बिश्वका १५ सबैभन्दा भ्रष्ट देशहरु , भ्रष्टाचार दिवस बिशेष | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

बिश्वका १५ सबैभन्दा भ्रष्ट देशहरु , भ्रष्टाचार दिवस बिशेष




   Suyog Dhakal - Dec 09 2017

८अकंका साथ तर्थ कोरिया बिश्वकै सबैभन्दा भ्रष्ट देशको सूचीमा छ । हुन त तानाशाह शाषन रहेको यस देशमा भित्र के भइरहेको छ, बिश्वलाई केही भेउ छैन । तर अहिले पश्चिमा देशहरुका लागि नर्थ कोरिया फलामकै गाँस भएको छ । आणविक हातहतियारमा बढ्दो लगानीका कारण नर्थ कोरिया अर्थतन्त्र भित्रभित्रै जर्जर भएको र भ्रष्टाचार तानाशाह शाषकका कारणले झनै मौलाएको बताइन्छ ।



भ्रष्टाचार आर्थिक दुगर्ती संगै हिँड्ने कदमहरु हुन। कुनै पनि देशका लागि भ्रष्टाचार जस्तो श्राप केही हुन सक्दैन्, जब भ्रष्टष्हरुको बिगबिगी सरकार, सत्ता र समाजमा हुन्छ तब तब नागरीक अधिकार अनि मानव अधिकारको हनन हुदै जान्छ । यसो हँदा हुनै पनि बिश्वका अधिकांश देशहरुमा भ्रष्टाचार हुनेगर्दछ अनि यसले राष्ट्रको क्षमतामा व्यापक असर गर्दछ ।
अझ दुर्भाग्यको कुरा त भ्रष्टहरुले सरकार अनि सदन लाई नै खरिद गरेर देश अनि न्याय नै मोडिदिने गर्दछन् । नेपालमा पनि यस्ता उदहारणहरुको कमी छैनन्, यदि लुटेराहरु नै बगैंचाको माली भएपछि फुल फुल्न त कहाँ पाउछन र ?
आउनुहोस ९ डिसेम्बरको बिश्व भ्रष्टाचार दिवस पारेर बिश्वका १५ भ्रष्ट देशहरुको सूची प्रस्तुत गर्न चाह्यौं । ट्रान्सपरेन्सी इन्टरनेशनल को सन् २०१५ को बिश्वव्यापी प्रतिवेदन साभार गर्दै छौं । यस प्रतिवेदनमा शून्य अत्यन्त भ्रष्ट र १०० पारदर्शी अथवा न्यून भ्रष्ट देशका रुपमा प्रस्तुत गरिएको अध्यन छ ।

१ इरिट्रीया
एक्ल पार्टी राष्ट्रपतीय शाषन प्रणाली रहेको यस देशमा भ्रष्टाचार अध्यन १८ पाइयो । साउदी अरब परतिरको रेड समुन्द्र किनारको यस देश पर्दछ । यस देशमा केवल ६३ लाख हाराहारीमा जनसख्या छ । १८ अकंको साथमा टप १५ मा यस देश १५औं नबंरमा छ ।

२ सिरिया
संघीय गणतान्त्रीक सिरियामा राष्ट्रपतीय शाषण व्यबस्था छ, भ्रष्टाचार दौडमा यो देश पनि १८ औं अकंका साथ छ । गृहयूद्धको चपेटामा रहेको यस देश अहिले झनै जरजर अवस्थामा छ, कहिले कसरी देशको बिकास अनि निकास हुने हो ? प्रश्नको उत्तर छैन ।

३ टुर्कमिनिस्थान
यस देश पनि माथिका दुई देश झैं १८ अकंका साथ उभिएको छ । ईरान, अफगानीस्तान, उज्वेकिस्तान अनि काजाकिस्तान लाई यस देशको सिमानाले छोएको छ । मध्यपूर्वको तनाव संगै यस देश पनि क्रमश खस्कँदै गएको हा। यस देशमा राष्ट्रपतीय एकात्मक सरकार छ ।

४ यमन
यो देशले पनि १८ नै अकं पाएको छ । ओमन र साउदी लाई छोएको यस देश नि गृहयूद्धको चपेटामा छ । केही दिनमात्र अघि यस देशका पूर्व राष्ट्रपतीलाई बिरोधीहरुले हत्या गरेर झनै देशको अस्थिरता झनै बढाएका छन् ।

५ हाईटी
१७ अकंका साथ यस देश ११औं स्थानमा छ । सन् २०१० को बिद्धशंकारी भुकम्प पछि यस देशको अर्थतन्त्र अनि व्यबस्था खल्बलिएको हो जुन अझै उठ्न सकेको छैन् ।

६ गिनीया बिसाउ
राष्ट्रपतीय अर्ध गणतान्त्रीक भनेर उल्लेख गरिएको यस देश पश्चिमी अफ्रिकाको सेनेगल छेउमा छ । १७ अकंका साथ हाइटी संगै भ्रष्ट तालिकामा उभिएको छ । यस देशको जन्म सन् १९७० मा भएको हो ।

७ भेनेजुयला
१७ अकंका साथ यस देश दर्दनाक अवस्थामा छ । यस देशको मुद्राको लगभग मुल्य छैन भने पनि हुन्छ।

८ईराक
१६ अकंका साथ एसियाली देश इराक उभिएको छ । प्राकृतीक सम्पदा धेरै भएकाले पनि ईराकलाई शदियौं देखि बिकसीत देशले आक्रमणको केन्द्र बनाएका हुन् । सद्धाम हुसैनको अन्त्य संगै अमेरिकी टोली फर्किएपछि ईराक लगभग शाषन शुन्यतामै पुगेको पनि हो । तेलको खानी हुँदा हुदै पनि ईराकको अर्थतन्त्र धराशायी छ ।

९ लिविया
अकं १६ का साथ लिविया भ्रष्टाचारको झनै नजिकको देशमा पर्दछ, पुरानो सरकारका समर्थक अनि नयाँ उग्रवादीहरु बीच दिनै झडप हुनेगर्दछ । भ्रष्टाचारको सूच्ीमा लिविया १६ अकंकका साथ भ्रष्टपनाको झनै नजिक देखिएको छ ।

१० अंगोला
यस गणतान्त्रीक देश १५ अकंका साथ झनै भ्रष्ट देशको सूचीमा परेको छ । अफ्रिकाको पश्चिमी किनारमा भएको यो देशमा पनि तेलको व्यापक खानी हुँदाहुँदै पनि गरिबी र भ्रष्टाचारको सिमा अधिकतम देखिन्छ ।

११ साउथ सुडान
सन् २०११ मा औपचारीक रुपमा स्वतन्त्र घोषणा गरिएको यो देश पनि १५ अकंका साथ अंगोला बरावरी मा छ । यस देशका २०० बढि समुदायका मान्छेमा देशको माया र राष्ट्रियता फिटिक्कै नभएको अध्यनले बताएको छ ।

१२ सुडान
१२ अकंका साथ सुडान भ्रष्टचारीको अखडा देश भएको छ । यस देशले तेल खानीहरुको सही उपयोग गर्न सकेको छैन भनें साउथ सुडान आफूवाट छुटिएपछि झनै आर्थिक दुगर्ती भोगेको छ ।

१३ अफगानीस्तान
११ अकंका साथ अफगानीस्तान बिश्वका अत्यन्त भ्रष्ट देशहरुको सूचीमा टप ५ भित्र परेको छ ।
गृहयूद्ध, आतंकवाद अनि भ्रष्टाचारले यस देशलाई धेरै नै गाँजेको छ ।

अब पालो बिश्वका दुईवटा अत्यन्त भ्रष्ट देशहरुको , आउनुहोस समान अकंका साथ भ्रष्ट सूचीका मुख्य देशहरु यसप्रकार छन् ।

१४ नर्थ कोरिया
८अकंका साथ तर्थ कोरिया बिश्वकै सबैभन्दा भ्रष्ट देशको सूचीमा छ । हुन त तानाशाह शाषन रहेको यस देशमा भित्र के भइरहेको छ, बिश्वलाई केही भेउ छैन । तर अहिले पश्चिमा देशहरुका लागि नर्थ कोरिया फलामकै गाँस भएको छ । आणविक हातहतियारमा बढ्दो लगानीका कारण नर्थ कोरिया अर्थतन्त्र भित्रभित्रै जर्जर भएको र भ्रष्टाचार तानाशाह शाषकका कारणले झनै मौलाएको बताइन्छ ।

१५ सोमालिया
८ अकंका साथ सोमालिया पनि बिश्वको सबैभन्दा भ्रष्ट देशमा परेको छ । शासन व्यबस्था लगभग कुनै संरचनामा नभएको यस देशमा केवल कूल जनसख्याँको २९ प्रतिशत मात्र जीवनमा एकफेर बिधालय जाने गर्दछन् ।

नेपाल भने यस सूचीमा १३१ औं छ । भ्रष्टाचार सबैतिर अन्त्य होस् । जय होस्

हाम्रो पात्रो




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.