेरिकामा मात्रै ४२० मार्च भएको रिपोर्ट थियो । विश्व इतिहासमा कुनैपनि मुद्दामा एकैदिन एकैसाथ यति धेरै देशमा भएको यो पहिलो विश्व विरोध प्रदर्शन हो ।

फेब्रुअरी २०१७ः फेब्रुअरीमा भने उत्तर कोरियाले आफ्नो शक्ति प्रदर्शनको खाता खोल्न शुरु गरेको थियो । फेब्रुअरि ११ मा उत्तर कोरियाले जापानी समुन्द्र वारपार हुनेगरि प्रथम पटक व्यालीष्टिक मिसाइल प्रक्षेपण जाँच गरेको थियो । 
फेब्रुअरीमै बेलायतकी महारानी एलिजावेथ दोश्रो ६५ बर्षे शाषन गर्ने बेलायतकी प्रथम राजशासक भएको तथ्य घोषणा ।

मार्च २०१७ः मार्च १० तारिखमा भने संयूक्त राष्ट्रसंघले दोश्रो विश्व यूद्ध पश्चातको सबैभन्दा ठूलो मानविय जोखिम सन् २०१७ लार्इ घोषणा गरेको हो । यमन, सोमालिया, दक्षिण सुडान र नाइजेरियामा २ करोड मानवीय जीवन चरम संकटमा रहेको राष्ट्रसंघले घोषणा गरेको थियो । 
मार्च २९ मैं भएको एउटा अर्को महत्वपूर्ण घटनामा बेलायतले यूरोपियन यूनियनबाट हात झिक्ने ब्रेकसीस्ट तालमेलको गृहकार्यको शुरुवात । मार्च महिनामैं भएको एउटा घटनामा २ जना राष्ट्रसंघिय विशेष कर्मचारी कंगोमा मृत फेला ।

अप्रिल २०१७ः अप्रिलको ६ तारिखमा अमेरिकाले सिररियामा ५९ वटा टमह्याक क्रुस मिसाइल सिरियामा प्रहार गरेको थियो । उता अफगानीस्तानमा पनि आइएएस बिद्रोहीको अखडामा विश्वकै ठूलो गैर न्यूक्लीयर हतियार बी एमओएबी अमेरिकाले प्रहार गरेको थियो । 

मे २०१७ः मे महिनाको १२ तारिखका दिन विश्वकै सबैभन्दा ठूलो साइबर हमला 'वान्नाक्राइ' नाम दिइएको उक्त साइबर हमलाले विश्वका १५० बढि देशका कम्प्यूटरहरु प्रभावीत भएका थिए । मे महिनाकै २२ तारिखमा बेलायतको म्यानचेस्टरमा गायिका एरियाना ग्रान्डेको कन्सर्ट लगत्तै आतंकवाद बम हमलाले २० जनाको मृत्यू अनि ५०० बढि घाइते भएका थिए ।

जुन २०१७ः
जुन १ तारिखमा अमेरिकाले पेरिस जलवायू परिवर्तन सन्धिबाट हात झिक्ने घोषणा, यस घोषणा सहीत अमेरिकी राष्ट्रपति झनै विवादमा तानिएका थिए । जुन ७ तारिखमा ईरानमा १७ जना सर्वसाधरणको ज्यान जाने गरि आतंकवादी हमला भयो भने जुन १२ का दिन उत्तर कोरियाको कारागारमा १७ महिना बन्दी भएपश्चात कोमाकै अवस्थामा अमेरिकी विद्यार्थी ओटो बामबियर अमेरिका फिर्ता, फर्किएको हप्तादिनमै उनको मृत्यू

जुलार्इ २०१७ः
जुलाई ४ मा रसिया र चीनले उत्तर कोरियालाई मिसाइल हमला प्रक्षेपण जाँच नगर्न आग्रह । संयूक्त राष्ट्रसंघ सभामा १९३ देश मध्ये १२२ देशले परमाणु बिरुद्धको भोट ।

अगस्ट २०१७ः
अगस्ट ११ मा अमेरिका, प्यासीफीक लगायतका अन्य एटलान्टीक देशहरुबाट देखिनेगरि सूर्यग्रहण लागेको । अगस्त २५ मा म्यानमार सरकारले रोहिंज्या मुसलमान समूदायबिरुद्ध सैन्य कारवाही शुरुवात ।

सेप्टेम्बर २०१७ः
सेप्टेम्बर ३ मा बिभिन्न देशहरुको बिरोधको बाबजुद उत्तर कोयराद्धारा छैठौं मिसाइल प्रक्षेपण ।

सेप्टेम्बर १३ मा अन्तराष्ट्रिय ओलम्पीक कमिटीले सन् २०२४ र सन् २०२८ को समर ओलम्पीक आयोजन ागर्न पेरिस र लस एन्जलमा आयोजनाको घोषणा । 
सेप्टेम्बर १९ मा ७ दशमलव १ रेक्टरको शक्तिशाली भुकम्प मेक्सीकोमा मापन् । ३५० बढिको मृत्यू अनि हजारौं घाइते, अरबौंको सम्पती नोक्सान ।

अक्टोबर २०१७ः
अक्टोबर महिनाको १ तारिखमै अमेरिकाको लस एन्जल्सको एउटा बारमा स्टेफेन प्याडोक नामक व्यक्तिले बन्दुक हमला, ५८ जनाको मृत्यू अनि ६५० बढि घाइते । अमेरिकी इतिहासमै एकै अपराधीले गरेको ठूलो सार्वजनीक नरसंहार । अक्टोबर १२ मा अमेरिका र इज्रेल दुबैले पालैपालो यूनेस्कोबाट हात झिके ।

अक्टोबर १७ मा चीनको नेशनल कंग्रेसले नेता सीजीगं पीगंका बिचार र योजनालाई पार्टीको संवीधानका रुपमा मान्यता । सीजीगं पीगंको दोश्रो कार्यकालको शुरुवात ।

अक्टोबर महिना स्पेनबाट क्याटोलीना स्वतन्त्र हुने अथवा नहुने विषयमा जनमत संग्रह ।

नोभेम्बर २०१७ः
 नोभेम्बरको १२ तारिखमा ईराक र ईरानको सीमा क्षेत्र आसपास ७ दशमलव ५ रेक्टर स्केलको भुकम्प मापन् । ५०० बढिको मृत्यू अनि हजारौं घाइते । म्यानमारमा भएको रोहिंज्या मुसलमानको जातिय सफायाको अारोपमा 'हिंसाप्रति आँखा चिम्लिनेहरुलाई सम्मान गर्न नसकिने' भन्दै म्यानमारकी नेतृ आङ सान सू चीलाई दिइएको 'फ्रीडम अफ द इंग्लिश सिटी अफ अक्सफर्ड' सम्मान फिर्ता लिइयो साथै अक्सफर्ड युनिभरसिटिबाट रहेको उनको तस्बिर पनि हटाइयो ।

डिसेम्बर २०१७ः डिसेम्बर को ५ तारिखमा देशले नै डोपीगंलाई ग्राहयता दिएको आरोपमा अन्तर्राष्ट्रिय ओलम्पीक कमिटीद्वारा रसियालाई सन् २०१८ मा हुने शीतकालिन ओलम्पीककालागि प्रतिबन्ध

डिसेम्बर ६ मा अमेरिकी राष्ट्रपतीले इज्रेलको राजधानी जेरुसलेम हो भनी एकतर्फिय घोषणा ।

डिसेम्बर १४ मा बिश्व प्रसिद्ध भीडीयो अनि कार्टुन बनाउने कम्पनी वाल्ट डिज्नेद्वारा अर्को प्रतिद्धन्दी ट्वान्टी फस्ट सेन्चुरी फक्स कम्पनी र उसको स्टुडीयो ६६ बिलियन अमेरिकी डलरमा किनेको घोषणा गर्यो ।

संयूक्त राष्ट्रसंघीय सुरक्षा काउन्सिलको बैठकले उत्तर कोरियामा थप नाकाबन्दि लगाउँदै ९० प्रतिशत पेट्रोलियम आपूर्ति बन्द गराउने निर्णयमाथि भोट । 

यस्तै सन् २०१७ को जनवरि ६ मा भारतीय चर्चित अभिनेता ओम पुरीको निधन भएको थियो । यसै बर्ष एसियाली मुलका लेखक काजुई इशिगुरोले साहीत्य तर्फको नोबेल पुरस्कार पाएका हुन् । सन् २०१७ मा सबैभन्दा ठूला विवादहरु उत्तर कोरियाली मिसाईल अनि जेरुसलेमको विवाद अन्तर्राष्ट्रिय राजनीतिक मञ्चको माथिल्लो तहमा रहन पुग्यो । हेरौं विश्व मानचित्रमा सन् २०१८ ले यी विवादहरुलाई कत्तिको किनारा लगाएर विश्व एक साझा घरको परिकल्पनालार्इ साकार गर्नसक्ने हो !

'देश विशेष'

यस वर्ष अर्थात सन् २०१७ मा नेपालमा पनि धेरै परिवर्तनहरु आएका छन् । परिवर्तनका श्रृंखलाहरुमा मुख्यतया लोकतान्त्रिक अभ्यासकालागि गरिएको चुनावका श्रृखलाहरु मुख्य रहे । बैशाखदेखि शुरु भएका चुनावका गतिविधिहरू मसिंरमा आएर मात्र समापन भएका हुन् । यससंगै देशले लामो समयदेखि भोगीरहेको संक्रमणकालको सुखद अन्त्यकालागि अन्तिम कोशेढुङ्गा पार गर्न सफल भएको छ । स्थानीय निर्वाचन अनि प्रदेश सभा तथा प्रतिनीधी सभा निर्वाचन एकै वर्षमा नेपालले सुसम्पन्न गरेको छ तथापी यी चुनावी चरणहरु अहिलेसम्मकै सबैभन्दा महँगा अनि धेरै महत्वाकांक्षी चुनाव मानिएका छन् ।

स्थानीय चुनावमा कांग्रेससंग जोडिएको नेकपा माओवादी प्रदेश र प्रतिनीधी सभा निर्वाचनमा भने बाम एकताको स्वरुपमा नेकपा एमालेसंग समाहित हुन पुग्यो ।

स्पष्ट रुपमा बहुमत पाएको बाम घटकले लोकतान्त्रीक नेपालको प्रथम प्रतिनीधी अनि राष्ट्रियसभालाई नेतृत्व दिने भएको छ ।

अन्तर्राष्ट्रिय जगतमा भने नेपालको चुनावी क्रममा भएको देब्रे शाखा अर्थात बाम घटकको बहुमतलाई चीनसंगको निकटताका रुपमा पनि टिकाटिप्पणी भएको छ । अबको सरकारसंग लोकतान्त्रिक अभ्यास अनि बिकास बाहेक अन्य कुनै विशेष मुद्धा छैन् । बिकास अनि समृद्धि तर्फको पथमा नेपाललाई संभवत वर्ष २०१७ ले प्रथम पाइला चालेको छ । सन् २०१७ को अन्त्य तिर नै प्रदेश र प्रतिनीधी सभाको चुनाव अघि माओवादी नेतृत्वको शिखर नेता प्रचण्ड पुत्र प्रकाश दाहालको असामहीक निधनले पनि नेपालमा हल्लाखल्ला भएकोे बिषय हो ।

उता सम्पती शुद्धिकरणका क्रममा तथ्यगत अनुगमनका रिपोर्ट अनि मुछिएका पात्रहरुको खेल पनि यस वर्ष वहुचर्चित रह्यो र परिणाम हेर्न बाँकी छ ।

संचार प्रविधीका क्रममा नेपालले यस वर्ष पनि ठूलै फड्को मारेको छ, कही नयाँ टिभी च्यानल अनि नेपाल आईडल जस्तो बहुचर्चित रियालीटी शो पनि यसै वर्ष सन् २०१७ मा नेपालमा देखिए । अनलाईन भिडीयो, यूट्यूबरहरु अनि प्रान्क भिडीयोका श्रृंखलाहरु वर्ष २०१७ ले धेरै नै पाएको हो ।

बाढी पहिरो लगायत भुकम्पका थोरै पराकम्पनहरु यस वर्ष पनि महसुस गरिए, बाढी पहिरोले धनजनको धेरै नै क्षती गरेको वर्षका रुपमा यस वर्ष २०१७ लाई लिन सकिन्छ । अबको वर्ष सन् २०१८ मा नेपालीले धुलो धुँवाका मुस्लाहरु कम खप्न परोस् अनि बाटाघाटाहरु सलल बनुन भन्ने अपेक्षा छ । काठमाडौ उपत्यकाका हकमा भने मेलम्चिको कञ्चन पानीले काकाकूल काठमाण्डाैवासीलार्इ तृप्त पार्न सकोस्, तर अब मेलम्चिका नाममा बाटाहरु नखनिउन भन्ने आशा पनि छ । भत्किएका भवन बनून, सदियाैं पुराना पुरातात्विक महत्वका मठ मन्दिर र सार्वजनिक स्थलको लाज जोगाइयोस अनि देशमा विदेशी हस्तक्षेप अनि धर्मको व्यापार कम हुँदै जाअोस् ।

स्वास्थ क्षेत्रमा अनशन अनि मागसहितका आन्दोलन यस बर्ष पनि नभएका हैनन तथापी चुनावको परिणामले दिएको म्यान्डेडमा ती बुँदाहरु पर्लान या नपर्लान अबको वर्षले बताउला । चुनावमा नयाँ पार्टीहरुका प्रगति बिवरण उत्साहजनक देखिएपनि राष्ट्रिय पार्टीका रुपमा भने केही आशालाग्दा पार्टीहरु चुकेका छन् ।

सडक यातायातका धेरै नै दुर्घटनाका खबरहरु सन् २०१७ ले नेपालमा दिएर गएको छ र अबको वर्ष सन् २०१८ मा सडक दुर्घटना लाई निरोध गर्नकालागि उचित कदम चालिनेछ भन्ने जनअपेक्षा छ । उता महत्वाकांक्षि अनि महंगा चुनावी गतिविधिमा रित्तिएको नेपाली राष्ट्रिय ढुकुटी भर्ने अनि देश चलाउने क्रममा अबको सरकारसंगको चुनौती अनि बढाउन आँटिएको कर रकम धान्ने सामर्थ्य गरिब नेपालीहरुलाई पशुपतीनाथले दिउन भन्ने अपेक्षा पनि सबैको छ ।

बलिउडिया चलचित्रलार्इ ठाडो चुनाैति दिएको नयाँ धारका चलचित्रले अन्तर्राष्ट्रिय मञ्चमा सफलता हासिल गरोस्, अनि नेपाली नाट्य क्षेत्रमा पनि उत्साहजनक परिवर्तन् देखिएको सन् २०१७ लाई अबको वर्षले थप उत्साहका बिवरणहरु प्रदान गरोस् । सन् २०१८ को शुभकामना ।

:: हाम्रो पात्रो



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 108.62
  • 109.22
  • European euro
  • 125.62
  • 126.32
  • UK pound sterling
  • 143.09
  • 143.88
  • Swiss franc
  • 108.93
  • 109.53
  • Australian dollar
  • 80.32
  • 80.77
  • Canadian dollar
  • 81.72
  • 82.17
  • Singapore dollar
  • 79.99
  • 80.44
  • Japanese yen (10)
  • 9.87
  • 9.92
  • Chinese renminbi (Yuan)
  • 16.78
  • 16.87
  • Saudi Arabian riyal
  • 28.96
  • 29.12
  • Qatari riyal
  • 29.83
  • 30
  • Thai baht
  • 3.31
  • 3.33
  • UAE Dirham
  • 29.57
  • 29.74
  • Malaysian ringgit
  • 27.12
  • 27.27
  • Korean Won (100)
  • 9.81
  • 9.87
  • Swedish Krone
  • 12.23
  • 12.3
  • Danish Krone
  • 16.86
  • 16.95

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम