कश्मिरले खोजेको जिउँदो राज्य | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

कश्मिरले खोजेको जिउँदो राज्य




   Suyog Dhakal - Jul 26 2016

कश्मिरमा अब कुरा र कारणहरु छर्लङ्ग र छरपष्ट हुँदैछन् कि यो विवाद जसले दिनहुँ धेरैको ज्यान लिइरहेको छ त्यस्को कारण कुनै भौगोलिक या राजनैतिक सिमाकंनमात्र हैन विचारको बिभत्स विवाद पनि छ हो भन्ने र कश्मिरी जिउँदो राज्य खोज्न थालेका छन् ।



कश्मिरमा अब कुरा र कारणहरु छर्लङ्ग र छरपष्ट हुँदैछन् कि यो विवाद जसले दिनहुँ धेरैको ज्यान लिइरहेको छ त्यस्को कारण कुनै भौगोलिक या राजनैतिक सिमाकंनमात्र हैन विचारको बिभत्स विवाद पनि छ हो भन्ने र कश्मिरी जिउँदो राज्य खोज्न थालेका छन् ।

अब शान्तिकालागी कश्मिरलाई सामाजिक र राजनैतिक सहस्वीकार्य विकल्प र दायित्वबोधता चाहिएको छ । हत्याको हस्ताक्षरमा यूवाहरु हरेक दिन बिशक्तिकृत हुदै गएका छन् अनि नागरीक अधिकार र मानव अधिकार लगायतका कुराहरु बिर्सनलायक असत्य साबित भएका छन् ।

एउटा निराशामय प्रतिक्षा अनि मानवँगै शान्तिप्रतिको आशाको पनि हत्या हुँदैछ । हिजब उल मुजाहिदिनका कमान्डर बुरहन वानीले पालैपिच्छे थप हत्या र अशान्तिको अपेक्षा जगाउने भनाई सार्वजनिक गरिरहँदा एउटा प्रश्न उठेको छ, के कश्मिरिहरुसँग अझै पिडा सहन गर्न सक्ने क्षमता छ ? के कश्मिरिमुटुहरु अझै यो अशान्तिमा धडकिन सक्छन् ? अझै कति समय ? अब त पिडा सहनगर्न लाई प्लास्टीक्कै मुटु चाहिने त हैन ? समान्य मानव मुटुको पिडा सहन क्षमता समाप्त भइसक्यो ।

कश्मिरको पिडा के नयाँ दिल्ली र इस्लामाबाद ले उत्तिकै गहन रुपमा हेरेका छन त ? बिश्व दौडाहामा प्रधानमन्त्री नरेन्द्र मोदी एकदमै सक्रिय भएर भारत र भाइचाराको नारा लगाउदैगर्दा आफ्नै देशको कश्मिर र गृहजिल्ला गुजरातमा भएको द्वन्दप्रतिको उदासिनताले पनि धेरै प्रश्न उब्जाएको छ । बिश्वको सबैभन्दा ठूलो र लामो प्रजातान्त्रीक इतिहास र अभ्यास गरेको देश भारतका प्रधानमन्त्रीज्यूले प्रजातन्त्रका बारेमा जेजस्ता कुरा गरेतापनि भारतको बास्तविक प्रजातन्त्रको धरातलका बारे कश्मिरका यस् सन्देशहरुले बडो दर्दनाक चित्र प्रस्तुत गरेको छ । कुरा जे होस अहिले अन्तराष्ट्रिय रुपमै कश्मिरको मुद्वाकालागी राष्ट्रिय र अन्तराष्ट्रियरुपमा आवाजहरु उठ्न थालेको छ । हाम्रो पात्रो मार्फत हामीले कश्मिरको शान्तिको लागी एैक्यबद्वता जनाँउदैआएका छौ चाहे त्यो कवियत्री इन्शाह मल्लिकको कविताको नेपाली अनुवाद होस या ट्विटरको ख्यष्अभ या प्बकजmष्च को पोष्टहरुनै किन नहोस, आउनुहोस कश्मिरका मुद्वाहरुमा भएका फोटो र पोष्टरु ब्याख्या गर्दैछौँ । बिभिन्न सेलिब्रेटीहरुको फोटोलाई मृतक र घाइतेको रुपमा रुपान्तरित गरेर पनि कश्मिरका पिडाहरु ब्यक्त गरिएका छन्, सम्पूर्ण बिश्वप्रसिद्व फोटोहरु यहाँ प्रस्तुत गरिएका छन् ।

फोटो १
साहिल जहुर को बिराट कोहलीलाई सन्देश


प्रिय बिराट !
क्रिकेट अभ्यासबाट फर्किदा मलाई सेनाले बाँया आँखामा गोली हाने तर मलाई चिन्ता नलेउ भनेकाछन् किनभने मलाई लागेको गोलीमा बिष हालिएको छैन रे । मेरोलागी कश्मिरमा बोलिदिने कोही पनि छैन र आफ्नो न्यायप्रतिको तृष्णालाई कायम राख्न मसँग कुनै पनि कारण छैन । तिमी सकुशल रहु र चाँडै निको हुनु बिराज । तिमी र म पूनः मैदानमा बल खेल्न नपाउला तर कम्तिमा बाच्च्न भने पाइएला भन्ने आशा छ ।

साहिल जहुर
कश्मिर

फोटो २
अमिताव बच्चनलाई सन्देश


प्रिय अमित जी !
तपाईलाई लागेको चोटपटककालागी म खेद ब्यक्त गर्दछु । सिमा सुरक्षावलका कुरामा तपाइले हस्तक्षेप नगर्नुभएकै बेश हुन्थ्यो होला । मेरो छोरा गोवार नाजीले पनि तपाइलेजस्तै गल्ती गरेको थियो जब उस्ले बिहान दुध लिन जाँदा सुरक्षाकर्मीहरुले एकजना अपागंबालकलाई जबरजस्ती दुखः दिइरहेको देखे र ति बालकलाई बचाउन खोजे । मेरो छोरा हतियार बिहिन भएतापनि सुरक्षाकर्मीले उस्लाई बिष नभएको गोली बर्षाए र उस्को प्राण गयो । मेरी आमा नातीको शोकमा तत्कालै हृदयघात भएर बित्नुभयो ।

तपाई सुरक्षित बस्नुहोला र आफ्ना नातीनातिनासँग बुढेसकालमा समय बिताउन पाउनुभएकोमा तपाई धेरै भाग्यमानी हुनुहुन्छ ।

नजिर अहमद दर
कश्मिर

फोटो ३
मार्क जुकरबर्गलाई कश्मिरका यूवाहरुको सन्देश

प्रिय मार्क ! 
हामी सबैजनाकालागी तिमीएकजना प्रेरणाका श्रोत हौ । तिमीले गरेका कार्यले हामीसबैका सपनाहरुलाई आकार दिने काम गरेको छ, तिम्रो अन्र्तवार्ता र पोष्टहरु हामी पनि फेसबुकमा राख्छौँ र शेयर गछौँ , कतिपय अवस्थामा हामीले शेयर गरेका पिडाका पोष्टहरु सामाजिक मुल्य बिपरित भएको भनेर फेसबुकले हटाउने पनि गरेको छ । हाम्रो त सरकारलेनै मोबाइल ईन्टरनेट र पत्रिकाहरुमा निषेध गरेको छ, करफ्यूले गर्दा हामी बाहिरपनि निस्कन सक्दैनौँ र हाम्रो खबर लिन कोही अन्तराष्ट्रिय पत्रकार हाम्रै दैलोमा नआउन्जेलसम्म हामीले कुर्नुपर्ने हुन्छ । भारतको सम्पूर्ण भुभागहरु डिजीटल एजमा प्रवेश गरेतापनि कश्मिर बन्चीत छ । अरुकुरा जे होस, जुकरबर्ग दाजु तिमी आरामले बस ।

फोटो ४
नरेन्द्र मोदीलाई सन्देश


मोदी जी !
आँखामा लागेको गोलीमा बिष त थिएत तर भित्र गढेको गोली निकाल्न शल्यक्रिया गरेको छु तर दुर्भाग्य तपाईको कोसेली त्यो गोली अझै आखा पछाडी छ । तत्काल शल्यक्रिया गर्न अस्पताल जादा तपाइका आर्मीले हामीलाई रोकेर बिलम्भ नगरिदिएको भए आज मेरो अवस्था यत्ति पिडादायी हुदैनथियो होला । म सँगै एउटा सिगोँ पुस्तानै अन्धो हुदैछ र मेरो जस्ता सैयौँ घटनाहरु गएका ५ बर्षमा देखिएका छन् र यो क्रम निरन्तर छ । तपाई छिट्टै निको हुनुहोस र यस्ता क्रियाकलापहरुलाई रोक्न सक्नुहोस, शुभकामना छ ।

डाक्टर साजिद खान्डे
आखाँ रोग बिशेषज्ञ



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.