Get hamro Patro on the go

Try our free app loved by more than 1,000,000 users


ब्लग - साहित्य / हाम्रो लेख

आर्थिक विकासका लागि पहिले सोंचमा परिवर्तन गरौ




   Bishwa Raj Adhikari - Apr 17 2017

हाम्रो आर्थिक जीवनलाई दुई कुराहरू: कम्युनिष्ट सिद्धान्त र हिन्दी सिनेमाले अति नै प्रभाव पारेको छ। प्रभाव पनि कपडामा रंग चढेर झर्न कठिन हुने जस्तो गरी प्रभाव पारेको छ। र यी दुई कुराहरूले धनीहरू प्रति खास किसिमको नकारात्मक धारणा निर्माण गर्न नेपाली समाजलाई बाध्य पारेका छन्। हिन्दी सिनेमा र कम्युनिष्ट सिद्धान्तले हामीलाई जहिले पनि धनीहरू शोषक हुन र गरिबहरू उनीहरूबाट निरन्तर शोषित हुन्छन भनी सिकाए र धनीहरूलाई घृणा गर्न वा उनीहरू प्रति असमवेदनशील हुन लगाए पनि।

धनीहरूको धनको क्षय कुनै कारण (हडताल, प्राकृतिक विपत्ति, बाढी आदि) ले हुँदा खुसी हुन सिकाए पनि। यी कारणहरूले गर्दा हामीले जहिले पनि धनीहरूलाई हिन्दी सिनेमा र कम्युनिष्टहरूले दिएका आँखाहरूले हेर्यौ। सकारात्मक एवं यथार्थवादी आँखाहरूले हेरेनौ। परिणाम: धनीहरूले निर्वाध रुपमा व्यापार गर्न पाएनन्, मुनाफा अधिक आर्जन गर्न पाएनन् ग्नसमाज गरिब भयो, अनि देश नै गरिब भयो। देश भित्र विभिन्न क्षेत्रहरूको विकास गर्न विदेशी दाताहरूको मुख ताक्नु पर्ने बाध्यता भयो। तर बेलायतमा सन् १७६० देखि १८४० सम्म चलेको औधोगिक क्रान्तिले बेलायतीहरूलाई धनी तुल्यायो। बेलायतीहरू धनी भएको कारणले बेलायत पनि धनी राष्ट्र हुन पुग्यो। यसरी बेलायतालाई धनी तुल्याउनमा औद्योगिक क्रान्तिले अहंम भूमिका खेल्यो। धनी भएको कारणले गर्दा नै बेलायत संसारभरि आफ्नो उपनिवेस खडा गर्न सफल भएको थियो पनि।

कुनै पनि देश धनी हुनमा धनीहरूको ठूलो हात हुन्छ। र भन्ने हो भने धनीहरूले नै देशलाई धनी तुल्याउने गर्दछन। देशलाई गरिबहरुले धनी तुल्याउने होइन। गरिबहरुले त केवल सहयोगीको भूमिका निर्वाह गर्दछन। धनीहरूलाई धन आर्जन गर्न सहयोग पुर्याए वापत गरिबहरूले सरकारबाट सामाजिक सेवा मार्फत विभिन्न किसिमका आर्थिक सहयोगहरू प्राप्त गर्दछन र यसरी गरिबहरूलाई सहयोग गर्न सरकारले धनीहरू सँग विभिन्न रकमहरू करको रुपमा लिएको हुन्छ। र यसरी देशमा जति धनीहरूको संख्या बढेर जान्छ, जति बढी उनीहरूले धन आर्जन गर्न पाँउछन त्येही मात्रामा नै गरिबहरुले सरकारबाट पाउने विभिन्न आर्थिक सहयोगको रकमको परिमाण बढ्दै जान्छ। यसरी देशमा धनीहरूको संख्या बढ्नु गरिबहरूको लागि फाइदाको स्थिति हो। तर धनीहरूसँग पैसा (विभिन्न करहरू) लिएर गरिबहरूलाई विभिन्न किसिमका आर्थिक सहुलियत दिन सरकार निष्पक्ष र इमान्दार हुन आवस्यक छ। धनीहरूबाट उठाएका विभिन्न किसमका करहरूलाई सरकारले इमान्दारीपूर्वक विकास एवं निर्माणमा खर्च गर्न आवश्यक छ। पश्चिमी देशहरूमा यी दुबै कुराहरू व्यवहारमा देख्न पाइन्छ।

नेपालका कम्युनिष्टहरूले धनीहरूको विरोधमा जहिले पनि विष वमन गरे। त्येति मात्र होइन, धनीहरूको ज्यान पनि लिए। धेरै धनीहरूको निर्मम किसिमले हत्या गरे।

भारत, पश्चिम बंगालको नक्श्लबाडी भन्ने स्थानबाट प्रारम्भ भएको कम्युनिष्ट आन्दोलनबाट प्रभावित भएर झापामा २०२७ सालतिर शुरु भएको ‘कम्युनिष्ट आनन्दोलन’ ले नेपालमा रक्तपातपूर्ण र सशक्त किसिमले धनीहरूको विरोधमा आन्दोलन चलाएको थियो। र त्यो आन्दोलनले केही धनी व्यक्तिहरूको, बुर्जुवा र शोषक भन्दै, निर्मम किसिमले हत्या पनि गर्यो। त्यो आन्दोलनले धनीहरूको विचार परिवर्तन गर्नुको सट्टा ‘धनीहरूको सफाया’ गर्ने रणनीति अख्तियार गर्यो। देश र समाजलाई धनी तुल्याउने धनी वर्गलाई यो आन्दोलनले घृणाको दृष्टिले हेर्यो र सामान्य नागरिकहरूलाई पनि त्येही दृष्टिले हेर्न लगायो।

२०५२ सालमा सशस्त्र संघर्ष सहित आरम्भ भएको ‘माओवादी आन्दोलन’ ले त झन गरिबहरूलाई धनीहरूप्रति निरन्तर, अति नै घृणाको दृष्टि राख्न लगायो। राज्य, सरकार र धनीहरूलाई गरिब जनताको शत्रु भन्दै उनीहरूको विरोधमा हतियार उठाउन लगायो। धेरै राष्ट्रसेवक र धनीहरूको हत्या समेत गरायो।
माओवादीहरूले त झन धनीहरूलाई दोहरो किसिमले पीडा दिए। पहिलो, माओवादीहरूले ‘यो जनताको संघर्ष हो’ भन्दै आफ्नो त्यो संघर्ष सफल पार्न धनीहरूसँग बलपूर्वक, धम्क्याएर, चन्दा लिए। चन्दा नदिने धनी (उनीहरूको भाषामा) हरूको हत्या समेत पनि गरे। दोस्रो, धनीहरूको कारखानाहरूमा काम गर्ने श्रमिकहरूलाई उचालेर बन्द, हडताल गर्न बाध्य पारे। धनीहरुलाई निर्वाध रूपाम काम गर्न नदिन श्रमिकहरूलाई उत्प्रेरित गरे, उपयोग गरे। यसरी माओवादीहरूले धनी र गरिब, दुबै वर्गको आफ्नो हितका लागि अधिक्तमा दुरुपयोग गरे। र सबै भन्दा ठूलो कुरा, माओवादीहरूले धनीहरूलाई सर्वकालिक रुपमा शत्रुको रुपमा हेर्ने आँखा गरिबहरुलाई दिए।

नेपाली जीवनमा हिन्दी सिनेमाको (कु) प्रभाव पनि धेरै छ। हिन्दी सिनेमाहरूले बढी टिकट बिक्री गर्न जहिले पनि उद्योगपति र व्यापारीहरूलाई समाजका शत्रुहरूको रुपमा प्रस्तुत गरे। हिन्दी सिनेमाहरूबाट प्रभावित हुँदै आम नेपाली (दर्शक) हरूले पनि धनीहरूलाई हिन्दी सिनेमाले दिएको आँखाले हेरे। आफ्नो आँखाले हेर्न सकेनन। धनीलाई गरिबहरूको शत्रुको रुपमा मात्र देखे। देशमा रोजगारी श्रृजना गरेर देशवासी र देशलाई धनी पार्नमा धनीहरूको भूमिका अति नै महत्वपूर्ण हुन्छ भनी हेर्ने दृष्टि हिन्दी सिनेमाले कहिले पनि दिन सकेन। हिन्दी सिनेमाहरुमा हडतालको दृश्य र सम्वाद यस किसिमबाट प्रस्तुत हुन्थ्यो कि दर्शको सहानभूति धनी होइन गरिबहरू पट्टि पुगथ्यो। धनीहरू शत्रु, हृदयहीन, स्वार्थीका रूपमा चित्रित हुन्थ्ये।

सिनेमा निर्माता, निर्देशक वा सिनेमा निर्माण गर्न आर्थिक लगानी गर्ने अन्यहरूले गरिबहरू प्रति सहानभूति राख्न आफ्ना सिनेमाहरूमा कारखानाहरूका मालिकलाई क्रुर वा हृद्यहीन देखाउँदै श्रमिकहरूलाई सोझा, ठगिएका भनी देखाएका होइनन। केवल गरीबहरुको पैसा (टिकट बिक्रीबाट) तानेर धेरै नाफा कमाउन उनीहरूले त्यस्तो (धेरै दर्शकहरूले सिनेमा हेरि दिउन) चलाकी गरेका हुन। गरिबहरूको संख्या ठूलो हुने र धेरै गरिबहरूले सिनेमा हेर्ने हुनाले गरिबहरूलाई अनुकूल वा मन पर्ने कुरा (कारखानामा हडताल भएको, मालिकले दुर्व्यवहार गरेको) देखाएर अति नाफा आर्जन गर्न खोजेका हुन। तर विडम्बना! तिनीहरू (निर्माता, निर्देशक, वितरक, प्रमुख कलाकार आदि) जसले सिनेमा मार्फत धनीहरुको विरोध गर्न र धनीहरूलाई शत्रुको रुपमा हेर्न दर्शक वा गरिबहरूलाई सिकाउँछन उनीहरू आफू चाहिं अति नै धनी एवं करोडपति हुन्छन। पुराना सिनेमाका अभिनेता राज कपुर वा नया सिनेमाका अभिनेता अमिताभ बच्चनलाई नै यस कथनको उदाहरणको रूपमा लिन सकिन्छ। नेपाल र भारतमा औधोगिक विकासको गतिविधि सुस्त पार्नमा हिन्दी सिनेमाहरुले पनि ठूलो भूमिका खेलेका छन। मजदूर र मिल मालिकको सम्बन्ध खराब पार्नमा हिन्दी सिनेमाहरूले भूमिका महत्वपूर्ण खेलेका छन्।

धनीहरू समाजका शत्रु हुन। यिनीहरूले श्रमिकहरूको श्रमको चरम शोषण गर्छन। श्रमिकहरूलाई कहिले पनि धनी हुन दिंदैनन्। धनीहरूलाई यसरी हेर्नु पर्ने दृष्टिकोण नागरिकहरूलाई कम्युनिष्टहरूले खास किसिम (साहित्य र विचारद्वारा) ले दिएका हुन। यो दृष्टिकोण व्यवहारवादी भने होइन। भ्रामक र मिथ्या हो। केही अपवाद बाहेक धनीहरूले देशमा रोजगारी श्रृजना गरेर, व्यापारिक वातावरणमा निर्माण गरेर, देशलाई धनी पार्नमा ठूलो भूमिका खेलेका हुन्छन। धनीहरूका क्रियाकलापहरुले गर्दा नै देश धनी हुने हो। धनी, उद्योगपति र व्यापारीहरूले गर्दा नै पश्चिमका देशहरू धनी भएका हुन।

धनीहरूले गिरिबी निवारण र मानव कल्याणका लागि आर्थिक सहयोग गरेका उदाहरणहरू धेरै छन। यहाँ अमेरिकी नागरिक बिल गेट्सले मानव कल्याणका लागि गरेका कार्यहरूलाई प्रतिनिधि उदाहरणका रुपमा चर्चा गरौ।

सन् २०१६ मा, फोर्ब्सले तयार पारेको विश्वका अति धनीहरूको सूचीमा एघारौं स्थानमा रहेका ७५ बिलियन डलरका मालिक, अमेरिकी नागरिक बिल गेट्स, जो माइक्रोसफ्टका सह स्थापक पनि हुन, ले ‘बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन’ नामक एक मानव कल्याणकारी संस्थाको स्थापना गरेका छन। र त्यस संस्थाको लागि एक कोष पनि खडा गरेका छन्। त्यस कोषमा आफ्नो आम्दानीबाट पनि रकम जम्मा गरि रहेका छन। यो फाउन्डेसन एक निजी संस्था हो। अमेरिकाको वासिंगटन राज्यको सियाट्ल सहरमा स्थिति यस संस्थाका ट्रस्टीका रुपमा बिल गेट्स, मेलिन्डा गेट्स र वारेन बफेट रहेका छन। यी ट्रस्टीहरूले नै यस संस्थाको नियन्त्रण पनि गर्छन। यस संस्थाको प्राथमिक उद्देश्य अमेरिकामा शिक्षाका औसरहरूको विस्तार गर्नु र सूचना प्रविधिमा धेरैको पहुँच पुर्याउनु रहेको छ भने विश्वभरि स्वास्थ्य सेवा विस्तार गर्नु र अति निर्धनता कम पार्नु रहेको छ। सन् २००० मा स्थापना भएको यो संस्थाले विभिन्न क्षेत्रहरूमा सहयोग पुर्याउन ४४.३ बिलियन डलर बराबरको सहयोग (चन्दा) कोष निर्माण गरि सकेको छ।।

नेपालमा पनि धनि अथवा उद्योगपति तथा व्यापारीहरूले सामाजिक कार्यहरूमा ठूला ठूला धनराशीहरू खर्च गरेका छन। वीरगञ्जमा नै पनि ठाकुर राम क्याम्स, हरि खेतान क्मामप्स, धर्मशाला, अस्पताल, स्कूलआदिको निर्माणमा व्यापारीहरूले धेरै खर्च गरेका छन।

देशलाई धनी पार्न हामीले धनीहरू प्रति पूर्वाग्रहपूर्ण राखेको गलत धारणा तत्काल परिवर्तन गर्न आवश्यक छ। धनीहरूले नै मुलुकलाई धनी तुल्याउने हो, गरिबहरूले होइन। हुन पनि महको श्रृजना केवल मौरीले मात्र गर्न जानेको हुन्छ। महको श्रृजना कमिलाले कहिले पनि गर्न सक्तैन। यसैगरी, धनको श्रृजना गर्न केवल धनी (Entrepreneurs ) हरूले मात्र जानेका हुन्छन। उनीहरूमा धन श्रृजना गर्ने एक विशेष किसिमको प्रतिभा हुन्छ। समय आएको छ, नेपाललाई धनी पार्न व्यापारीहरू पूर्ण सहयोग गरौ। आर्थिक विकासका लागि पहिले सोंचमा परिवर्तन गरौ।



Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.3
  • 102.9
  • European euro
  • 111.44
  • 112.09
  • UK pound sterling
  • 131.93
  • 132.7
  • Swiss franc
  • 102.96
  • 103.56
  • Australian dollar
  • 76.46
  • 76.91
  • Canadian dollar
  • 75.34
  • 75.78
  • Singapore dollar
  • 73.25
  • 73.68
  • Japanese yen (10)
  • 9.19
  • 9.24
  • Chinese renminbi (Yuan)
  • 14.84
  • 14.93
  • Saudi Arabian riyal
  • 27.28
  • 27.44
  • Qatari riyal
  • 28.09
  • 28.26
  • Thai baht
  • 2.96
  • 2.97
  • UAE Dirham
  • 27.85
  • 28.02
  • Malaysian ringgit
  • 23.54
  • 23.67
  • Korean Won (100)
  • 9.02
  • 9.07
  • Swedish Krone
  • 11.57
  • 11.64
  • Danish Krone
  • 14.98
  • 15.07