फिडेल क्यास्ट्रोसँग भेटेर आउने नेपाली | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

फिडेल क्यास्ट्रोसँग भेटेर आउने नेपाली




   Suyog Dhakal - Feb 11 2017

सन् २००१ मा क्यूवाको हवानामा क्यूवाले नै Inter parliamentary union conference आयोजना गर्यो जसमा विभिन्न राष्ट्रहरुका संसदिय पदाधिकारीहरु सम्मेलित हुनुभएकोमा नेपालका तर्फबाट संसदीय डेलिगेशनको नेतृत्व बुवाले गर्नुभएको थियो । बुवा उतिधेरै आफ्ना कामको कुरा घरमा सुनाउनुहुन्नथ्यो तथापि हवानामा फिडेल क्यास्ट्रोलाई भेटेर आएपछी बुवाले क्यास्ट्रो अरु नेताभन्दा अत्यन्तै फरक र अन्याय सहन नसक्ने ब्यक्ति रहेको भन्नुभएको मलाई याद छ । क्यास्ट्रोसंगको बुवाका तस्वीरलार्इ हाम्रो पात्रोमार्फत् नयाँ पुस्ताले इतिहाससंग साक्षतात्कार गरून अनि बुवाको सम्झना कोशेली पनि होस् भन्ने उद्देश्यले मैले यो अनुभव राखें ।



लाखौंका हिरो अनि हज्जारौंका भिलेन अनि संसारभरिका कम्यूनिष्टहरुको आस्थाका धरोहर फिडल क्यास्ट्रो ९० वर्षको उमेरमा संसार छाडेर गएका हुन् ।

सन् २००८ मा भाई राउल क्यास्ट्रोलाई सत्ता छाडेर मूलधारको राजनितीबाट परसर्न थालेका फिडल क्यास्ट्रोले संसारलाई वैकल्पिक नेतृत्वको एउटा ज्वलन्त दृष्टान्त पनि दिएर गएका छन्, नयाँ पुस्तालाई सत्तामा ल्याएर ।

कसैले क्यास्ट्रोलाई हिरोका रुपमा लिन्छन्, कम्यूनिष्टहरुकालागि उनि हिरो हुने भने धेरैजसो पूजिँवादी राष्ट्रहरुकालागि भने भिलेन नै हुन् । उनको मृत्युपछी धेरै अन्तराष्ट्रिय सञ्चारमाध्यमले उनलाई क्यूबाको गरिबीकालागि जिम्मेवार देखाए भने कत्तिले अमेरिकाको ६ सय ३८औ पटकसम्म पनि ज्यानै जानसक्ने आक्रमणबाट बच्नसक्ने महान साहसी योद्धा र क्यूवाको स्वतन्त्रता अनि सार्वभौम सत्ताकालागी आदर्श पनि माने, जसले जे मानेका भएपनि संसारले एउटा साहषि ब्यक्तिसंग परिचित हुने माैका पाए । 

आज हामी एकजना यस्ता नेपाली नागरीकको अनुभव र तस्वीर यहाँ प्रस्तुत गर्न चाहन्छौं जसले सन् २००१ मा फिडेल क्यास्ट्रोसँग क्यूवाको हवानामै भेटेर आउनुभएको थियो, वहाँ हुनुहुन्थ्यो प्रजातान्त्रिक राजनीतिका एक अभियन्ता स्वर्गिय चिरञ्जीवी प्रसाद रिजाल ।

प्रजातन्त्र पूर्नस्थापनाको आन्दोलनमा वि पी कोईरालाका कदमहरुसँगै वहाँको योगदान र भुमीका अत्यन्त महत्वपूर्ण मानिन्छ । वहाँका पुत्र डाक्टर निर्मल प्रसाद रिजालसंगको वार्तालापका आधारमा हामीले यो विशेषाङ्क हाम्रो पात्रोमा ।

वहाँका पुत्र डाक्टर निर्मल रिजाल सम्झिनुहुन्छः 
बुवाको जीवन समाजवादी प्रजातन्त्रको धार अनि कदमहरुबाट प्रभावीत थियो, केवल ३० वर्षको उमेरमा २०१७ सालमा वहाँ स्याङजा जिल्लाको वडाहाकिम हुनुभएको थियो, वि पी कोइरालासंगको बाक्लो सङ्गत अनि प्रजातान्त्रिक समाजवाद मार्फत् विकसित र समृद्ध नेपाल हेर्न चाहने सपना बुवाको थियो ।

धेरै पटक बुवा जेल परेका बेला दशैँमा जेलमै गएर टीका अनि आर्शिवाद थापेको अनुभव मसंग छ । प्रजातन्त्रको ४६ सालको पूर्नवहाली पछी बुवा २०५२ सालमा राष्ट्रसभामा मनोनित हुनुभएको थियो अनि २०५३ र २०५४ सालमा वहाँ राष्ट्रसभाको उपाध्यक्ष पनि हुनुभयो ।

सन् २००१ मा क्यूवाको हवानामा क्यूवाले नै  Inter parliamentary union conference आयोजना गर्यो जसमा विभिन्न राष्ट्रहरुका संसदिय पदाधिकारीहरु सम्मेलित हुनुभएकोमा नेपालका तर्फबाट संसदीय डेलिगेशनको नेतृत्व बुवाले गर्नुभएको थियो । बुवा उतिधेरै आफ्ना कामको कुरा घरमा सुनाउनुहुन्नथ्यो तथापि हवानामा फिडेल क्यास्ट्रोलाई भेटेर आएपछी बुवाले क्यास्ट्रो अरु नेताभन्दा अत्यन्तै फरक र अन्याय सहन नसक्ने ब्यक्ति रहेको भन्नुभएको मलाई याद छ । क्यास्ट्रोसंगको बुवाका तस्वीरलार्इ हाम्रो पात्रोमार्फत् नयाँ पुस्ताले इतिहाससंग साक्षतात्कार गरून अनि बुवाको सम्झना कोशेली पनि होस् भन्ने उद्देश्यले मैले यो अनुभव राखें ।

आफ्नो नामलाई कायम राख्न फिडेलले क्यूवामा ब्यापार मूल्य, भाडा र श्रमिकको मूल्य यति वढाईदिए कि त्यहाँभएका वैदेशिक लगानीहरु र बहुराष्ट्रिय कम्पनीहरु फिर्ता जानुपर्यो भन्ने आरोप पनि फिडेललाई छ । उनले क्यूवाको चिनीलार्इ रसिया अर्थात् तत्कालीन शोभियत संघलाई पठाएर त्यसको बदलामा हतियार र विष्फोटक पदार्थ ल्याएको आरोप पनि छ ।

धेरैजना क्यूवाका नागरीकहरुले उनको मृत्युलाई खुशीयालीका रुपमा पनि मनाए भने धेरैजनाले एउटा अभिभावक गुमाएको अभिव्यक्ति पनि दिएका छन् । सन् १९५० भन्दा अगाडीको अमेरिकी कारहरुलाई मर्मत गरेर क्यूवामा चलाईन्थ्यो किनकि अरु देशबाट कार या अन्य सामानहरु आउन भित्र्याइन्नथ्यो । क्यूवाको बढेको औसत आयू, प्रतिब्यक्ति आय अनि औसत विद्यालय जाने उमेर बढ्दै गएको तथ्याङ्कले देखाएपनि ती तथ्याङ्कहरु विश्वसनीय नभएको आशङ्का गर्दछन् ।

जे होस फिडेलको नेतृत्वमा क्यूवाले आफ्नो सार्वभौम सत्ता र स्वतन्त्र मानचित्र भने कोरेकै हो, संसारमा कुनैपनि शक्तिकेन्द्रको गुलामी नगरेरै पनि राज्य चल्नसक्छ भन्ने उदहारण क्यास्ट्रोले दिएर गए ।

उनी कानूनका विद्या र्थी हुन् र उनले १९५० मा ग्रयाजुएसन गरेका हुन् । लामो समय पत्रकारीतामा होमिएका क्यास्ट्रो त्यसबेला अर्टोडोक्सो पार्टीका नेता चिबासले आत्महत्या गरेकाले सन् १९५२ बाट पार्टीको नेतृत्व सम्हाल्दै राजनीतिमा सक्रिय भएकाहुन् । सन् १९५८ मा अमेरिकाको न्यू योर्क टाईम्समा दिएको तस्वीर सहितको अन्तरवार्ता आएपछी उनी एकाएक संसारभर एउटा विद्रोही नेताका रुपमा चर्चित हुन पुगे । उनको प्रथम विवाहबाट जन्म भएका छोरा अहिले क्यूवाको आणविक केन्द्र अनि आणविक अध्ययन संस्थानका प्रमुख छन् भने दोश्रो श्रीमतिबाट उनका ५ वटा छोराहरु छन् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.