विश्व स्तनपान सप्ताह | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

विश्व स्तनपान सप्ताह


   Suyog Dhakal - Aug 02 2016

हामी सबै विभिन्न वर्ग, भाषा, समुदाय, लिङ्ग, वर्ण अनि देशका हुनसक्छौँ, हामीले खाने खाना, लाउने लुगा र बस्ने घर फरक फरक हुनसक्छ तर हामीमा भएको सबैभन्दा ठूलो समानता भनेकै हामी यस ग्रह पृथ्वीका वासिन्दा हौं र हामी मानव हौं । एक मानव भएका नाताले हामीसबैको जिवनमा समानता छ, हामी सबै आमाको कोखबाट जन्मेका हौं र मातृ-वात्सल्य हरेक शिशुको नैसर्गीक अधिकार हो ।



हामी सबै विभिन्न वर्ग, भाषा, समुदाय, लिङ्ग, वर्ण अनि देशका हुनसक्छौँ, हामीले खाने खाना, लाउने लुगा र बस्ने घर फरक फरक हुनसक्छ तर हामीमा भएको सबैभन्दा ठूलो समानता भनेकै हामी यस ग्रह पृथ्वीका वासिन्दा हौं र हामी मानव हौं । एक मानव भएका नाताले हामीसबैको जिवनमा समानता छ, हामी सबै आमाको कोखबाट जन्मेका हौं र मातृ-वात्सल्य हरेक शिशुको नैसर्गीक अधिकार हो ।

स्तनपान एउटा शिशुको जीवन रक्षात्मक खुराक हो अनि यस जीवन रक्षात्मक खुराक अनि मानव उत्पतिसंगै चलिआएको नयाँ पुस्ताको आगमन खुराक प्रति आधूनिक सभ्यतालाई सजग र सुचित गर्न हरेक वर्षको अगस्त महिनाको १ देखि ७ सम्म विश्व स्तनपान सप्ताहमा संसारका १२० भन्दा बढि देशहरुले मनाउने गर्दछन ।

विश्व स्वास्थ्य संगठनको अध्यनहरुले सालाखाला संसारमा प्रतिघन्टा १५००० नवजात शिशुको जन्म हुन्छ, के सम्पूर्ण नव-आगन्तुक भविष्यका कर्णधारले स्तनपान गर्न पाउँछन ? अहिलेको पुस्ताले भावी पुस्तालाई कस्तो वातावरण र वालतस्य दिन सकेको छ ? यी प्रश्नहरु हामीले आफैले आफैलाई सोध्नै पर्ने भएको छ ।

जन्मदरमा नियन्त्रण गर्दैआएका राष्ट्रहरुले पनि मानव श्रोतको उपलब्धता र महत्वलाई पूर्नविचारगर्दै पूनः जन्मदरलाई बढाउन प्रोत्साहन गर्न थालेका छन्, धेरै बिकसीत राष्ट्रहरुमा बुढाबुढीको जनसंख्या धेरै र जन्मदर कम भएर जनसख्याँ सन्तुलनमा ल्याउन गाह्रो छ । पृथ्वी र मानव सभ्यताले सन्तुलित रुपमा नयाँ पुस्ताको आगमन को हर्षोल्लासपूर्ण रुपमा स्वागत र उनिहरुप्रतिको जवाफदेहिता बहन गर्न जरुरी देखिन्छ । यी कुराहरुलाई नै बुझेर यस बर्षको विश्व स्तनपान सप्ताहको नारानै "स्तनपान दिगो बिकासको बाटो" भनेर राखिएको छ ।

नेपालमै पनि बिकासको बढ्दो क्रमसगैं जनसंख्या वृद्धि दरमा धेरै कमी आइसकेको छ तर विकास भनेको थोरै जनसंख्या मात्र पक्कै पनि हैन । हरेक नागरीकको अधिकार र विकास प्रति संबेदनशील सुमदाय र सरकार अनि सहज जीवनशैलीनै विकास हो । पहिलेका झै बाटोघाटोमा धेरै धेरै वालबालिका आजभोली देखिदैनन । आधुनिकतासगैं व्यस्त जीवनशैलीले गर्दा आमाहरुले आफ्ना शिशुसंग बिताउने समय पनि घट्दै गएको छ, बजारमा बिभिन्न रुपमा आएका शिशुआहार विज्ञापन अनि सहज उपलब्धताले स्तनपानमा कमी आएकै हो । ब्यस्त जीवनशैली अनि मुख्यतया कार्यरत आमाहरुको थोरै समय अनि कार्यवातावरणमा स्तनपान र शिशु स्याहारको उचीत स्थान नहुँदा पनि अप्ठेरो बढेकै हो ।

नेपालको राजधानी काठमाण्डौको मुटुमै रहेका भनिने अन्तराष्ट्रिय स्तरको शपिङ्ग मल र होटलहरुमै पनि स्तनपान र शिशुमैत्री कक्षहरु नभेटिनु एउटा विडम्बना नै हो, भौतिक संरचना निर्माण गर्दा आमा र शिशुका लागी छुट्टै कक्ष ब्यवस्था भइदिए भावी पुस्ताले हामीलाई धन्यबाद दिनेछ । स्वस्थ्य संसार आजको आवश्यक्ता हो, सम्पूर्ण आमा, वुवा र समाजलाई शुभकामना स्मरण रहोस अगस्त ७ सम्म संसारले विश्व स्तनपान दिवस मनाउँदै छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.