ब्लग - साहित्य / हाम्रो लेख

राम्रा नेताले कहिल्यै नभन्ने ७ कुरा




हामीलाई अरु बढी विचारहरु चाहिन्न ।



तपाईँ अगुवा हुनुहुन्छ भने तपाईँले बोलेका शब्दहरु शक्तिशाली हुन्छन् । यसकारण तपार्इँले यसको सही प्रयोग गर्नुपर्छ । अगुवाका रुपमा मानिसहरुलाई प्रोत्साहित र प्रेरित गर्ने तपाईँको मुख्य भूमिकाहरुमध्ये एक हो । तपाईँले बोल्ने शब्द र यसको प्रयोग गर्ने तरिका अन्ततः तपार्इँकै शक्तिशाली हतियार बन्नेछ । यदि तपाईँ राम्रो अगुवा बन्न चाहनुहुन्छ भने, तल दिइएका यी कुराहरु तपाईँले कहिल्यै नभन्नहोस् ।
तपाईँले बोल्ने बोलीबाट यी सात वाक्यहरु पूर्ण रुपमा हटाउनुहोस् । 

 
१. कुनै पनि काममा समस्या हुन्न, सधैँ अवसरहरु मात्र हुन्छन् ।

समस्या जे काममा पनि आइपर्छ, समस्यालाई नकार्दैमा समस्या अलप भएर जाँदैन । यो वाक्याशं धेरैजसो व्यक्तिहरुले आफ्नो टिमलाई हौस्याउन र सिर्जनात्मक बन्नका लागि प्रयोग गर्ने गरेको भएपनि, यसले के पनि देखाउँछ भने अगुवाहरु कुनै समस्या पर्दा सुन्न चाहँदैनन् । यही एउटा वाक्यले पनि अगुवाको समस्यासँग जुध्न नसक्ने र अरुको समस्यामा चासो नराख्ने बेमतलबीपना झल्काउँछ ।
बरु यसो गर्नुहोस्ः सधैँ आफ्ना कामदारहरुको समस्या सुन्ने तत्परत्ता देखाउनुहोस् । यसले गर्दा कामदारहरु आपैmँ नै समस्यासँग जुध्दै समस्याको समाधान खोज्न अग्रसर रहन्छन् ।


२. मलाई नसोधी कुनै पनि काम नगर्नुहोस् ।

कुनै कामदार नयाँ भएको खण्डमा बाहेक अगुवाको यो कदमले कर्मचारीको आत्मविकासमा त धक्का पुग्छ नै, यसले उनीहरुलाई अनुत्पादक पनि बनाउँदै लैजान्छ । जब अगुवाले सानामसिना कामको पनि जिम्मा आपैmँ लिन खोज्छन्, तब यसले प्रक्रियामा सुस्तता ल्याउँछ र कामदारको आत्मबल पनि गिराउँछ । जब कामदारहरुले अर्थमूलक काम, स्रोत र अधिकार प्राप्त गर्दछन्, तब मात्र उनीहरु उत्पादनशील बन्न सक्छन् । बरु यसो गर्नुहोस्ः सानामसिना काममा पनि हस्तक्षेप गर्नुको सट्टा, कामदारहरुलाई काम सुरु हुनुअघि नै आफ्नो अपेक्षा खुलस्त रुपमा बताइदिनुहोस् । बेलामौकामा उनीहरुको तालिम र क्षमताअनुसारको कार्यशैलीको तालमेल हेर्ने गर्नुहोस् र उनीहरुले कस्तो गरिरहेका छन् भन्ने बारेमा उनीहरुको कामको पृष्ठपोषण वा फिडब्याक दिने गर्नुहोस् । तपाईँको मुख्य लक्ष्य भनेको सही मानिसलाई सही काममा लगाएर उनीहरुलाई पनि सफल बनाउनु हो । 


३. मसमक्ष नराम्रो खबर केही पनि नल्याउनुहोस् ।

कामदारलाई यो वाक्य प्रयोग गर्दैमा आइपरेको नराम्रो खबर कतै पनि जान्न । बरु यसले गर्दा तपाईँसम्म कुरा समयमै थाहा पाएर समाधान गर्न ढिलो भइदिन सक्छ । पूर्व अमेरिकी सचिव कोलिन पवेलले भेनका छन्, “नराम्रो खबर वाइन होइन, समयसँगै राम्रो बन्दै जानका लागि ।” कुनै पनि समस्याले विकराल रुप लिनु अगावै यसलाई समाधान गरिहाल्दा राम्रो हुन्छ । बरु यसो गर्नुहोस्ः कामदारहरुलाई नै आइपरेका समस्या समयमै तपाईँसामु सजिलै ल्याउन सक्ने वातावरण सिर्जना गरिदिनुहोस् । 


४. यसमा व्यक्तिगत केही कुरा छैन, यो व्यवसायिक मात्र हो ।
व्यवसाय सम्बन्धमा अड्किएको हुन्छ र सम्बन्धहरु सधैँ व्यक्तिगत नै हुने गर्दछन् । कुनै पनि कामदारले आफ्नो धेरैजसो समय काममा बिताउँछन् । कामदारको भावना नबुझ्ने अगुवाहरुले कामदारमा उनीहरुप्रति घृणा पैदा गर्छन् र यसले गर्दा संस्थागत लक्ष्य प्राप्तिमा धक्का पुग्छ ।
बरु यसो गर्नुहोस्ः काम गर्दा कामदारहरुलाई आपूm कामप्रति एकदम बफादार र लगनशील हुनुहुन्छ तर मानिसहरुप्रति समानुभूति पनि राख्नुहुन्छ भन्ने मूल्यमान्यता कार्यस्थलमा बुझाउने प्रयास गर्नुहोस् । कामदारहरुलाई सम्मान गर्ने गर्नुहोस् र उनीहरुलाई जस्तो व्यवहार गरेको मनपर्छ, त्यस्तै व्यवहार गर्ने प्रयास गर्नुहोस् । 


५. हामीलाई अरु बढी विचारहरु चाहिन्न ।

अगुवाहरुले कति समय सिर्जनात्मक विचार वा उपायहरु नकार्नुको कारण ती विचारहरुमा दम वा क्षमता नभएर होइन । बरु त्यो विचार वा उपाय अपनाउनाले त्यसमा हुने डर, चिन्ता र अनिश्चितता उनीहरुले थेग्न नसक्ने भएर पनि हो । यस्तो विचार वा उपायले सही काम गरेन भने यसले उनीहरुलाई बर्बाद पार्ने डरले पनि केही अगुवाहरुको अरुको धारण सुन्न रुचाउँनन् । सिर्जनात्मक विचारलाई प्रश्रेय नदिएसम्म कुनै पनि संस्था डट्न र सफल हुन सक्दैन । बरु यसो गर्नुहोस्ः सधैँ नयाँ विचार र सोच्ने तरिकाप्रति उदार रहनुहोस् । कामदारहरुको विचार ध्यानपूर्वक सुन्ने गर्नुहोस् र कोही विश्वासिलो र पूर्वाग्रह नराख्ने पात्रलाई त्यो नयाँ विचार सुनाउनुहोस् र त्यो नयाँ विचारलाई कसरी प्रयोगमा ल्याउने बारे पनि छलफल गर्नुहोस् । 


६. मलाई कामको बीचमा अलमल गर्न नआउनुहोस् ।
 अगुवाहरु अक्सर कामको बीचमा अल्झाइन्छन् । तपाईँलाई योजना बुन्न र गरेको कामको समीक्षा गर्न समय चाहिन्छ । तर यदि तपाईँको कार्यकक्षको ढोका सधैँ बन्द छ र कामदारहरु तपाईँलाई कामको बारेमा जानकारी गराउन आउँदैनन् भने, यसले सिधा सन्देश के दिन्छ भनेः तपाईँ औधी नै व्यस्त हुनुहुन्छ । यसले तपाईँलाई आनन्दले काम गर्ने वातावरण त देला तर कार्यालयमा के भइरहेको छ र तपाईँको आवश्यकता कहाँ परिरहेका छ भन्नेबारे तपाईँ अनभिज्ञ हुनुहुनेछ । बरु यसो गर्नुहोस्ः आपूmले गरिरहेको काम रोक्नुहोस्, आफ्नो कम्प्यूटर वा कुनै पनि कामबाट आफ्नो ध्यान कामदारप्रति लगाउँदै उनको कुरा ध्यानपूर्वक सुन्नुहोस् । तपाईँ अत्यन्तै महत्वपूर्ण काममा अल्झिनुभएको छ र उनलाई समय दिन सक्नुहुन्न भने विनम्रका साथ कामदारलाई उनको कुरा अत्यन्त महत्वपूर्ण भएको र यसका लागि पूर्ण ध्यान चाहिने भएकाले केही समयपछि पुनः आउन आग्रह गर्नुहोस् । यसो गर्दा तपाईँले आफ्नो कामको लागि पनि समय बनाउन सक्नुहुनेछ र आफ्नो कार्यस्थलको बारेमा जानकार पनि रहन सक्नुहुनेछ । 


७. असफलताको त कुनै सम्भावना नै छैन ।

यो दर्शन बोकेर काम गर्ने अगुवाहरुले कामदारहरुमा डर र चिन्ता भर्ने काम गर्छन् किनकी उनीहरुले कुनै पनि गल्ती गर्ने मौका पाउँदैनन् । कसैले पनि कुनै पनि जोखिम लिँदैनन् र केही नयाँ कुराको प्रयोग पनि गर्दैनन् किनकी उनीहरु सधैँ सफल हुनपर्छ । यस्तो गर्दा अगुवाहरुले संस्थाको विकासमा जानीजानी रोक लगाइरहेका हुन्छन् । यसरी उनीहरु कहिल्यै पनि अघि बढ्न सक्दैनन् । असफलताले नै हामीलाई कुनै कुरा प्राप्तिका लागि पाठ सिकाउँछ ।
बरु यसो गर्नुहोस्ः कामदारहरुलाई कुनै पनि गल्ती घातक नै भइहाल्दैन भन्ने सिकाउनुहोस् । उनीहरुलाई बरु ती गल्ती समयमै पहिचान गर्दै, त्यसलाई सच्याएर अघि बढ्न लगाउनुहोस् । यदि तपाईँ कुनै पनि गल्तीबिनाको पक्का कामको खोजीमा रहनुभयो भने, तपाईँले कुनै पनि नयाँ कार्य सुरु गर्नुहुन्न । कुनै नयाँ तरिकाबारे नै नसोच्नु नै मुख्य असफलता हो । 






Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 108.15
  • 108.75
  • European euro
  • 126.5
  • 127.2
  • UK pound sterling
  • 144.29
  • 145.09
  • Swiss franc
  • 108.96
  • 109.56
  • Australian dollar
  • 81.92
  • 82.38
  • Canadian dollar
  • 83.64
  • 84.11
  • Singapore dollar
  • 80.74
  • 81.19
  • Japanese yen (10)
  • 9.88
  • 9.94
  • Chinese renminbi (Yuan)
  • 16.93
  • 17.02
  • Saudi Arabian riyal
  • 28.84
  • 29
  • Qatari riyal
  • 29.7
  • 29.87
  • Thai baht
  • 3.39
  • 3.41
  • UAE Dirham
  • 29.44
  • 29.61
  • Malaysian ringgit
  • 27.17
  • 27.32
  • Korean Won (100)
  • 10.03
  • 10.09
  • Swedish Krone
  • 12.39
  • 12.46
  • Danish Krone
  • 16.98
  • 17.08

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम