किम र मुनबीचको पहिलो भेट | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

किम र मुनबीचको पहिलो भेट




तपार्इँ अहिले दक्षिण क्षेत्रमा आउनुभएको छ, तपार्इँ मलाई उत्तर क्षेत्रमा कहिले लानुहुन्छ ?



सारा विश्वले पर्खिरहेको क्षण थियो त्यो ।
उत्तर कोरियाली प्रमुख किम जङ उन दुई कोरिया छुट्याउने रेखासम्म बिस्तारै आइपुग्छन् जहाँ दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन उनको प्रतिक्षा गरिरहेका थिए । उनीहरुले हात मिलाउँछन् र केही भलाकुसारी गर्छन् । त्यसपछि किम सैन्य सिमांकन रेखा नाघ्दै पहिलो पटक दक्षिण कोरिया क्षेत्रमा प्रवेश गर्दछन् । क्यामेराका लागि केही बेर सँगै उभिएपछि, किमले मुनको हात समात्दै उसैगरी मुनलाई पनि उत्तर कोरियाली क्षेत्रमा प्रवेश गराउँछन् । दक्षिण कोरियाले सार्वजनिक गरेको कागजातअनुसार यी दुईबीच भएको कुराकानी यसप्रकार छन् । 


किमः तपाईँलाई भेटेर खुशी लाग्यो । म एकदम खुशी छु ।
मुनः यहाँसम्म आउन केही गाह्रो भयो ?
किमः नाइँ । केही भएन ।
मुनः तपार्इँलाई भेटेर खुशी लाग्यो ।
किमः हजूर, यस ऐतिहासिक स्थानमा भेट्न पाउँदा म अत्यन्तै उत्साहित छु । तपाईँले यस स्थानमा लिन आउनुहुँदा म झनै प्रभावित भएको छु ।
मुनः तपार्इँको साहसिक निर्णयले हामी यहाँसम्म आउन सफल भएका छौँ ।
किमः होइन, होइन ।
मुनः हामीले इतिहास रचेका छौँ ।
किमः तपार्इँलाई भेटेर खुशी लाग्यो ।
मुनः यतापट्टि उभिनुहोस् त !
मुनः तपार्इँ अहिले दक्षिण क्षेत्रमा आउनुभएको छ, तपार्इँ मलाई उत्तर क्षेत्रमा कहिले लानुहुन्छ ?
किमः सायद उत्तर कोरिया क्षेत्रमा पुग्ने सही समय अहिल्यै हो ।
शुक्रबार दुई कोरियाबिचको नाटकीय मिलनपछि उत्तर कोरियाले आणविक हतियार त्याग्ने र विश्व शान्तिलाई बढावा दिने आश बढेर गएको हो । उत्तर कोरियाली प्रमुखले अब केही हप्तामै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । दक्षिण कोरियासँगको ७० वर्षदेखि चिसिएको सम्बन्ध सुधारका लागि किम उनको यो प्रयासले सकारात्मकता बढाएको छ । यसअघि उनका अग्रजहरुले यो हदसम्मको कदम नलिएकाले पनि यस पटकको उत्तर कोरियाको प्रयत्नलाई ध्यानपूर्वक हेरिएको हो ।
आणविक हतियारका कार्यक्रम बन्द गर्ने तयारीसहित शान्ति वार्तामा उत्रिएका किम जङ उनले आर्थिक लाभ, सुरक्षाको प्रत्यानुभूति र दक्षिण कोरियाबाट अमेरिकाका आणविक कार्यक्रम फिर्ता लान सर्त यसअघि उत्तर कोरियाले अघि सारेको थियो । उत्तर कोरियाका यी माग र सर्तहरुमा वार्ता गरी सम्झौतामा आउन मुख्य चुनौती रहेको छ । यता, किम उन भने उत्तर कोरियामाथिको आर्थिक प्रतिबन्ध हटाइ नागरिकको जीवनस्तर उकास्नेतर्पm ध्यान खिच्दै छन् । आणविक हतियारलाई दाउको रुपमा प्रयोग गर्दै उत्तर कोरियामा किम जङ उनले आफ्नो शासन सुरक्षित गर्दै आएका छन् र भविष्यमा पनि गर्ने देखिन्छ । अमेरिकी राष्ट्रिय सुरक्षाका सल्लाहकारका रुपमा नियुक्त भएको केही समय बित्न नपाउँदै जोन बोल्टनले अमेरिका र उत्तर कोरियाबिचको वार्ता सफल नहुने भविष्यवाणी गरिदिएका थिए ।
उत्तर कोरिया र अमेरिकाबिचको वार्ता सफल रहोस् र विश्व शान्तिले प्रश्रेय पाओस् भन्ने कामना मात्र हामी गर्न सक्छौँ । उत्तर कोरिया र अमेरिकाबीच बढ्दै गएको खिचातानीलाई मध्यनजर गर्दै दक्षिण कोरियाले बडो रणनीतिक चाल चल्दै दुई देशबीचको शान्ति वार्तालाई अघि बढाउन सफल भएको थियो । विश्व शान्ति कायम रहोस् । 

हाम्राे पात्राे 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.