ब्लग - साहित्य / हाम्रो लेख

हवाइयात्रामा सुरक्षा




आज भएकोजस्तो प्राविधिक गडबडीका कारण हुने दुर्घटना त रोक्न नसकिने वा आइपर्ने घटनामध्येको हो । जानाजान हवाई विमान निशानामा परे भने चाहिँ लाखौं मानिसले एकै पटक ज्यान गुमाउनपर्ने निश्चित जस्तै छ ।



बंगलादेशको ढाकाबाट काठमाडौं आइरहेको विमान दुर्घटना हुँदा विमानमा सवार प्राय मानिसले ज्यान गुमाएको समाचार हामीले आज मात्र सुन्यौं । दिनमा कति जना मानिस हवाई विमान प्रयोग गरी यात्रा गर्दछन् होला, अनुमान गर्न सक्नुहुन्छ ? अन्तर्राष्ट्रिय उड्डयन संघ, आइएटिएका अनुसार विश्वभर हरेक दिन एक करोड मानिस हवाइयात्रा गर्दछन् ।
आज भएकोजस्तो प्राविधिक गडबडीका कारण हुने दुर्घटना त रोक्न नसकिने वा आइपर्ने घटनामध्येको हो । जानाजान हवाई विमान निशानामा परे भने चाहिँ लाखौं मानिसले एकै पटक ज्यान गुमाउनपर्ने निश्चित जस्तै छ । एक करोड मानिस हवाइयात्रा गर्दाको संवेदनशीलता हामी अनुमान पनि गर्न सक्दैनौं । भविष्यमा हुनसक्ने युद्ध वा शक्तिशाली राष्ट्रबीचको खटपटमा हुन सक्ने विमान हमलाको यस्तै जोखिम हटाउनका लागि आइएटिएका कार्यकारी निर्देशक, एलेक्जेण्डर डी जुनियाकले सूचना केन्द्र स्थापित गर्ने लक्ष्य राखेका छन् । तर, विभिन्न मुलुकका सरकारहरुले यसप्रति देखाएको उदासिनताका कारण सो लक्ष्य प्राप्ति असफल भएकोप्रति भने उनी रुष्ट भएका थिए ।
च्यानल न्युज एसियासँगको अन्तर्वार्तामा केही दिन अघि मात्र उनले आइएटिएको सूचना केन्द्र बनाउने प्रयास मुलुकहरुको सरकारको बेवास्ताका कारण असफल भएको बताएका थिए । आइएटिएको सो प्रयास अनुसार जोखिमयुक्त क्षेत्र र उडान भर्न नमिल्ने क्षेत्रहरुको सूचना संकलन गर्ने सो प्रयासको लक्ष्य रहेको थियो । सरकारमा बस्ने प्रमुखहरुको सूचना संकलनका लागि चाहिने सहकार्य तथा सहायता पु¥याउन गाह्रो हुन्छ भन्ने मानसिकतामाथि उनले तीव्र आलोचना गरेका थिए । विश्वभर भरिने ८३ प्रतिशत उडान तथा २ सय ८० विमानस्थलको हिसाबकिताब राख्दै आएको आइएटिएले विश्वमा बढ्दै जान सक्ने राजनैतिक तनावलाई मध्यनजर गर्दै हवाइयात्रामा हुन सक्ने जोखिम कम गर्न सो प्रयासको थालनी गरेको हो ।
सन् २०१४ जुलाईमा युक्रेनमा उडिरहेको मलेसिया एयरलाइन्स विमानलाई रुसविरोधी समूहले निशाना बनाउँदा विमानमा सवार २ सय ९८ को मृत्यु भएको थियो । गएको डिसेम्बरमा दुई कोरियाबिच आणविक हतियारको विषयमा चर्किरहेको तनावकाबीच उत्तर कोरियाले मिसाइल परिक्षण गरेको समाचार क्याथे प्यासिफि विमानका चालक दलले सार्वजनिक गरेका थिए । विभिन्न मुलुकका राज्यप्रमुखहरुले सूचनाको संवेदनशीलतालाई लिएर सूचना केन्द्र स्थापनाको लागि पहल नगरेको बारे जानकार रहेका आइएटिएका निर्देशक जुनियाकले संवेदनशील सूचान प्रकाशन जरुरी नरहेको पनि बताउँदै आएका छन् । तर, सूचना आदानप्रदान अहिलेको समयमा निकै महत्वपूर्ण रहेको पनि उनले बताए । 


आइएटिएले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०१६ मा ३ अर्ब ८० करोड यात्रु हवाइमार्ग हुँदै यात्रा गर्थे भने यो संख्या सन् २०३५ सम्ममा दुई गुणा बढ्ने अनुमान गरिएको छ । यसको मतलब २०३५ मा ७ अर्ब २० करोड मानिस हवाईयात्रामा निर्भर हुनेछन् । अरुको तुलनामा एसियामा हवाइयात्रा गर्नेहरुको संख्या तीव्र रुपमा वृद्धि भइरहेको पनि सो प्रतिवेदनमा उल्लेख रहेको छ । दिनमा एक करोड मानिस र टनका टन सामानहरु ओसारपसार हुने भएका कारणले पनि आवश्यक सूचना सार्वजनिक गर्न निर्देशक जुनियाकले विश्वभरका मुलुकसंग अपिल गरेका छन् । “सुरक्षा सरकारको जिम्मेवारी हो, ” उनी भन्छन् । सरकारी स्रोत तथा सूचनाका साथै संगै काम गर्न सकिएको खण्डमा विश्वभर हवाईयात्रा सुरक्षित बनाउन सकिनेमा उनी विश्वस्त छन् तर यसका लागि विश्वका नेताहरुमा राजनैतिक इच्छाशक्ति हुनुपर्नेमा उनको जोड छ ।

हाम्रो पात्रो



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 115.22
  • 115.82
  • European euro
  • 135.59
  • 136.3
  • UK pound sterling
  • 152.02
  • 152.81
  • Swiss franc
  • 120.51
  • 121.14
  • Australian dollar
  • 83.91
  • 84.35
  • Canadian dollar
  • 89.26
  • 89.72
  • Singapore dollar
  • 84.48
  • 84.92
  • Japanese yen (10)
  • 10.22
  • 10.28
  • Chinese renminbi (Yuan)
  • 16.83
  • 16.92
  • Saudi Arabian riyal
  • 30.72
  • 30.88
  • Qatari riyal
  • 31.65
  • 31.81
  • Thai baht
  • 3.55
  • 3.57
  • UAE Dirham
  • 31.37
  • 31.53
  • Malaysian ringgit
  • 27.9
  • 28.04
  • Korean Won (100)
  • 10.32
  • 10.37
  • Swedish Krone
  • 13.11
  • 13.17
  • Danish Krone
  • 18.18
  • 18.27

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम