ब्लग - साहित्य / हाम्रो लेख

सगरमाथामा बिलाएका आरोहीहरु, इतिहास कथा




   Suyog Dhakal - Jul 07 2017

सगरमाथा एउटा सपना हो जसको प्राप्तीकालागि बर्षेनी धेरैजना आरोहीहरु ज्यानको जोखिम मोलेर जानेगर्दछन् । सबैजनाको भाग्यमा चुचुरो अनि जीवनकहाँ हुन्छ र रु कतिजनाले त जीवन सगरमाथाको काखमा गुमाएका छन्, पातलो हावाले अक्सिजन साँचेको कहाँ कुन्छ र रु सानो गडबडिले पनि ठुलो जोखिम दिनेगर्दछ । फेरि मौसम कसका् हातमा हुन्छ र ? मौसमको पासा पल्टेसँगै जीवनको लिला समापन भएका धेरै व्यक्तिहरुका लाश अझै पनि सगरमाथाका हिँउसँगै सलबलाईरहेका छन् ।

यो पनि हेर्नुहोस् : बर्खा बिशेषः मेरो गाँउको घरको छानामा प्वालहरु छन्

आउनुहोस आज त्यस्तै केही सगरमाथा समाधी पाएका विदेशी नाम अनि तिन्का पहिचान र तथ्यहरु बारे छलफल गरौ ।

जर्ज मेलारी

जर्ज मेलारी एउटा अग्रगामी सगरमाथा आरोही हुन् । एडमन्ड हिलारी र तेन्जिगं नोर्गेले सन १९५३ मा आरोहण गरेको ईतिहास भएको सगरमाथामा त्यसभन्दा २९ वर्ष अगाडि जर्ज मेलोरी आरोहण गर्न सन् १९२४ मा पुगेका हुन् । दैव जानुन यिनले चुचुरो मा पाईला राखे या राखेनन तर १९२४ मा बेसक्याम्पवाट उक्लिएका मेलोरी त्यसपछि फर्किएनन् । ईतिहास जित्नेकोमात्र लेखिन्छ, शायद मेलोरीले चुचरो टेकेर फर्किएका भए आज हामीमध्य धेरैले यिनलाई चिनेका हुन्थ्यौ होला ? 

सन् १९२४ बाट लगभग ७५ बर्षसम्म मेलोरीको मृत शरीर सगरमाथाको हिँउसँगै रहिरह्यो तर सन् १९९९ मा एउटा आरोही दलले यिनको मृत शरीर फेला पारेर उनको परिवारलाई बुझाएको हो ।

सर्जि र फ्रयान्सी एरिस्टेभ

सर्जि र फ्रयान्सी एरिस्टेभ सगरमाथाले बिछोड गराएको एउटा प्रेमजोडि हुन् । अमेरिकी नागरीक यिनीहरुको मृत्यू आरोहणका क्रममा सन् १९९८ मा भएको हो । आरोहण गरेर फर्कने क्रममा यिनीहरु एकआपससँग छुटिएका हुन र श्रिमानलाई अर्का आरोहण दलले भेटाएतापनि श्रिमतीलाई खोजीछाड्ने यिन्को प्रयासका क्रममा हिँउको खाल्डोमा परेर श्रिमानको पनि दुख्खद मृत्यू भयो ।
श्रिमान सेर्जीको मृत शरीर भने एकबर्षपछि भेटियो तर श्रिमती फ्रयान्सी अझैपनि कतै हिँउहरु विचनै छिन् ।

हेनलोर सिमेच्स
३९ बर्षिय हेनलोर जर्मन आरोही हुन जो आरोहण गरेर फर्कने क्रममा सन् १७७९ मा सगरमाथामा विलिन भईन् । सगरमाथामा मृत्यूवरण गर्ने पहिलो महिला आरोहीका रुपमा यिनीलाई चिनिन्छ । फर्कने क्रममा केही बेर शरीर थाकेर उभिएकी यिनी त्यसठाँउवाट अगाडि बढिनन्, यिनको जीवन त्यही हिँउको थुप्रोविच समापन भयो ।

छेवागं पालिजोर

यिनलाई अहिलेपनि आरोहीहरुले हरियो जुत्ताका नामले चिन्दछन् । आरोहणका क्रममा हरियो बुट लगाएर चढेका यिनी कहिले फर्किएनन् । भारतीय आरोही छेवागंको मृत्यू सन् १९९६ मा सगरमाथामा भएको भीषण हिँउको चलायमानका कारणले भएको हो । त्यस वर्ष यिनी लगायत अन्य धेरै आरोहीहरुको मृत्यू भएको थियो ।

मार्को लाईटेनकर

स्लोभाकियन आरोही मार्को सन् १९५९ मा जन्मिएका हुन् । सगरमाथा आरोहण क्रममा सन् २००५ मा यिनले मृत्यूवरण गरे । यिनको शरीर अझै पनि ८००० फिट माथी रहेको विश्वास गरिन्छ । अन्य आरोहीहरुका अनुसार यिनको अक्सिजन उपकरणमा गडबडी भएको पाइएको थियो ।

डेभिड शार्प

सगरमाथा आरोहीहरुको मृत्यू मध्य सबैभन्दा बिवादीत मृत्यू यिनै बेलायती आरोही डेघिड शार्पको सन् २००६ मा भएको मृत्यूलाई मानिन्छ । आरोहणका क्रममा छेवागंको हरियो जुत्ता भएको लाश नजिकै बिसाएका डेभिड त्यही मर्न पुगे । अन्य ३० जना आरोहीहरु त्यही बाटोभएर डेभिडलाई देखेर अनि केहीले त कुरा सम्म गरेर उकालो लागेका थिए । केहीबेरमा डेभिडको मृत्यू भयो । आखिर किन कुनैपनि आरोहीले डेभिडलाई सहयोग गर्न चाहेनन रु या डेभिड सहयोग गर्नुपर्ने अवस्थामै थिएनन् , बिवादित छ ।

सगरमाथा पक्कै एउटा सपना हो, जोखिम सहन गर्ने व्यक्तिहरुमा नै जीवन बाँच्ने कला रहेको हुन्छ । सगरमाथामा रहेका शरीरहरु हटाउन पर्ने अभियानको थालनी पनि भएको छ तथापि यो कार्य एकदमै जोखिमयूक्त र महँगो भएकाले गर्न सकिएको छैन् । सगरमाथाको पातलो हावामा आराम गरिरहेका सम्पूर्ण आरोहीहरुलाई श्रद्धासुमन । यसवर्षको आरोहण समय सकिएको छ, यसपाला वयोवृद्ध नेपाली आरोही मिनबहादुर शेरचनलाई नेपालले गुमाएको छ । आरोहीलाई आँउदा वर्षहरुमा मौसमले साथ दिओस् ।

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 103.4
  • 104
  • European euro
  • 122.97
  • 123.68
  • UK pound sterling
  • 139.32
  • 140.12
  • Swiss franc
  • 106.12
  • 106.74
  • Australian dollar
  • 81.99
  • 82.47
  • Canadian dollar
  • 83.63
  • 84.11
  • Singapore dollar
  • 76.42
  • 76.87
  • Japanese yen (10)
  • 9.19
  • 9.24
  • Chinese renminbi (Yuan)
  • 15.69
  • 15.78
  • Saudi Arabian riyal
  • 27.57
  • 27.73
  • Qatari riyal
  • 28.39
  • 28.56
  • Thai baht
  • 3.12
  • 3.14
  • UAE Dirham
  • 28.15
  • 28.31
  • Malaysian ringgit
  • 24.63
  • 24.77
  • Korean Won (100)
  • 9.12
  • 9.17
  • Swedish Krone
  • 12.92
  • 12.99
  • Danish Krone
  • 16.53
  • 16.62