चैत्र ३०, काठमाण्डाै । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्षको पुर्वसन्ध्यामा २०७५ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकका अध्यक्ष श्री तुलसीराम अग्रवालद्वारा एक समारोहको बिच बैंकको आफ्नो रजिस्ट्राड कार्यालय, थापाथलीमा उक्त नयाँ सालको क्यालेन्डर सार्वजनिक गर्नुभयो । क्यालेन्डर सार्वजनिक गर्दै बैंकका अध्यक्ष श्री अग्रवालले नयाँ वर्ष २०७५ सालको शु–अवसरमा सम्पूर्ण ग्राहक महानुभावहरु, सेयरधनिहरु, नियमनकारी निकायहरु, कर्मचारीवर्गहरु एवं प्रत्यक्ष एवं अप्रत्यक्ष तवरबाट जोडिनुभएका सबै बर्गमा नव वर्षको शुभकामना ब्यक्त गर्नुभयो । उक्त कार्यक्रममा बैंकका निवर्तमान अध्यक्ष श्री जगदीश प्रसाद अग्रवाल, अन्य सञ्चालकहरु र बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपाने लगायतका उच्च पदाधिकारीज्यूहरुको उपस्थिती रहेको थियो ।
हाल मुलुकभर गरी १९२ शाखा कार्यालयहरु, १९६ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङ्ग मार्फत् मुलुककै सबैभन्दा धेरै संजाल मार्फत बैंकले आफ्नो सेवाहरु प्रदान गरीरहेको छ । बैंकको वासलातको आकार रू १५५ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू १०७ अर्ब र कुल निक्षेप करिब रू १३१ अर्ब पुगीसकेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहन बैंक सफल भएको छ । साथै, संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले निरन्तर पालना गर्दै आएको बेहोरा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (सुचना अधिकारी) सुधिर नाथ पाण्डेद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ ।