हातमा शब्दकोश, हाम्रो डिक्सनरी | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

हातमा शब्दकोश, हाम्रो डिक्सनरी




यहीँबाट सुरु हुन्छ मेरो शब्दकोशसंगको यात्रा । त्यस प्याकेट भित्र शब्दकोश थियो, अक्सफर्ड डिक्सनरी । बीचका भागमा तस्वीरहरु थिए, रंगीन । म धेरै दिनसम्म यस पुरस्कारका लागि पुलकित थिए ।



आजभन्दा १७ वर्षअघिको कुरो हो, स्कुले जीवनमा वक्तृत्वकला प्रतियोगितामा भाग लिन जिल्लाका विभिन्न ठाँउहरुमा जानका लागि स्कुलले मलाई छान्ने गर्दथ्यो । यसैक्रममा एउटा विद्यालयमा पुगिएको थियो, १६ वटा विद्यालयबाट विभिन्न विद्यार्थीहरु आउनुभएको थियो यस प्रतियोगितामा । विषय थियो, एचआईभी एड्स र हाम्रो समाज ।

मुटु धड्कीरहेथ्यो, म आफ्नो बोल्ने पालो कुर्दै अनि केही प्वाइन्टहरु याद गर्दै बसिरहेको थिएँ । अहिलेजस्तो गुगल थिएन, विभिन्न पुस्तक अनि व्यक्तिहरुसंग सोधेको कुराहरु कागजमा लेखेर लगेको थिएँ । सम्झना बिर्सना चिलरहेको थियो । अघिल्तीर विभिन्न स्वास्थसेवाका सरकारी सरहरु, गुरुवर्ग अनि छेउमा पुरस्कारहरु थिए । त्यस प्रतियोगितामा प्रथम पुरस्कार भन्दा दोश्रो पुरस्कारको प्याकेट ठुलो थियो । मलाई अझै सम्झना छ, रातो रंगको झिल्के कागजले लपेटिएका तीनवटा प्योकटमा प्रथम भन्दा दोश्रो ठुलो देखिन्थ्यो । केही साथीहरुले निकै घतलाग्दो बोले, मेरो पालो आयो, म पनि सुरवीर भएर गए, माइक समाते अनि बोले आफ्नो भागका कुराहरु । साथीहरु प्रशस्तै थिए आफ्नै स्कुलबाट आएका । ताली मज्जाले बजाए, म वापस आए । पछि त्यही दोश्रो पुरस्कार प्याकेट मैले पाएँ । यहीँबाट सुरु हुन्छ मेरो शब्दकोशसंगको यात्रा । त्यस प्याकेट भित्र शब्दकोश थियो, अक्सफर्ड डिक्सनरी । बीचका भागमा तस्वीरहरु थिए, रंगीन । म धेरै दिनसम्म यस पुरस्कारका लागि पुलकित थिए । डिक्सनरी बहुतै उपयोगी भयो, म शब्द सिक्ने अनि प्रयोग गर्न नयाँ नयाँ तवरहरुको खोजीमा हुन्थे । 

डिक्सनरी भारी थियो, कागजहरु पल्टाँउदै जाँदा कहिले भनेको शब्दहरु पाउन मुस्किल हुन्थ्यो । जे होस्, मेरो जमानाको डिक्सनरी यस्तै कस्तो थियो । मनमा उतिबेरबाटै पर्यो, सबैभन्दा ठुलो अनि भारी पुस्तक भनेको डिक्सनरी हो भन्ने । क्रम बित्दै गयो, काठमाण्डाँै आउँदा त्यस डिक्सनरीलाई गाउँकै क्लबमा दिएर आँए, सबैले प्रयोग गरुन् भनेर । आज एवं रितले दशक अनि आधा बित्यो, विश्व परिवर्तन भयो अनि साथमा मेरो डिक्सनरी पनि । हाम्रो पात्रो परिवारको हाम्रो डिक्सनरी अङ्ग्रेजी नेपाली मोबाईल एपमा आज एक क्लीकमै हजारौं पेजको डिक्सनरीका शब्दहरु रहेका छन् । 


विदेशमा रहेका नेपाली अनि तिनका नयाँ पुस्ताहरु आज अङ्ग्रेजी शब्दसंग घुलिसकेका छन्, कारण के पनि हो भनें अङ्ग्रेजीसंग मिलान गर्न मिल्ने नेपाली शब्दहरु छैनन् । ट्वाइलेट नै नेपाली शब्द झैं भएको छ, शौचालय सुन्दा नेपालीहरु वाल्ल पर्न थालेका छन् । कागज भनेको पेपर हैन पेपर भनेको कागज हो भन्ने बुझाई गलत हो । नेपालीहरुको नेपाली भाषासंगको साक्षात्कार गराउने प्रविधिगत संयन्त्र नेपाली नक्षत्रमा थिएन । यसैक्रममा केही वर्षअघि हाम्रो पात्रो परिवार अन्र्तगतको मोबाईल एप्स हाम्रो डिक्सनरी बजारमा आयो । सुरुवाती दिनमा सीमित शब्द अनि अर्थ सहित यस एप्सले विद्यालयस्तर सम्मका भाषागत जिज्ञासाहरु सम्बोधन गर्न थाल्यो, अहिले आएर यस एप्सले थप जुझारु भएर अmझै जटिल अनि गहन शब्दहरुको अर्थ लिएर आएको छ । 


विद्यालय जीवनमा अङ्ग्रेजी शब्द अनि नेपाली शब्दको अर्थ मिलान अपरिहार्य थियो, हाम्रो स्कुलमा अङ्ग्रेजी पनि नेपालीमै पढाइन्थ्यो । रामसिंहले भैरवको जीवन जोगाएको अङ्ग्रेजी पाठ्यक्रम पश्चातका सुरुवाती ब्याचहरु हामी थियौं । पुराना पुस्तक अनि नोटहरु हामीलाई काम थिएन, अङ्ग्रेजी एसएलसीको सबैभन्दा घमासान युद्ध थियो । उतिखेर विद्यार्थीहरुलाई अन्याय गरेको यस विश्वव्यापी भाषा अब मोबाईलको क्लीकमा उपलब्ध छ । अब झन् आवाज अनि चित्रको माध्यमबाट पनि यस एप्सले शब्दार्थ व्याख्या गर्ने रहेछ । अङ्ग्रेजी अब सुस्तरी हाम्रो सहज पहुँचमा आउँदैछ । एकफेर एकजना छोराले आफ्नो झुत्रेझाम्रे भएर आएको गाँउले बुवालाई साथीमाझ हि इज माई सर्भेन्ट भनेंको अनि बुवाले भनें गर्वका साथ छोराले बोलेकोमा के भनिस् भनि सोधेको सत्य उदहारण हामीले सुनेका होलाउँ ?
अङ्ग्रेजीलाई सत्य लुकाउने अनि आधुनिक्ताको शर्टकर्टको बाटो मानिने चलन कम होस् । नेपालीको माया गराउन प्रयोगकर्ताहरुले सिकुन्, यस एप्सले नेपाली भाषाको उपादेयता सबैलाई वर्णन गर्न सकोस् । सायद अब निकट भविष्यमा नेपाली अङ्ग्रेजी अनि संस्कृत शब्दकोश पनि हेर्न पाइन्छ कि ?
एउटा नेपाली भाषा प्रेमी भएका नाताले मेरो संस्कृत अनि नेपालीसंगको यस मोह पनि कुनै दिन हाम्रो पात्रो परिवारले साकार गरिदिनेछ भन्ने अपेक्षा छ ।

समीर चौलागाई
ओन्टरियो
क्यानडा



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.