भाई टिकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

भाई टिकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा




   ज्यो.पण्डित नारायण प्रसाद दुलाल - Nov 06 2018

झिलिमिली, उज्यालो, पशुपक्षीको पूजा, भाईबहिनीको प्रेम, सेलरोटी र मिठाइ, फूलमाला, देउसीभैलो, तथा नेपाल संवत्को प्रारम्भ, महाकवि जयन्ती जस्ता विशेषता बोकेको यमपञ्चक आजबाट शुरु हुँदैछ ।

कात्तिक २० गते मङ्गलबार नरक चतुर्दशी र कुकुर तिहार रहेको छ, काग तिहारका दिन यमदूत काग र कुकुर तिहारका दिन यमदूत कुकुरलाई खानेकुरा खान दिइने शास्त्रीय परम्परा छ। नरक चतुर्दशीका दिन बिहानै उठेर तिलको तेल लगाई नरके स्नान गरेमा वैज्ञानिक रुपमा शरीरभित्र पानी नपस्ने र धार्मिक दृष्टिले यसलोकमा सुख शान्ति मिल्नुका साथै नरक जानु नपर्ने जनविश्वास रहेको छ ।

कार्तिक २१ गते लक्ष्मीपूजा, दीपमालिका र सुखरात्रिका लागि कुनै साइतको आवश्यकता नपर्ने भएपनि गोधुली लग्न र सूर्यास्तको बीचमा अर्थात् लक्ष्मीपूजाको लागि साँझ ०५ र १६ बाट ०५ र ४२ सम्मको समय उत्तम रहेको छ । यसै दिन भलो होस् भनी भैलो खेल्ने परम्परा रहेको छ । कार्तिक २२ बिहिबार गाईपूजा, गोवर्द्धन पूजा, गोरु र नेवार समुदायको म्ह९आत्म०पूजा गरिन्छ । यसै दिन कार्तिक शुक्ल प्रतिप्रदादेखि नेपाल संवत् पनि प्रारम्भ हुन्छ। यस दिन साँझदेखि देउसी खेल्ने गरिन्छ ।

कार्तिक २३ गते शुक्रबार भाई टिकाको शुभ साइतमा दाजू(भार्इहरू पूर्व या पश्चिम तर्फ बस्ने र दिदीबहिनीहरू पूर्व या पश्चिम तर्फ भर्इ दाजू(भार्इहरूलार्इ टिका लगार्इ दिदी बहिनीले दाजु(भाईलाई सु(स्वास्थ्य र दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका र गलामा मखमलीको माला पहिराउने परम्परा रहेको छ । साथै दाजुभाइलाई मीठो मीठो परिकार खुवाउने गरिन्छ । भाई टिकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा भाई टिका लगाएपछि यमपञ्चक सहित नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार सकिन्छ । यद्यपी भाई टिकाको दिन दिनभरि नै राम्रो साइत भएकाले आफ्नो अनुकुल समयमा लगाउन सकिन्छ ।

ज्यो प नारायणप्रसाद दुलाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.