देशभरबाट बाल विवाह एवम् दाइजो विरुद्धका २४ जना योद्धाहरुलाई सम्मानीत | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

देशभरबाट बाल विवाह एवम् दाइजो विरुद्धका २४ जना योद्धाहरुलाई सम्मानीत





देशभरबाट बाल विवाह एवम् दाइजो विरुद्धका २४ जना योद्धाहरुलाई काठमाडौंमा बिहिवार सम्मान गरिएको छ । बाल विवाह एवम् दाइजो उन्मूलन राष्ट्रिय अभियान, नेपालले काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर बाल विवाह एवम् दाइजो विरुद्धका योद्धाहरुलाई सम्मान गरेको छ । नयां बानेश्वरको इन्द्रेणी कम्पलेक्समा विभिन्न क्षेत्रका ३०० भन्दा बढी व्यक्तिहरुको सहभागितामा आयोजित उक्त कार्यक्रमको अध्यक्षता प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, नेपाल सरकारको सचिव केदार बहादुर अधिकारीले गर्नु भएको थियो ।

यो पनि हेर्नुहोस् : नारीवादी छोरा कसरी हुर्काउने ?

त्यस्तै कार्यक्रमको प्रमुख अतिथीको रुपमा माननीय रन्जू झा ठाकुर, सभापति, महिला बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समिती, व्यवस्थापकिा संसद, नेपाल हुनु हुन्थयो । त्यस्तै, श्री खग राज बराल, सचिव, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, नेपाल सरकारले यस कार्यक्रमको विषेश आतिथ्य गर्नु भएको थियो ।
आज सम्मानीत हुने व्यक्ति तथा संस्थाहरु यस प्रकार रहेको छन् ।

बाल विवाह रोकेका तथा दाइजो नलिई विवाह गरेका योद्धाहरु
१. कुन्ती भट्ट, बैतडी
२. प्रियंका हरिजन, रुपन्देही
३. सुनिता कहार, कपलिवस्तु
४. सिमा के एम, प्युठान
५. नागेन्द्र साह, धनुषा
६. विनोद जोशी, कैलाली
७. नन्द किशोर यादव, महोत्तरी
८. शुशिल कुशवाहा, सर्लाही
९. चन्दन कुमार यादव, सिरहा
१०. महमद अन्सारी, बारा
११. सुनिल कुमार सर्राफ, बारा

बाल विवाह एवम् दाइजो विरुद्धका आन्दोलनका अभियन्ताहरु

१२. सफलता भन्डारी, सिन्धुपालचोक जिल्ला
१३. करुणा झा, सप्तरी जिल्ला 
१४. हिरा सिंह थापा, दैलेख जिल्ला
१५. रामानन्द दुवे, कपलिवस्तु जिल्ला 
१६. नविन मिश्रा, धनुषा जिल्ला
१७. प्रकाश प्रसाद थारु, पर्सा जिल्ला 
१८. ब्रिजेश्वर प्रसाद चौधरी, पर्सा जिल्ला
१९. डा. सि. के. सिंह, सप्तरी जिल्ला 

बाल विवाह एवम् दाइजो विरुद्धका आन्दोलनमा राष्ट्रिय स्तरमा रणनैतिक योगदान गर्ने व्यक्ति तथा संस्थाहरु
२०. गल्र्स नट बाइडस, नेपाल
२१. युनिसेफ नेपाल
२२. डिएफआईडी नेपाल,
२३. डा. राजु बाबु श्रेष्ठ, नेपाल पुलिस हेड क्वाटर, नक्साल
२४. डा. किरण रुपाखेती, राष्ट्रिय योजना आयोग

सम्मान कार्यक्रममा यस राष्ट्रिय अभियानको सद्भावना दुतहरु नयिका श्वेता खड्का तथा डा. सि के सिंहले आफनो आफनो धारण राख्नु भएको थियो । यस सम्मान कार्यक्रमको आयोजन समितीको संयोजक वीर बहादुर महतोले धन्यवाद ज्ञापन गर्नु भएको थियो । देशकै एउटा ठुलो समस्या मा योगदान पुर्याएका यी योद्धाहरु र संस्थाहरुलाई हाम्रो पात्रो सम्मान प्रकट गर्दछ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.